उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदबार र पार्टीले समर्थन गरेको उम्मेदबार विरुद्ध उम्मेदबार भएका र त्यस्ता उम्मेदबारको प्रस्तावक वा समर्थकको अभिलेखबाट ५ (पाँच) वर्षको लागि नाम हटाइएको छ ।
उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यमा गठबन्धनको साँझा उम्मेदबार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडा विरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले बागी उम्मेदबार दिएपछि उनको नाम नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले अभिलेखबाट नाम हटाउन निर्देशन दिइएको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका रामकुमार राई सहित उम्मेदबारका प्रस्तावक लिलाराज दनुवार, क्षेत्रिय प्रतिनिधि तथा उम्मेदबारका समर्थक मिनकुमार दाहाललाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट नाम हटाउन निर्देशन गरेको छ ।

उदयपुरको प्रदेश सभा १ (क) मा बागी उम्मेदबार तथा क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र उम्मेदबारका प्रस्तावक तथा प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीको पनि काँग्रेसको अभिलेखबाट नाम हटाउन निर्देशन दिइएको प्रेस विज्ञप्तीमा जनाएको छ ।

यसैक्रममा प्रत्यक्ष निर्वाचन तर्फ उदयपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का, क्षेत्र १ को प्रदेश सभा क्षेत्र १ मा नेकपा माओबादी कोन्द्रका राजन किराती (बासु), क्षेत्र १ को प्रदेश सभा क्षेत्र २ मा नेपाली कांग्रेसका हिमाल काकी र प्रतिनिधि सभा क्षेत्र न २ मा नेकपा एकिकृत समाजवादीका जगन्नाथ खतिवडा, क्षेत्र २ को प्रदेश सभा क्षेत्र १ मा नेकपा माओवादी कोन्द्रका नारायण बुर्जामगर, क्षेत्र २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका राम कमार खत्रीलाई गठबन्धन दलहरुको साझा उम्मेदवारका रुपमा प्रस्तत गरिएको हुनाले नेपाली काँग्रेस उदयपुरका कार्यबहाक सभापति भिमचन्द्र राईद्वारा अपिल जारि गरिएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारहरुलाई अत्याधि बहुमतले विजयी गराउनका लागि नेपाली कांग्रेस उदयपुरका सबै तह र तप्काका जिम्मेवारी लिन हुने सम्पूर्ण नेतागणहरु, ७५ वटै वडामा रहनु भएको तमाम क्रियाशिल सदस्यहरु, पार्टीका भातृ संगठन तथा शुभेच्छक सस्थाका सबै तहका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुलाई आ–आफनो स्थानबाट सक्रिय रुपले प्रचार अभियानमा सलग्न हुन अपिल गरेको छ ।

संविधानको रक्षा, स्थिरता र समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने मूल नाराका साथ मसिर ४ गतेको निर्वाचनमा लागेको नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन तपाई हामी सबैको दायित्व भएको हुदा आफ्नो दायित्वबाट विचलित भएको पाईएमा तपाई कांग्रेसजन जो सुकैलाई पनि पार्टीले कडा कार्वाही गर्ने कुराको जानकारी गराउँदछ । तसर्थ नेपाली कांग्रेस पार्टीको आधिकारीक निर्णयका विपरित तथा संयुक्त गठबन्धनको भावना र मर्म विरुद्ध नजान सम्पूर्ण नेतागण एवं कांग्रेसजनहरुलाई हार्दिक अपिल समेत गर्दछ ।

तपाईको प्रतिक्रिया