समाज/अपराध – Nagarik Bahas https://nagarikbahas.com . Wed, 09 Jul 2025 00:35:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 गाईघाटमा नापतौल शिविर चल्दै https://nagarikbahas.com/archives/19979 Tue, 08 Jul 2025 15:24:40 +0000 https://nagarikbahas.com/?p=19979 उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो । शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको...

The post गाईघाटमा नापतौल शिविर चल्दै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो ।

शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यवसायीको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष भगतले आग्रह गरेका छन् । ’नाप तौलका सामग्री परीक्षण तथा नवीकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।
शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस्’, अध्यक्ष भगतले भने । उद्योगी तथा व्यवसायीहरूलाई नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गरिएको अध्यक्ष भगतले बताए ।

मंगलबारबाट सुरु भएको शिविरमा उद्योगी तथा व्यवसायीहरूले आफ्ना नाप तौलका सामग्री चेकजाँच तथा नवीकरण गराउन पाएपछि आफूहरूलाई सहज भएको बताएका थिए । अध्यक्ष भगतका अनुसार आज बुधबार अन्तिम दिन भएकोले समयमै नाप तौलका सामग्री चेक जाँच गर्न अनुरोध गरेका छन् ।

नाप तौलका सामग्री चेकजाँचका लागि विभिन्न स्थानबाट उद्योगी तथा व्यवसायी आ–आफ्ना सामग्री लिएर जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा आइपुगेको महासचिव सुनिल साहले जानकारी दिए । नाप तौल तथा गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरका निरीक्षक मनिषा राईको नेतृत्वमा मंगलबारबाट शिविर शुरु गरिएको थियो । शिविरमा ५० जना भन्दा बढीले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गरेको जिल्ला उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले जानकारी दिए । उनका अनुसार बुधबार पनि शिविर हुने भएकोले छुटेकाहरुले सेवा लिन पाउनेछन् ।

जिल्लामा नाप तौलको कार्यालय नहँुदा उद्योगी तथा व्यवसायीलाई विराटनगरसम्म जानपर्ने बाध्यता रहेको छ ।

The post गाईघाटमा नापतौल शिविर चल्दै appeared first on Nagarik Bahas.

]]>
बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु https://nagarikbahas.com/archives/19925 Fri, 13 Jun 2025 08:30:35 +0000 https://nagarikbahas.com/?p=19925 उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा...

The post बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु appeared first on Nagarik Bahas.

]]>
उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शबको पोस्ट मार्टम पछि आफन्तलाई बुझाइएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

 

The post बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु appeared first on Nagarik Bahas.

]]>
बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु https://nagarikbahas.com/archives/19921 Fri, 06 Jun 2025 01:34:35 +0000 https://nagarikbahas.com/?p=19921 रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ । शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको...

The post बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु appeared first on Nagarik Bahas.

]]>
रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ ।
शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, पशुपति गण उदयपुरका प्रमुख सेनानी शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी निरीक्षक हरिनाथ योगी, राष्ट्रिय अनुसन्धान उदयपुरका उपनिर्देशक कुमारी बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकरण आचार्य, वडा नम्बर –४ वडा अध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्यहरु, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहर, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु र तालिममा सहभागी पशिक्षार्थीहरुको उपस्थिति रहेकोे थियो ।

The post बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ https://nagarikbahas.com/archives/19892 Wed, 14 May 2025 15:07:41 +0000 https://nagarikbahas.com/?p=19892 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट २७ एम्पुल लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट...

The post उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट २७ एम्पुल लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना. १ ज ६८९३ नं. को विङगरमा सवार राईको साथबाट डाईजेपाम ९ एम्पुल, फेनारागन ९ एम्पुल र बुप्रिनोर्फिन ९ एम्पुल गरी जम्मा २७ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै नियन्त्रणमा लिएको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

The post उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ appeared first on Nagarik Bahas.

]]>
देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष https://nagarikbahas.com/archives/19879 Thu, 07 Nov 2024 06:26:39 +0000 https://nagarikbahas.com/?p=19879 उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार...

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार बढी रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न समुदायको शिक्षा र स्वास्थ्यमा खर्च गरिने जनाएको छ ।
तिहारका वेला खेलिने देउसीमा समेत धनी गरिब भनेर भेदभाव नहोस भनेर च्याम्बरले सुकुम्बासी वस्तिमै पुगेर देउसी खेलेको च्याम्बरका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । “भेदभाव नहोस भनेर हामीले सुकुम्बासी वस्तिबाट देउसी थाल्यौ र यसको समापन हामी कटारी ४ को दलित मुसहर वस्तिमा गर्नेछौं ,”अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अहिले कटारीको विभिन्न स्थानहरुमा च्याम्बर परिवारले देउसी खेलिरहेको छ । “संकलित सवै रकम संस्थाको निर्णय बमोजिम सुकुम्वासी र लक्षित क्षेत्रमा खर्च गर्नेछौं ।”देउसीको माध्यमबाट सामाजिक काम गर्न सकियोस भनेर देउसी आयोजना गरिएको हो ।

