उदयपुर – प्रतिनिधि र प्रदेश सभा निर्वाचन संघारमा आई पुगेको छ । दलहरुले केन्द्रदेखि प्रदेश सभा सदस्यहरुका उम्मेदबारहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नेक्रम जारी रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश सभा सदस्य १ (क) मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले पनि आफ्नो २१ वुदे  प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष गरिने कामहरुको विवरण सार्वजनिक गरिएको छ ।
प्रदेश नं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत रहेका कार्की दोहोरिने तयारीको लागि चुनावी मैदानमा रहेका छन् । यस अघि कार्कीले नेकपा एमाले र नेकपा माओवादीको साँझा उम्मेदबार रामबहादुर थापा मागरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी नै गठन गरेर काँग्रेससँग लोकतान्त्रिक गठबन्धनमा रहेको छ । उनको निर्वाचन क्षेत्र त्रियुगा नगरपालिका मात्रै पर्दछ ।

उनको प्रतिवद्धता पत्रमा त्रियुगा नगरपालिकामा रिङरोड देखि मेडिकल कलेज स्थापनासम्मका एजेण्डा रहेका छन भने मोतिगडा–फत्तेपुर सडक खण्डमा रहेका हरेक खोलाहरुमा पक्की पुल निर्माण गर्नेसम्मको एजेण्डा रहेको छ । सुविधायुक्त पदमार्ग बोक्से, बावरी, बेलदोभान, आहाले हुँदै रौतापोखरी सम्म निर्माण गरि पर्यटन व्यवसायलाई प्रोत्साहन गरिने छ भने स्तरउन्नती हुन बाँकी बाटोहरुको डिपिआर तयार गरी पिचसम्म गर्ने सम्मको एजेण्डा रहेको छ ।

हिमाल कार्कीको प्रतिवद्धता पत्र जस्ताको त्यस्तै

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरू

सर्बप्रथम यही २०७९ मंसिर ४ गते हने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उदयपुर जिल्लाका प्रतिनिधि सभा क्षेत्र नं. १ मा डा. नारायण खडका साथ प्रदेश सभा क्षेत्र १ (ख) मा हिमाल कार्की प्रत्यक्ष तर्फका साझा उम्मेदवारहरुलाई तपाईहरु समक्ष प्रस्तत गरेका छौ ।

नेपाली जनताले पहिलो पटक आफैले बनाएको नेपालको संविधान २०७२ जारी भएपछि हामी आवधिक निर्वाचनको दोस्रो अवसरको संघारमा आईपगेका छौ । २०७४ देखि २०७९ सम्मको विगत पाँच वर्षमा सरकार र राजनीतिक दलहरूले निर्वाह गरेको भमिकाको वस्तुनिष्ठ समीक्षा र मूल्याङ्कन गरी सम्पूर्ण सार्वभौम नेपाली जनताले विवेक सम्मत निर्णय गरेर देशलाई लोकतान्त्रिक संविधानको जगमा द्रुत विकासको मार्गबाट अगाडि बढाउन सही निर्णय गर्न पर्ने घडी आएको छ ।

विगतका दिनहरुमा उग्रवाद तथा अतिवादका विरुद्ध अविचलित संघर्ष गर्दै नेपाली कांग्रेसले लोकतन्त्र, समुन्नति, उदार तथा समतामूलक समाज र मानव अधिकारको आधारशिला खडा गरेको इतिहास साक्षी छ । नेपाली जनताको अविचलित संघर्षको कारणले नै पूर्ववर्ती सरकारले सृजना गरेको राजनीतिक तथा संवैधानिक दुर्घटनाबाट देशलाई बचाएर ऐतिहासिक जनयुद्ध तथा जनआन्दोलनबाट स्थापित गणतन्त्र र संविधानको रक्षा गर्न लोकतान्त्रिक बाम शक्ति एक भएर मात्र सम्भव भएको छ । अझ लोकतान्त्रिक बाम दल र जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान कार्यान्वयन गर्न स्थायि शान्तिको निम्ति राजनैतिक स्थायित्वबाट सुशासन कायम गरि सामाजिक न्याय स्थापित गर्दै भ्रष्टचार मुक्त समाज निर्माणको लागि विकास र समृद्धि तथा समुन्नतिका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन तपाई, हामी सबैको दायित्व हो ।

