उदयपुर / उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माण गर्नका लागि स्थानिय समाजसेवी डम्बर बहादुर तामाङ निःशुल्क जग्गा दान गरेका छन् । करिब ३० लाख मुल्य पर्ने जग्गा तामाङले बुधबार मालपोत कार्यालय उदयपुरमा वडा कार्यालयको नाममा पास गरि दिएका छन् ।
७६ बर्षिय तामाङले यस अघि पनि स्थानिय गुरुङचोरी विद्यालयको चार कोठे भवन निर्माण गर्नका लागि सहयोग पु¥याउनु भएको थियो । पूर्व ब्रिटिस लाहुरे समेत रहेका तामाङ विगत देखि नै समाजसेवाको क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।
रामपुर ठोक्सिला ७ (ग) को ४२१ कित्ता नम्बरबाट एक कट्ठा जग्गा पास गर्दै जग्गाको कागजात वडाध्यक्ष दिपक दंगाललाई हस्ताणतरन गर्नु भएको हो ।
स्थानिय सरकार गठन संगै संचालनमा रहेको समयमा भाडाको घरमा वडा कार्यालय संचालन भैरहेकाले वडा भवन निर्माणको लागि तामाङले निःशुल्क जग्गा दान गर्नु भएको हो । वडाका स्थानिय जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यका साथ आफुले जग्गा दान गरेको तामाङले बताउनु भयो ।
वडा भवन निर्माणको लागि जग्गा खोजी गर्दा वडा कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध नभए पछि तामाङले जग्गा प्रदान गर्नु भएको हो । विगतमा पनि सामाजिक योग्दान दिदै आउनु भएको र स्थानिय वडावासीलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस भन्ने उद्देश्यले पारिवारिक सहमतीमा जग्गा प्रदान गरिएको छोरा मनोज तामाङले वताउनु भयो ।
मनोज तामाङ स्थानिय तहको निर्वाचनमा तत्कालिन एमाओवादीबाट वडा नम्बर ४ को वडाध्यक्षका उम्मेदबार समेत हुन्, झिनो मतले तामाङ वडाध्यक्षमा पराजित भएका थिए ।
वेलका नगर सरकार नेपालकै कान्छो नगरपालिका भएकाले भौतिक पूर्वाधार विकास गर्नका लागि जग्गा प्राप्त भएको प्रति वडाध्यक्ष दंगालले खुसी व्यक्त गरेका छन् । दंगालले यसरी जग्गा पाउनु भनेको नगर सरकारको लागि चुनौती भएको बताए, उनले जनताले नगरबासीले सहज तरिकाले सेवा पाउनु भन्ने उद्देश्यले यसरी जग्गा दान गर्दा जनप्रतिनिधिहरुले पनि जनताको हितमा काम गर्नु पर्ने जिम्मेबारी बढाएको बताए ।

तपाईको प्रतिक्रिया