समाचार – Nagarik Bahas https://nagarikbahas.com . Wed, 09 Jul 2025 00:35:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 गाईघाटमा नापतौल शिविर चल्दै https://nagarikbahas.com/archives/19979 Tue, 08 Jul 2025 15:24:40 +0000 https://nagarikbahas.com/?p=19979 उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो । शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको...

The post गाईघाटमा नापतौल शिविर चल्दै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो ।

शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यवसायीको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष भगतले आग्रह गरेका छन् । ’नाप तौलका सामग्री परीक्षण तथा नवीकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।
शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस्’, अध्यक्ष भगतले भने । उद्योगी तथा व्यवसायीहरूलाई नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गरिएको अध्यक्ष भगतले बताए ।

मंगलबारबाट सुरु भएको शिविरमा उद्योगी तथा व्यवसायीहरूले आफ्ना नाप तौलका सामग्री चेकजाँच तथा नवीकरण गराउन पाएपछि आफूहरूलाई सहज भएको बताएका थिए । अध्यक्ष भगतका अनुसार आज बुधबार अन्तिम दिन भएकोले समयमै नाप तौलका सामग्री चेक जाँच गर्न अनुरोध गरेका छन् ।

नाप तौलका सामग्री चेकजाँचका लागि विभिन्न स्थानबाट उद्योगी तथा व्यवसायी आ–आफ्ना सामग्री लिएर जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा आइपुगेको महासचिव सुनिल साहले जानकारी दिए । नाप तौल तथा गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरका निरीक्षक मनिषा राईको नेतृत्वमा मंगलबारबाट शिविर शुरु गरिएको थियो । शिविरमा ५० जना भन्दा बढीले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गरेको जिल्ला उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले जानकारी दिए । उनका अनुसार बुधबार पनि शिविर हुने भएकोले छुटेकाहरुले सेवा लिन पाउनेछन् ।

जिल्लामा नाप तौलको कार्यालय नहँुदा उद्योगी तथा व्यवसायीलाई विराटनगरसम्म जानपर्ने बाध्यता रहेको छ ।

The post गाईघाटमा नापतौल शिविर चल्दै appeared first on Nagarik Bahas.

]]>
जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने https://nagarikbahas.com/archives/19973 Sun, 06 Jul 2025 02:11:55 +0000 https://nagarikbahas.com/?p=19973 उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्य समितिको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध अध्यक्ष भएका छन् । संघको अध्यक्षमा भगतले बाहेक अरु कसैले पनि उम्मेदबार नदिइएकोले उनी अध्यक्षमा निर्विरोध भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदबारी परेको छ । निर्वतमान उपाध्यक्ष सुनिल कुमार महत्तो र संघका सदस्य...

The post जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने appeared first on Nagarik Bahas.

]]>

उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्य समितिको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध अध्यक्ष भएका छन् । संघको अध्यक्षमा भगतले बाहेक अरु कसैले पनि उम्मेदबार नदिइएकोले उनी अध्यक्षमा निर्विरोध भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदबारी परेको छ । निर्वतमान उपाध्यक्ष सुनिल कुमार महत्तो र संघका सदस्य तथा मेला महोत्सव समितिका संयोजक प्रदिप देउजाको उम्मेदबारी परेको छ । दावी विरोध र नाम फिर्ता लिने समय सकिएकोले उक्त पदमा असार २२ गते आइतबार बेलुका ३ बजेदेखि ५ बजेसम्मको लागि निर्वाचन हुने कार्य तालिका सार्वजनिक गरेको निर्वाचन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता शुकराम श्रेष्ठले जानकारी दिए ।

यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा पंकज गुप्ता, उद्योग तर्फको उपाध्यक्षमा सौगात खतिवडा, एशोसिएटस् तर्फको उपाध्यक्षमा क्षेत्र बहादुर खड्का निर्विरोध भएका छन् ।

