उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (क) को मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन किराती (बासु) को ८३२ मतले अग्रता कायम गरेको छ ।
पछिल्लो मतपरिणाम अनुसार २९ हजार ६७२ मतमा किरातीले ११ हजार ५२४ मत र नेकपा एमालेका कुशलबाबु बस्नेतले १० हजार ६९२ मत ल्याएका छन् । यस्तै एक हजार ४२१ मत बदर भएको छ भने उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १(क) मा ३९ हजार ७० मत खसेको छ ।