उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ को जनप्रेमी आधारभूत विद्यालयमा २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन रोकिनुको जिम्मा मुख्य निर्वाचन कार्यालयय उदयपुरले लिनु पर्ने गठबन्धनले जनाएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दे मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीहरुको चरण लापरबाहीको कारणले स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य पुनः मतदान गर्न गराउन मुख्य निर्वाचन कार्यालयसँग माग गरिएको छ ।

विज्ञप्तीमा मतदान गर्ने गर्न गराउन विषयमा मुख्य निर्वाचन कार्यालय मौन रहेकोले आशंका उब्जिएको नेकपा माओवादी केन्द्र उदयपुरका सचिव किरण राई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष राममणि पोखरेलद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तीमा मतदान केन्द्रमा वर्षातको कारण मतदान प्रक्रिया रोकिन गएकोमा २०७९ बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित र पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएको छ । यसरी सूचना टाँस गरी स्थगित गरिएको निर्वाचन प्रक्रिया निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने स्पष्ट व्यवस्था रहेको छ । निर्वाचन ऐनको दफा ४० र निर्देशिका दफा १०८ बमोजिम कार्य गर्न सकिने भनिएको छ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पूर्ण पाठ

संयुक्त प्रेस विज्ञप्ती

मिति : २०७९÷०२÷०५

मिति २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिका वडा नं. १२ को जनप्रेमी आधारभूत विद्यालय पूरानो गाईघाट मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीहरुको चरम लापरबाहीको कारणले स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य पुनः मतदान गर्न गराउने विषयमा मुख्य निर्वाचनको कार्यालय उदयपुर मौन रहेको साथै यस वडाका सयौं मतदाताहरुको मतदान गर्ने अधिकारबाट बञ्चित रहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

मतदान केन्द्रमा वर्षातको कारण मतदान प्रक्रिया रोकिन गएकोमा २०७९ बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित र पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएकोमा अहिलेसम्म पुनः मतदानको प्रक्रिया अगाडी नबढाइएकोले तत्काल मतदानको प्रक्रिया अगाडी बढाउन माग गर्दछौं । यसरी सूचना टाँस गरी स्थगित गरिएको निर्वाचन प्रक्रिया निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने स्पष्ट व्यवस्था रहेको छ । निर्वाचन ऐनको दफा ४० र निर्देशिका दफा १०८ बमोजिम कार्य गर्न सकिने भनिएको छ ।

मतदान गर्नबाट बञ्चित रहेका आम सर्वसाधारणको मानवअधिकार तथा संवैधानिक हक अधिकार अन्तर्गत पर्ने नागरिकको आवधिक निर्वाचनको माध्यमबाट आफ्ना जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको छ । त्रियुगा नगरपालिका वडा नं. १२ का सयौं मतदाताहरु तोकिएको समयभित्र लाइनमा बसेर पनि मतदानको अधिकारबाट वञ्चित रहेको हुनाले हामी संयुक्त गठबन्धनको तर्फबाट नागरिकको उक्त हक अधिकारको कार्यान्वयन तथा प्रत्याभूतिको ग्यारेन्टी गर्न माग गर्दछौं । मतदान गर्न छुटेका मतदाताहरुको माग अविलम्ब पुरा गर्न जोडदार माग गर्दछौं ।

स्थगित गरिएको मतदान पुनः सुचारु गर्न माग गर्दै आफ्नो धारणा सार्वजनिक गरिएका छौं । सो धारणामा हामी अहिले पनि स्पष्ट अडिग छौं । नागरिकहरुको हक अधिकारसँग प्रत्यक्ष रुपमा जोडिएको यति सम्बेदन शिल विषयमा लामो समयसम्म संवैधानिक निकायबाट निर्णय भई निकास दिनु पर्नेमा हालसम्म अनिश्चिताको अवस्थामा रहदा आम जन समुदायमा आशंका पैदा गराएको छ । तसर्थ हामी संयुक्त गठबन्धन तत्काल स्थगित गरिएको निर्वाचन प्रक्रिया तत्काल पुनः मतदानको मिति र समय तोकी प्रक्रिया अगाडी बढाउन यो विज्ञप्ती मार्फत जोडदार माग गर्दछौं ।

यस्तो सम्बेदनशील विषयलाई बेवास्ता गरी नागरिकको हक अधिकार कुठाराघात गर्ने दुस्पप्रयास गरे सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकायहरुले नै लिनु पर्ने कुरा समेत विज्ञप्ती मार्फत सवैमा अनुरोध गरिन्छ ।

राममणि पोखरेल
अध्यक्ष
नेकपा (एकीकृत समाजवादी) उदयपुर
किरण राई
सचिव
नेकपा (माओवादी केन्द्र) उदयपुर

 

तपाईको प्रतिक्रिया