उदयपुर – सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । उदयपुरमा सत्ता गठबन्धनमा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि पुनः डा. नारायण खड्काले पाउने भएको स्रोतले जानकारी दिइएको छ । डा. खड्का बहालबाला परराष्ट्र मन्त्री पनि हुन् ।
यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीका उपमाहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको टिकट फाइनल भएको छ ।
यस्तै सत्ता गठबन्धन मध्ये प्रदेश सभाको लागि हिमाल कार्कीको नाम फाइनल भएपनि अन्यको नाम फाइनल भईसकेको छैन् । प्रदेश १ (क) मा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको दावी रहेको छ भने प्रदेश १ (ख) मा हिमाल कार्की करिव करिव निश्चित भएको छ ।
यस्तै प्रदेश २ (क) मा नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने प्रदेश २ (ख) मा नेपाली काँग्रेसको भागमा परेको स्रोतले जनाएको छ ।