उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का एक हजार ७७० मतले अग्रता बढाएको छ । डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याई रहेको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ३८ हजार ८९१ मत गणना भईसकेको जनाएको छ । भने दुई हजार ४८४ मत बदर भएको छ ।
यस्तै राप्रपा नेपालका धुर्व रायमाझीले एक हजार ९३२ मत, जसपाका गोपाल राईले एक हजार ३६ मत र स्वतन्त्र राष्ट्रिय पार्टीका उद्धव अधिकारीले एक हजार ६३६ मत ल्याएका छन् ।

उदयपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभाको लागि ७६ हजार ७५६ मत खसेको छ ।

निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभामा अमर बहादुर रायमाझी विजयी भएको छ । उनले २ हजार ३५९ मतान्तरले जगनाथ खतिवडालाई पछि पार्दै सहज जित निकालेका हुन् ।

तपाईको प्रतिक्रिया