कटारी ४ मा दर्जन वढी घर परिवारको सुकुम्वासी वस्ति छ । त्यहाँका बालबालिकाहरु आर्थिक अवस्था कमजोर हुँदा शिक्षा र स्वास्थ्यमा पछाडी परेका छन् । च्याम्बरले कटारी बजारका सम्पूर्ण व्यापारी, व्यवसायी तथा सरोकारवालाहरुलाई देउसीमा सहभागी हुन आग्रह गरेको थियो ।

देउसी भैलो कार्यक्रममा साथ सहयोग र समर्थन दिनु हुने स्थानीय संघ, संस्था, जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यावसायी, स्थानीय सरकार, प्रहरी, प्रशासन लगायतलाई धन्यवाद दिएका छन् ।

 

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र https://nagarikbahas.com/archives/19874 Fri, 04 Oct 2024 13:26:54 +0000 http://nagarikbahas.com/?p=19874 उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ । नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक...

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा त्रियुगा नगरपालिकाले आफैले बनाएको ऐन कानुन विपरित नदीजन्य पदार्थको उत्खननमा रोक लगाउदा नगर भित्र भइरहेको भौतिक पुर्वाधार तथा व्यक्तिगत निर्माणमा असर पुगेको भन्दै खुलाउन माग गरेको छ ।

नगरपालिकाले असोजको तेस्रो साता वित्न लाग्दा पनि नदीजन्य उत्खनन फुकुवा गर्नु पर्नेमा नगरेका कारण भौतिक निर्माणमा खटिने सिकर्मी, डकर्मी, ढुंगा, गिटी, बालुवा ब्यबसाय गर्ने तथा यस संग सम्बन्धित मजदुर तथा ट्रयाक्टर, टिफर ब्यबसायीको अबस्था दिनदिनै दयनिय बनेको भन्दै यथासिघ्र नदिजन्य पदार्थमा लगाइएको रोक हटाउन नेकपा एसले माग गरेको छ ।

नदीजन्य पदार्थको आपूर्तिकालागि खोलामा भएको सामाग्रीको संकलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । नजिकैको नदी जन्य पदार्थ ल्याउन संकलन गर्न सकेमा कम खर्च लाग्ने, सस्तोमा सामान पाइने भएकोले उत्खनन खुला गर्नु उचित हुन्छ । तर बातावरण संरक्षण गर्ने, नदीको दोहन रोक्ने, नदीजन्य विपद्लाई न्यूनीकरण गर्ने नाममा नदीजन्य उत्खनन रोक्नु गरिब मजदुरको मुखबाट माड खोस्नु हो र यो कार्यको समर्थन गर्न नसकिने भएकोले चाडपर्वको मुखमा दैनिक नदीजन्य उत्खननको काम गरेर गुजारा गर्ने मजदुरहरुकोलागि उत्खनन कार्य फुकुवा गरेर सहज वातावरणमा बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन अनुरोध गरिएको छ ।

उक्त ज्ञापनपत्रमा नदीजन्य उत्खननको काममा मजदुरहरुले फर्कन नपाउने हो भने आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार नगरपालिका नै हुने उल्लेख गरिएको छ ।

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ https://nagarikbahas.com/archives/19813 Tue, 06 Aug 2024 02:01:14 +0000 https://nagarikbahas.com/?p=19813 उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय चन्द्र बहादुर खत्री र त्रियुगा नपा वडा नं. १० का २३ वर्षिय दिप मगरलाई २०१ एम्पुल लागू औषध सहित प्रहरीले आइतबार पक्राउ गरेको छ । मोटरसाइकलमा लागू औषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा...

The post उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय चन्द्र बहादुर खत्री र त्रियुगा नपा वडा नं. १० का २३ वर्षिय दिप मगरलाई २०१ एम्पुल लागू औषध सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

मोटरसाइकलमा लागू औषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका ६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्ने खोज्दा प्रहरी जवान दिपक राईलाई ठक्कर दिई चेकिङबाट भागेकोमा प्रहरीले त्रियुगा नगरपालिका ११ चप्पनबाट प्रतिबन्धित २०१ एम्पुल लागू औषध सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेको साथबाट फेनारगन ६७, बुप्रेनोर्फिन ६७, डाइजेपाम ६७ गरी जम्मा २०१ एम्पुल प्रतिबन्धित लागू औषध सहित मोवाइल फोन थान–२ र निजहरु सवार भएको प्र १–०५–००१ प १०५९ नम्बरको FZ-V2 मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

The post उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ appeared first on Nagarik Bahas.

]]>
विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई https://nagarikbahas.com/archives/19774 Mon, 22 Apr 2024 14:52:58 +0000 https://nagarikbahas.com/?p=19774 उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्धा दर्ता गरेको थियो । सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको छ...

The post विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई appeared first on Nagarik Bahas.

