कटारी । कटारी नगरपालिकाको वडा नम्बर ९ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ । वडामा वडाध्यक्षका उम्मेद्बाार निवर्तमान वडाध्यक्ष वेगबहादुर आले (सुनिल)को प्यानलले नै अत्याधिक मतका साथमा विजयी भएको हो ।
विहिबार राति आएको मतगणनाको परिणाम अनुसार आलेले ४ सय ७ मत ल्याउँदा प्रतिद्धन्द्धी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदबार ध्रुव कार्कीलाई पराजित गर्दै वडाध्यक्ष सहित प्यानल विजयी भएका हुन् । प्रतिद्धन्द्धी माओवादीका उम्मेदबार हुन् । उनले २ सय ८० र नेकपा एमालेका बाशु घिमिरेले २ सय ५० मत मात्रै प्राप्त गरे । नेकपा एसका उम्मेदबारले फराकिलो मतान्तर सहित प्यानल नै हात पारेको हो ।

त्यस वडामा १ हजार १२४ मत खसेको थियो । उक्त वडामा नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदबार केपी बरालसँग गरेको गठबन्धनमा बरालले २ सय ९६ मत पाउँदा, एमालेका ज्ञानेन्द्र श्रेष्ठले २ सय १ र माओवादी काँग्रेस गठबन्धनका राजेशचन्द्र श्रेष्ठले १ सय ५१ मत पाए ।

उपप्रमुखमा समाजवादीकै हृदय तामाङ्गले ३ सय ७८ मत पाउँदा एमालेका गिता खड्काले १ सय ९६ र गठबन्धनका दिवश कटुवालले २ सय १० मत प्राप्त गरे । आले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया