उदयपुर –  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरद्वारा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । मंगलबार स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्व लगायत विषयमा जानकारी गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मेनष श्रेष्ठले बताउनुभयो । सचेतना कार्यक्रममा खाद्य पदार्थ खरिद गर्दा लेबल हेरेर मात्र खरिद गर्नु पर्ने तथा लेबलमा के–के र कसरी हेर्ने सकिन्छ त्यसबारे जानकारी गराईएको प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार जंक फुड तथा अखाद्य बस्तु बारे विद्यार्थीलाई जानकारी गराएमा उनीहरुले सहजै अभिभावकलाई सिकाउन सक्ने हुनाले यस्तै प्रकृतिको जनचेतना फैलाउने कार्यक्रमहरु अरु पनि रहेको र अन्य विद्यालयहरुमा पनि खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय कार्यक्रम संचालन गर्नेबताए ।
सचेतना कार्यक्रममा विद्यार्थीहरुलाई असल खानपान, खाद्य बस्तु किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र स्वस्थ जिवनशैलीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । सचेतना कार्यक्रमले विद्यार्थीहरुले अव देखि खाने कुरा खरिद गर्दा लेबल अनिवार्य हेर्ने बानी बसाउने र आफ्नो अभिभावकहरुलाई पनि सिकाउने हुँदा यस क्षेत्रको उपभोक्ताहरुमा आफ्नो हक हितको बारे सचेतना फैलाउने विश्वास लिएको कार्यलय प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा एकेडेमीमा अध्ययनरत कक्षा ७ देखि १० सम्म ८८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यस्तै सचेतना कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा मेयर असोक कार्कीको प्रमुख आतिथ्यतामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी दिनमा अन्य पालिकाहरुमा पनि यस कार्यक्रमलाई निरन्तता दिने प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया