उदयपुर । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ उदयपुरको ठाउँ ठाउँमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
नेकापा प्रचण्ड–माधव समूहले गाईघाटमा भोली हुने नेपाल बन्द आम हड्तालको समर्थनमा बुधबार बेलका राँके जुलुस प्रदर्शन गरेको छ । युवा, विधार्थी र पार्टीको कार्यकर्ता सहित गाईघाटको टाउन होटल देखि पिपलचोक सम्म विरोध केपी ओलीको मुर्दावाद नारामा सहित राँके जुलुस प्रदर्शन गरेको हो ।
जुलस प्रदर्शनमा सहभागी भएका नेकपाका नेता तथा प्रचण्ड–माधव समूह उदयपुरका सचिव ईश्वरमणी राउतले केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र स्वइच्छाचारीको अन्त्य गर्न विहिबार हुने बन्दलाई सबैले समर्थन गर्न अनुरोध गरेको छ । यो सरासर नेपाली जनताहरुमा धोका हुने काम भएको भन्दै यसलाई सच्याउनको निम्ति आफुहरुले सडक बाटै अनुरोधका लागि यो कदम चाल्नु परेको सचिव राउतले बताए ।
प्रहरी र प्रदर्शनकारी विच केही समय मलास खोसाखोस समेत भएको थियो । साथै चौदण्डीगढी नगरपालिकाको बेल्टार, बेलका नगरपालिकाको रामपुर बजार र कटारी नगरपालिकाको कटारीमा प्रचण्ड नेपाल समूहले राँके जुलुस निकालेको सचिव राउतले जनाएको छ ।