]]>
उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्धा दर्ता गरेको थियो ।
सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको छ । सफाई पाउनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछार रहेका छन् ।
अख्तियारको अभियोग पत्रमा तत्कालीन नगरप्रमुख चैधरीले नगपालिका भित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्‍य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, नगरपालिकाको नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयलाई बेवास्ता गरी मिलेमतोमा अनुमानित राजश्व रकम नउठाइ राजस्व चुहावटबाट ६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको भरौटे र बलौटे माटोको राजश्व १८ लाख ४४ हजार १७७ चुहावट गरी जम्‍मा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजश्व चुहावट गरेको आरोप लगाएको थियो ।

अख्तियारले पूर्वमेयर चौधरी सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कार्की, राजश्व शाखा प्रमुख ढकालसँग भ्रष्टाचार निवारण ऐनको दफा ७ बमोजिम राजश्व रकमको दोब्बर जरिवाना १ करोड ६२ लाख ७० हजार ७६४ को दरले जरिवानमा माग दाबी सहित मुद्धा दायर गरेको थियो ।

यस्तै ठेकेदार राजेश बछारलाई १८ लाख ४४ हजार १७७ को दोब्बर राजश्व ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल उपर गर्न अख्तियारले माग दाबी गरेको थियो ।

विशेष अदालतबाट सफाई पाएपछि पूर्वमेयर चौधरीले भने, ‘‘म माथि लगाएको आरोप मिथ्या हो, अख्तियारमा मुद्धा हाल्ने देखि मेरो राजनीति सिध्याउन को को कहाँ कुन नेताको ढोकाढोका गएको सवै मलाई थाह छ तर म कसैको राजनीति र पदलाई सिध्याउने नैतिकता भएको नेता होइन ।” ‘‘खाएको विष लाग्ने हो नखाएको विष किन लगाउन खोजेको हो ?” पूर्वमेयर चौधरीले भने, ‘‘नगर कार्यपालिका र राजश्व परामर्श समितिको निर्णय भएरै ठेक्का लागेको हो, त्यो समितिमा म मात्रै थिइन तर पनि म माथि मात्रै किन मुद्धा ? यो मुद्धा राजनीतिक प्रतिशोधको आधारमा म माथि लगाएको हो ।”

यस्तै तत्कालिन राजश्व शाखा प्रमुख ढकालका अनुसार सवै प्रक्रिया पुरा गरि पत्र पत्रिकामा सूचना प्रकाशन गरेरै ठेक्का लागेको तर व्यक्तिगत रिसिवीको कारण अख्तियारमा मुद्धा लगाएको हो अरु केहि होइन कहि कतै राजश्व हिनामिना वा राजश्व चुहाबट भएको छैन अहिले पनि फाइल पल्टाएर हेर्दा हुन्छ । कहाँ निर राजश्व चुहाबट भयो ? ठेक्का प्रतिष्पर्धामा झण्डै एक दर्जन कम्पनीले प्रतिष्पर्धा गरेको थियो ।

The post विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई appeared first on Nagarik Bahas.

]]>
सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता https://nagarikbahas.com/archives/19770 Sun, 24 Mar 2024 14:29:04 +0000 https://nagarikbahas.com/?p=19770 उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् । वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै...

The post सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता appeared first on Nagarik Bahas.

]]>
उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् ।
वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।

वडाध्यक्ष मगरका अनुसार बेपत्ता हुनेमा रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर हुन् ।

स्थानीयले उनीहरु डुबेको प्रत्यक्ष देखेर खवर गरेपछि प्रहरी बोलाएर खोजी कार्य भईरहेको छ । तर, बालबालिकाहरु तलतलसम्म खोज्दा पनि फेला नपरेको वडाध्यक्ष मगरले बताए ।जिल्ला प्रहरी कार्यालय उदयपुरले बालबालिका नदीमा डुबेर बेपत्ता भएको पुष्टि गरेको छ । उनीहरु तीनैजना बालबालिका त्रियुगा १४ साउने बजारका भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।

पौडी खेल्ने क्रममा डुबेर बालबालिका बेपत्ता भएको खवर प्रहरीलाई दिउँसो ३ः३० बजे प्राप्त भएको र खवर आएलगत्तै प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली घट्नास्थल खटाएर खोजी कार्य जारी रहेको उनले बताए ।

The post सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता appeared first on Nagarik Bahas.

]]>
उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते https://nagarikbahas.com/archives/19764 Thu, 14 Mar 2024 07:42:31 +0000 https://nagarikbahas.com/?p=19764 उदयपुर – उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरेको को. १ ज २५९३ नम्बरको बोलेरो दुर्घटनामा ६ महिनाको बच्चा सहित ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको छ । बोलेरोमा ६ महिनाको बच्चा सहित १६ जना सबार मध्ये चालक चालक मानबहादुर बस्नेत...

The post उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरेको को. १ ज २५९३ नम्बरको बोलेरो दुर्घटनामा ६ महिनाको बच्चा सहित ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको छ ।

बोलेरोमा ६ महिनाको बच्चा सहित १६ जना सबार मध्ये चालक चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घाइते ९ जनाको उद्दार गरिएको छ । बोलेरोमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाकाको रहेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई उपचारको लागि बोट मार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएपी तथा सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । बोलेरो सडकबाट करिव ८०० मिटर तल भिरमा खसेको थियो ।

The post उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते appeared first on Nagarik Bahas.

]]>