महासचिवमा पुनः सुनिल साह दोहोरिएका छन् भने सचिवमा तिलक बहादुर श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश चन्द्र मिश्र पनि निर्विरोध भएका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ दशरथ प्रसाद साह, बासु थापा, प्रदीप कुमार कार्की, राकेश चौधरी, सुनिल कुमार चौधरी पनि निर्विरोध भएका छन भने महिला सदस्यहरुमा दुर्गा श्रेष्ठ चौधरी र विन्दा कुमारी राउत निर्विरोध भएको निर्वाचन समितिका अध्यक्ष श्रेष्ठले जानकरी दिए ।

विद्यानत आठवटै पालिकाबाट १–१ जान सदस्य रहेन छन् । सो सदस्य पालिकाको चेम्बरहरुले पठाएको सदस्यको प्रतिनिधि जिल्ला कार्य समितिको सदस्य हुने छन् । कटारी चेम्बर अफ कर्मश शाखाबाट सदस्यमा टेकराज निरौलालाई पठाएको छ भने रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ, चौदण्डीगढी नपा र बेलका नपाबाट १–१ जना सदस्य पठाउने छन् भने ३ जना कार्य समितिको बैठकले मनोनयन गरेपछि कमिटिले पूर्णतमा पाउनेछन् ।e

 

The post जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने appeared first on Nagarik Bahas.

]]>
राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट https://nagarikbahas.com/archives/19967 Sat, 05 Jul 2025 15:48:16 +0000 https://nagarikbahas.com/?p=19967 उदयपुर ।  पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् । जिल्ला उधोग बाणिज्य...

The post राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट appeared first on Nagarik Bahas.

]]>
उदयपुर ।  पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार गाईघाट आई पुगेका सभामुख विष्टले नैतिकवान राजनीतिज्ञको अभाव औल्याएका थिए । आयात र निर्यातमा भिन्नताले देशभित्रको उत्पादन निरुत्साहित हुने खतरा बढेको विष्टले बताए । स्थानीय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात मात्र एकोहोरो उच्च बिन्दुमा देखिनु मुलुकका लागि अर्थतन्त्र धरासयी हुनु जस्तै भएको प्रस्ट पारेका थिए ।

आर्थिक अबस्था दयनीय बन्दै गएको बताउदै उनले भूकम्पपछि कोरोनाको कारण खस्किएको ब्यापार व्यवसाय र अर्थतन्त्रमा गम्भीर असर पुग्ने गरी केही बैंक तथा बित्तिय संस्थाहरुले सर्वसाधरण जनताको ढाँड सेक्ने गरी चर्को व्याजदरले झनै आर्थिक पाटो तहसनहस बनाएको उनको आरोप छ । सभामुख बिष्टले भने,’देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य बस्तु पनि आयात गर्नु पर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।’

यस्तै सभामुख विष्टले आगामी आर्थिक वर्षको लागि जिल्ला उद्योग वाणिज्य संघको भवनको लागि पहल गर्न अनुरोध गरेका थिए । सभामुख विष्टले प्रक्रिया पुर्याएर ल्याएरमा आफुले संघको भवनको लागि बजेट समेत विनियोजन गर्ने आश्वासन दिनु भएको छ ।

ब्रम्हकुमारी राजयोग केन्द्र उदयपुरको सभाहलमा आयोजित अधिवेशनपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

The post राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकाको लोगो सार्वजनिकसँगै प्रयोगमा ल्याए https://nagarikbahas.com/archives/19964 Thu, 26 Jun 2025 03:54:56 +0000 https://nagarikbahas.com/?p=19964 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाल्को लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभाबाट लोगो सार्वजनिक गरेको हो । पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व झल्कने लोगो निर्माण गरि पालिकाले सार्वजनिक गरि नगर सभाबाट प्रयोगमा ल्याएको  प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले जानकारी दिए...