नेपाली काँग्रेसले सवै राजनीतिक दलसंग निरन्तर संवादमा बसेर देशलाई सहमति, सहकार्य, एकता र मेलमिलापको बाटोमा हिडाउन संकल्प गरेको छ । यसैको फलस्वरुप आज परिवर्तनका संवाहक शक्तिहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका लोकतान्त्रिक बाम राजनैतिक दलहरु बिच गठबन्धन गरि मंसिर ४ गते हने प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको प्रत्यक्ष तर्फ साँझा उम्मेदवारहरु तय गरेको छ । गठबन्धनमा रहने सबै दलहरुले प्रत्यक्ष निवाचनमा साँझा उम्मेदवारहरु प्रस्तुत गरिरहदा समानुपातिकमा भने आ–आफनै दलको निर्वाचन चिन्हमा मत माग्दे जनता जनार्दनका घरदैलोमा समृद्धि र समुन्नतिको परिकल्पना सहित आएका छौं ।

यसैक्रममा उदयपर प्रतिनिधि सभा क्षेत्र नं. १ मा डा. नारायण खड्का साथ प्रदेश सभा क्षेत्र १ (ख) मा हिमाल कार्की प्रत्यक्ष तर्फ गठबन्धन दलहरुका साँझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसको तर्फबाट चुनाव चिन्ह रुख छापमा आफ्नो अमूल्य मतदान गरि विजयी गराई दिनु हुन यस क्षेत्रका सम्पूर्ण मतदाता आमाबुवा दाजभाई दिदिबहिनिहरुलाई विनम्र अनुरोध गर्दछौं ।

हामी लोकतान्त्रिकबाम गठबन्धनका तर्फबाट डा. नारायण खड्का तथा हिमाल कार्की साँझा उम्मेदवार भएकाले गठबन्धनका सबै दलहरु बिच समन्वय, बैठक, छलफल गरि साझा प्रतिवद्धता पत्र बनाई यस क्षेत्रको जनताको विकास, समृद्धि र समुन्नतिका लागि न्यूनतम तपसिलका कार्यहरु पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।

१) त्रियगा नगर क्षेत्रमा रिङरोड निर्माण गरिने छ र नगर भित्रका सवै सडकहरुको स्तरोन्नति गरिनेछ ।

२) खानेपानी तथा सडक यातायातका पुर्वाधार नपगेका वडा तथा वस्तीहरुमा २ वर्ष भित्रमा सम्पूर्ण पूर्वाधार तयार गरिने छ ।

३) विद्युत तथा सञ्चारको सुविधाबाट वन्चित नगरवासीलाई १ वर्ष भित्र सुविधाको उपभोग गर्ने व्यवस्था मिलाइने छ ।

४) यस क्षेत्रमा भएका कलेजहरुको स्तरोन्नती गरि प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गरिने छ । प्राविधिक कलेजहरुको व्यवस्थापनका साथै नगर क्षेत्र भित्र मेडिकल कलेज स्थापना गराईने छ ।

५) सिँचाईको व्यबस्था गरी आम कषकहरुलाई व्यवसायिक खेती तथा कृषि आय आर्जनका लागि प्रोत्साहन गरिने छ ।

६) सगरमाथा विमान स्थल निर्माणको कार्य प्रारम्भ भईसकेकोले आगामी ३ वर्ष भित्रमा सम्पन्न गरिने छ ।

७) त्रियुगा, बरुवा, लुहाले, कंग, फर्सेट, देउरी, सरस्वती, साहीखोला लगायत यस क्षेत्रका सबै नदी तथा खहरेखोलाहरुमा तटबन्ध निर्माण गरी खेतीयोग्य जमिनको उकास गरिने छ ।

८) जिल्ला अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक अस्पताल निर्माणको थालनि गरिने छ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाई नगरका सबै घरपरिवारमा पुर्याईने छ ।

९) दलित, महिला, बृद्धा, अपाङ्ग, अल्पसंख्ययक, आदिवासी जनजाति, युवा बेरोजगारी लक्षित सीपमुलक कार्यक्रम तथा आयमूलक कार्यक्रम सञ्चालन गरिने छ ।

१०) बाटोले छोएका नगर क्षेत्रका सबै खोला खहरेहरुमा पक्की पुलको डिपिआर गराईने छ ा डिपिआर भई सकेका खोलाहरुमा पक्की पुलको काम प्रारम्भ गरिने छ ।

११) त्रियगा नगर क्षेत्रलाई औद्योगिक नगरका रुपमा विकास गरी रोजगारीको अवसर सिर्जना गरिने छ र यस क्षेत्रभित्र संभावित स्थलहरुलाई पर्यटकीय क्षेत्र निर्माण गर्न जोड दिइने छ ।

१२) सबै वडाहरुमा कृषि बजार तथा कृषि सामाग्री संकलन केन्द्र स्थापना गर्न पहल गरिने छ । साथै नगरस्तरमा चिस्यान कन्द्र स्थापना गर्न पहल गरिने छ ।

