उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निवर्तमान मेयर तथा मेयरका उम्मेदबार दुर्गा कुमार थापा एक हजार ८४२ मतले पछि परेको छ । नेकपा एमालेबाट मेयरका उम्मेदबार थापाले ४ हजार ६१ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका मेयर पदका उम्मेदबार असोक कार्कीले ५ हजार ९०३ मतका साथ अग्र स्थानमा रहेको छ । कार्की नेका र नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदबार हुन् ।

उपमेयरमा नेकपा एमालेबाट उम्मेदबार बनेकी जिरा राईले अग्रता लिइएको छ । उनी ४ हजार ६९३ मतका साथ अगाडी रहेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदबार मनोज तामाङ १८३ मतले पछि छ ।

थापाले आफूलाई पार्टीबाटै अन्तर्घात भएको बताउँदै अब चुनाव नजित्ने बताए । ‘सबै ठाउँमा टाउको काटेर भोट हाल्नु भन्ने अभियान चलाएपछि कहाँ जितिन्छ ?,’ थापाले भने, ‘मैले हार स्वीकारिसकेको हो । जित्ने सम्भावना नै छैन ।’

उनले फेसबुकमा लेखेका छन्, “नैतिक रुपले हराउन लाग्ने तथा कथित कमरेडहरुले राजिनामा दिनु अन्यथा कार्वाही गर्नु पर्ने छ !!”

तपाईको प्रतिक्रिया