The post त्रियुगा नगरपालिकाको लोगो सार्वजनिकसँगै प्रयोगमा ल्याए appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाल्को लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभाबाट लोगो सार्वजनिक गरेको हो ।
पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व झल्कने लोगो निर्माण गरि पालिकाले सार्वजनिक गरि नगर सभाबाट प्रयोगमा ल्याएको  प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले जानकारी दिए । लोगोमा नेपालको झन्डा र नगरपालिकाको भुगोल, नाम, त्रियुगा र बरुवा नदि, गाईको प्रतिमा सहित स्थानीय भेषभुषा समेटिएको छ । लोगोमा स्वास्थ्य, शिक्षित, उद्यमशिल, हाम्रो शहर, समुन्नत, समावेशी, समृद्ध, त्रियुगा नगर समावेश गरिएको छ ।
सो लोगोमा त्रियुगा स्लोगन, नेपालको राष्ट्रिय झण्डा, नगरपालिका भित्र बसोबास गर्ने बिबिध जातजाति तथा पेशामा आबद्ध ब्यक्तिहरुको साँकेतिक चित्र धानको बाला, उदयपुर सिमेन्ट उद्योग, मेन चोकमा राखिएको गाईको प्रतिमा, स्थापना मिति, नेपालको राष्ट्रिय फुल लाँलिगुराँस, नगरपालिकाको नाम, मोतिगडामा रहेको प्राकृतिक तिर्थस्थल मुडगढा शिला, बरुवा, त्रियुगा र लुहालेको संगम र त्रियुगा नगरपालिकाको नक्शा समावेश गरिएको छ ।
त्रियुगा नगरपालिकाले २०८१ फागुन २९ गते सुचना प्रकाशित गरि २०८१ चैत समान्त सम्म गोलाकारमा निर्माण गरि पेश गर्न भनिएको थियो । सो सुचना अनुसार बिभिन्न १० वटा लोगो नगरपालिकालाई प्राप्त भएकोमा उत्कृष्ट लोगो छनोट गरिएको प्रमुख प्रशासकिय अधिकृत कोईरालाले जानकारी दिए । नगरपालिकामा प्राप्त भएको १० वटा लोगो अध्ययन तथा छनोट गर्न २०८२ बैशाख २६ गतेको कार्यपालिका बैठकले समिति गठन गरेको थियो । सो लोगो अध्ययन तथा छनोट सिफारिस समितिले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ६ का हाल त्रियुगा नगरपालिका– ११ गाईघाट बजारमा खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका सुजन कार्कीले बनाएको लोगो छनोट भएको छ । कार्की गाईघाट बजारमा २०७८ सालदेखि खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका छन । लोगो अध्यायन तथा छनोट समितिको सिफारिस अनुसार त्रियुगा नगर कार्यपालिकाको ०८२ जेठ २४ गतेको बैठकले लोगो स्विकृत गरि प्रयोगमा ल्याएका हुन ।

The post त्रियुगा नगरपालिकाको लोगो सार्वजनिकसँगै प्रयोगमा ल्याए appeared first on Nagarik Bahas.

]]>
उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय https://nagarikbahas.com/archives/19943 Tue, 24 Jun 2025 16:21:07 +0000 https://nagarikbahas.com/?p=19943 उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी बर्षको लागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपप्रमुख जीतबहादुर खड्काले मंगलबार गाउँपालिकाको १९ औं  गाउँपालिकाको गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार...

The post उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी बर्षको लागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका उपप्रमुख जीतबहादुर खड्काले मंगलबार गाउँपालिकाको १९ औं  गाउँपालिकाको गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार ८६४ रुपैया र पुँजीगत तर्फ २६ करोड ९० लाख १९ हजार १६७ रुपैया बिनियोजित गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बजेटमा भौतिक पुर्बधार र खानेपानीमा बढी महत्त्व दिइएको बताए । गाउँपालिकामा सडक बाटो र स्थानियलाई पिउने पानीको समस्या रहेकोेले उक्त क्षेत्रमा बढी बजेट बिनियोजित गरिएको उनले बताए ।

The post उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय appeared first on Nagarik Bahas.

