उदयपुर / थारु कल्याणकारिणी सभा उदयपुरले गत कात्र्तिक २५ गते बेलका नगरपालिकामा ट्रयाक्टरमा दुर्घटनामा घाइते तथा मृतक परिवारलाई राहत हस्तान्तरण गरेको छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति शिवकान्त चौधरीले १ लाख ३ हजार ९ सय ७५ रुपैया राहत संकलन गरी बेलका नगरपालिका २ का वडा अध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरीलाई हस्तान्तरण गरेको हो ।
वनभोज खाएर फर्कदै गरेको ट्याक्टर मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो ।


विपासा चौधरी, प्रज्वल चौधरी, प्रतिक्षा चौधरी, देविका चौधरी, मन्दिरा चौधरी गम्भिर घाइते भएका थिए । भने अन्य सामान्य घाइते भएका थिए । दुर्घटनामा ३६ जना परेका थिए ।

तपाईको प्रतिक्रिया