काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई ४ सय ४१ केन्द्रीय सदस्यलाई बोलाएर टाउको गन्न आग्रह गरेको छ । निर्वाचन आयोगलाई शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने नेपालले आग्रह गरेको छ ।
निर्वाचन कानून, पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह पनि गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप समेत लगाएका छन् । ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको भन्दै बताए ।

 

तपाईको प्रतिक्रिया