]]>
त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट https://nagarikbahas.com/archives/19935 Tue, 24 Jun 2025 14:31:38 +0000 https://nagarikbahas.com/?p=19935 उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले...

The post त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले उक्त बजेट प्रस्तुत गरेका हुन् । त्रियुगाको चालु आवमा दुई अर्व १५ करोड ७१ लाख ५७ हजार को बजेट विनियोजन गरिएकोमा आगामी बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ ।

त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा चालु तर्फको आन्तरिक आयबाट १६ करोड १९ लाख ९५ हजार, संघिय राजश्व बाँडफाँड वापत २० करोड ८९ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ९१ लाख, सशर्त अनुदान तर्फ ८५ करोड ९० लाख र समपुरक अनुदान तर्फ ९० लाख प्राप्त गर्ने अनुमानित गरेको छ ।

यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान दुई करोड ४ लाख एक हजार, सवारी साधन कर वापत १६ करोड ९० लाख चार हजार, सशर्त अनुदान तर्फ ३ करोड १६ लाख ५९ हजार र समपुरक अनुदान तर्फ ७५ लाखको आगामी अनुमानित बजेट प्रस्तुत गरेको छ । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ ।

नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ । यस्तै उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहाने विद्यार्थीलाई पूर्ण छात्रवृति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई निशुल्क आँखा जांच तथा शल्यक्रिया, निशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई घरमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निशुल्क श्रमिक विमा गर्ने नीति रहेको छ ।यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायीक बिद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक बिद्यालयलाई महिला मैत्री बिद्यालय स्थापना गर्ने, बिद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र बिद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि वालवालिकाको नेतृत्व बिकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सिमान्तकृत असाहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

त्रियुगा नगरबासीको सम्मान युक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

The post त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? https://nagarikbahas.com/archives/19928 Sun, 22 Jun 2025 15:44:24 +0000 https://nagarikbahas.com/?p=19928 उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा...

The post त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा ३८ करोड ३१ लाखले घटेको हो ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाउने गरेको छ । आगामी आवमा त्रियुगा नगरपालिकाको चालु तर्फ ७६ करोड ४२ लाख र पुँजीगत तर्फ ३२ करोड २९ लाख गरी १ अर्व ८ करोड ७१ पाउने भएको छ ।

आगामी बजेटमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ४ अर्ब २२ करोड २२ लाख बजेट पाएका छन् । चालु तर्फ ३ अर्व ४५ करोड ४ लाख र पुँजीगत प्रकृति तर्फ ७७ करोड १८ लाख गरी ४ अर्व २२ करोड २२ लाख बजेट विनियोजन भएको छ ।

कटारी नगरपालिकाको लागि संघिय सरकारले चालु तर्फ ५३ करोड ५३ लाख र पुँजीगत तर्फ ३ करोड २७ लाख गरी कुल ५६ करोड ८० लाख बजेट छुट्याइएको छ । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।

चौदण्डीगढी नगरपालिकामा चालु तर्फ ४८ करोड ७ लाख र पुँजीगत तर्फ ७ करोड ६ लाख गरी ५५ करोड १३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ५८ लाखले बढी हो । बेलका नगरपालिकामा चालु तर्फ ४३ करोड ५७ लाख र पुँजीगत तर्फ ७ करो २६ लाख गरी ५० करोड ८३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।

यस्तै उदयपुरगढी गाउँपालिकामा चालु तर्फ ४० करोड ११ लाख र पुँजीगत तर्फ ८ करो ७७ लाख गरी ४८ करोड ८८ लाख बजेट पाउने भएको छ । चालु आवको तुलनामा २९ लाखले मात्रै बढी आगामी वर्षको लागि विनियोजन भएको छ ।

