उदयपुर । उदयपुरका दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षले पदीय गोपनीयताको शपथ लिएका छन् । शनिबार जिल्ला अदातल गाईघाटमा जिल्ला न्यायाधीश दीपक खनालबाट प्रमुख तथा अध्यक्षहरूले शपथ लिएका हुन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्की, चौदण्डीगढी नगरपालिका मेयर कालुमान लामा, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले शपथ लिएका हुन् ।
नव निर्वाचित प्रमुखहरुले देश र जनताको नाममा शपथ लिएका छन् । नेपालको राजकीयसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँने भन्दै शपथ लिएका हुन् । प्रचलित कानूनको अधीनमा रही,मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयताको शपथ लिएका हुन् ।
जिल्ला न्यायाधीश खनालले प्रमुख तथा अध्यक्षहरुले शपथ लिएकोहरुले अनुकल वातावरण बनाएर नवनिर्वाचित उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथ पालिकाका प्रमुख तथा अध्यक्षले शपथग्रहण गराउनु पर्ने जानकारी दिए ।
उदयपुरका आठ स्थानीय तह मध्ये कटारी नगरपालिकामा मतगणना जारी छ भने त्रियुगा नगरपालिकामा अझै पनि वडा नं. १२ को मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयको विवादले रोकिएको छ ।