१३) जेष्ठ नागरिकहरुका लागि नगरका सबै वडाहरुका विशेष स्थानमा वृद्धाश्रम तथा जेष्ठ नागरिक आराम कक्ष निर्माण गरिने छ र मनोरन्जनका लागि हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ ।

१४) यस क्षेत्र भित्र अव्यवस्थित बसोबास गर्दै आएका सबै परिवारले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई दर्ता गरी कानुनी रुपमा जग्गा धनी प्रमाणपुर्जा उपलब्ध गराइने व्यवस्था मिलाइने छ । साथै भूमीहिन दलित तथा भूमीहिन सुकुम्वासीहरुलाई उचित व्यवस्थापनासका गरिने छ ।

१५) सुविधायुक्त पदमार्ग बोक्से, बावरी, बेलदोभान, आहाले हुँदै रौतापोखरी सम्म निर्माण गरि पर्यटन व्यवसायलाई प्रोत्साहन गरिने छ ।

१६) यस प्रदेश क्षेत्र भित्र वसोवास गर्ने दलित, आदिवासी जनजाती र पिछडिएको वर्गका महिलाहरुलाई निःशुल्क शिपमूलक तालिम र स्वरोजगारको व्यवस्था मिलाइनेछ ।

१७) थरुहट रंगशालाको स्तरोन्नती गरि नगर क्षेत्रका आवश्यक स्थानहरुमा व्यायामशाला, खेलमैदान निर्माण कार्यलाई प्राथमिकता दिईने छ ।

१८) त्रियुगा नदीलाई त्रि.न.पा.–७ होक्सेदेखि वडा नं.–१ जोगिदहसम्म दुवै तर्फ तटवन्धको कार्य प्रारम्भ भई सकेकोले सो कार्य सम्पन्न गरी हजारौं विघा उर्वर जमिनको संरक्षण गर्दै त्रियुगा कोरिडर निर्माण गरिने छ ।

१९) यस प्रदेश क्षेत्र भित्र रहेका मठमन्दिर, पाटि पौवा, गुम्बा, चर्च, मस्जीद लगायत धार्मिक एवं साँस्कृतिक क्षेत्रहरुको संरक्षण गरिने छ ।

२०) यहाँका बजार क्षेत्रहरु गाईघाट, वगाहा, देउरी, जलजले. मोतिगडा. राजावास चुहाडे, बोक्स, सुकौरा, रानीवास, डहर, साउने, मिलनचोक, हाटखोला जोगिदह, लालपत्ता, कालिखोला, वेलदोभान, धाप्लाङ्क, आहाले, रुपनी लगायतका बजारलाई व्यवस्थित, सुन्दर र हरियाली सहर बनाउनका लागि विशेष कार्यक्रम संचालन गरिने छ ।

२१) शहिद परिवार, वेपत्ता तथा घाईते अपाङ्ग परिवारको व्यवस्थापनका लागि पहल गरिनेछ ।

२२) नगर क्षेत्रका सबै वडाहरुमा महिला सहायता केन्द्र स्थापना गर्न पहल गरिनेछ ।

२३) यस क्षेत्रका आदीवासी जनजातीहरुको भाषा, धर्म, संस्कृति, परम्परा र रितिरिवाजहरुको संरक्षण गर्न संग्राहलय स्थापना गरिने छ ।

२४) विद्युतिय समस्या समाधानका लागि नगर क्षेत्रमा सोलार प्लान्ट स्थापना गर्न पहल गरिने छ ।

२५) प्राविधिक तथा व्यवसायिक तालिम केन्द्र स्थापना गरि रोजगारीको वातावरण निर्माण गरिने छ ।

२६) दलित तथा अति विपन्न परिवारहरूका लागि जनता आवास कार्यक्रम संचालन गरि सुरक्षित बासको व्यवस्था मिलाइने छ ।

२७) नगरभित्रका सामुदायिक विद्यालयलाई बालमैत्री तथा प्रविधी मैत्री बनाउन पहल गरिनेछ ।

२८) गाईघाट–फत्तेपुर सडक कालोपत्रे गर्ने कार्य सरु भइसकेकोले सो सडकमा पर्ने लुहाले, कंग खोला लगायत सबै खोलामा पक्की पुल ३ वर्ष भित्र सम्पन्न गरिन छ ।

२९) लोकतान्त्रिक बाम गठबन्धनको राष्ट्रिय रुपमा तयार भएको न्युनतम साझा प्रतिवद्धतामा सहमति जनाउदै यस क्षेत्रको समग्र विकास, समृद्धि र समुन्नतीका लागि थप आवश्यक कार्यहरु गरिने छ ।

जय गठबन्धन ! अभिवादन ! लालसलाम ! जय गठबन्धन !

स:शुल्क सहित प्रकाशित

तपाईको प्रतिक्रिया