भने ताप्ली गाउँपालिकामा चालु तर्फ २५ करोड २ लाख र पुँजीगत तर्फ ४ करोड ५९ लाख बजेट संघिय सरकारबाट पाउनेछन् । चालु आवको तुलनामा आगामी आव ३ करोड ३१ लाखले बढी बजेट पाएको छ ।

रौतामाई गाउँपालिकामा संघिय सरकारबाट चालु तर्फ ३६ करोड ९० लाख र पुँजीगत तर्फ ११ करोड ३९ लाख गरी ४८ करोड २९ लाख बजेट पाउनेछन् । चालु आवको तुलनामा आगामी अवमा ७ करोड ९८ लाख बढी बजेट पाउने छन् ।

लिम्चुङबुङ गाउँपालिकाको बजेट २३ करोड ९७ लाख संघिय सरकारबाट पाउने छन जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख खर्च गर्न पाउने छन भने पुँजीगत तर्फ २ करोड ५५ लाख खर्च गर्र्न पाउने छन् । चालु आवको तुलनामा आगामी आवमा २ करोड बढी बजेट पाउने छन् ।

The post त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? appeared first on Nagarik Bahas.

]]>
बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु https://nagarikbahas.com/archives/19925 Fri, 13 Jun 2025 08:30:35 +0000 https://nagarikbahas.com/?p=19925 उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा...

The post बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु appeared first on Nagarik Bahas.

]]>
उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शबको पोस्ट मार्टम पछि आफन्तलाई बुझाइएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

 

The post बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु appeared first on Nagarik Bahas.

]]>
बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु https://nagarikbahas.com/archives/19921 Fri, 06 Jun 2025 01:34:35 +0000 https://nagarikbahas.com/?p=19921 रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ । शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको...

The post बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु appeared first on Nagarik Bahas.

]]>
रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ ।
शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, पशुपति गण उदयपुरका प्रमुख सेनानी शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी निरीक्षक हरिनाथ योगी, राष्ट्रिय अनुसन्धान उदयपुरका उपनिर्देशक कुमारी बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकरण आचार्य, वडा नम्बर –४ वडा अध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्यहरु, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहर, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु र तालिममा सहभागी पशिक्षार्थीहरुको उपस्थिति रहेकोे थियो ।

The post बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु appeared first on Nagarik Bahas.

]]>
कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी https://nagarikbahas.com/archives/19918 Sun, 01 Jun 2025 01:26:17 +0000 https://nagarikbahas.com/?p=19918 रामपुर — बेलका नगरपालिकामा जारी प्रथम अन्तर–माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आइतबार बेलका–६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो । फाइनल खेलमा कोशी मा.बि....

The post कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी appeared first on Nagarik Bahas.

]]>
रामपुर — बेलका नगरपालिकामा जारी प्रथम अन्तर–माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आइतबार बेलका–६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो ।
फाइनल खेलमा कोशी मा.बि. रामपुरले जनता नमुना मा.बि. गुरुङचौरीलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।

बिजेता टिमले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल किपर कोशी मा.वि.का सन्जु राई, उत्कृष्ट डिफेन्डर प्रबिन तामाङ, हाई स्कोरर हिमाल मगर रहेका छन् । यस्तै, जनता नमुना मा.वि.का अस्बिन थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्र, खेल प्रशिक्षकहरूलाई मायाको चिनो, तथा अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। खेलकुद शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।

नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की लगायत अतिथि निमित्त प्रमुख रबिकिरण आचार्य, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षा शाखा प्रमुख साथै कर्मचारीहरु, शिक्षक, बुद्दिजिबी, सुरक्षाकर्मी, पत्रकार, बिधार्थी लगायत खेलप्रेमीहरुको रंगशालामा भरीभराउ उपस्थिति रहेको थियो ।

The post कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी appeared first on Nagarik Bahas.

]]>