शिक्षा – Nagarik Bahas https://nagarikbahas.com . Mon, 03 Feb 2025 02:46:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै https://nagarikbahas.com/archives/19882 Mon, 03 Feb 2025 02:43:30 +0000 http://nagarikbahas.com/?p=19882 उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी...

The post विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

The post विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै appeared first on Nagarik Bahas.

]]>
६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित https://nagarikbahas.com/archives/19815 Tue, 10 Sep 2024 00:52:08 +0000 https://nagarikbahas.com/?p=19815 उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति...

The post ६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित appeared first on Nagarik Bahas.

]]>
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ ।
बरुवा क्याम्पसको नाममा जग्गा कायम गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्री परिषदमा लैजानका लागि त्रियुगा नगरपालिका वडा नं. १२ को कार्यालयलाई चार किल्ला प्रमाणित गर्न दिइएको निवेदन आज भोलि भन्दा भन्दै ६ महिना वितिसक्दा पनि प्रमाणित हुन नसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।

बरुवा क्याम्पसले ३ विगहा ९ कठ्ठा भित्र जग्गा भित्र आर.सि.सी.का ठूला ठूला भवनहरु निर्माधिन अवस्थामा रहेको छन् । त्रियुगा नगरपालिका १२ स्थित अव्यवस्थित बसोबास आयोगद्वारा नाप जाँच गरी कित्ता नम्बर १००२ कायम भई आम्दानी रसिद नगरपालिको बाँधि कार्य प्रारम्भ भएता पनि उक्त जग्गाको त्रियुगा नगरपालिकाले दर्ता प्रक्रिया अगाडि नबढाउँदा क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई भएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।
क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई हुँदा लालपुर्जा नभएको कारणले विश्व विद्यालय अनुदान आयोगबाट करोडौ रुपैयाको भौतिक पूर्वाधार अनुदान प्राप्त गर्न नसकिएको र हालसालै क्याम्पस परिसरको जग्गा त्रियुगा नगरपालिकाले आफुखुशी मनोमानी वितरण गर्न खोजेको अवस्था प्रति क्याम्पस परिवार गम्भिर भएको विज्ञप्तीमा जनाएको छ ।

भविष्यमा विज्ञान संकाय तथा प्राविधिक धारको ईन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत भएपनि क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा अनुदान तथा संकाय व्यवस्थापनमा समस्या परेको अध्यक्ष चौधरीले बताए ।

क्याम्पसको पश्चिम तर्फबाट बगिरहेको सडक नाली विगत वर्षमा त्रियुगा खोलामा निकास भईरहेकोमा गत आव. २०७९÷८० देखि क्याम्पसको वातावरणलाई प्रतिकुल असर पर्ने गरी पानी बगिरहेको नाली भत्काई प्रदुषित फोहोर पानी क्याम्पस परिसरबाट बग्दा करिव ५ सय विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको देखिन्छ । शैक्षिक संस्था प्रति गरिएको यस्तो निन्दनीय कार्यको घोर भत्र्सना गर्दछ विज्ञप्तीमा जनाएको छ ।
समास्याको सामाधानको लागि १ महिनाको समयावधि दिने र सो पश्चात पनि उक्त समस्याको समाधान नभएमा सम्बन्धित पक्ष मिलि चरणवद्ध आन्दोलन सशक्त बनाई अन्य सम्बन्धित निकायहरुलाई समेत ध्यानाकर्षण गराउने विज्ञप्तीमा उल्लेख छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ मा बरुवा क्याम्पसको जग्गा ३ विगहा ९ कठ्ठा रहेको र त्यसमा क्याम्पसको कच्ची र पक्की गरि ५ भवन रहेको जनाएको छ । क्याम्पसको भवन मध्ये १५ वटा कक्षा कोठा रहेको जनाएको छ । क्याम्पसको ३ विगहा ९ कठ्ठा जग्गामा कोशी प्रदेश सरकारले तारबार घेरा गर्न आर्थिक सहयोग गरि तारजाली लगाई भवन निर्माण तथा खेलकुद मैदानका लागि समेत उपयोग गर्दै आएको विज्ञप्तीमा जनाएको छ ।

२०६६ सालदेखि स्नातक तहको पठन पाठन गराउँदै आएपनि २०७६ सालदेखि क्याम्पसले आफ्नै भवनहरुमा पठनपाठन गर्दै आएको छ । क्याम्पसमा अहिले करिव ५ सय विद्यार्थी अध्ययनरत रहेको छ ।

The post ६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित appeared first on Nagarik Bahas.

]]>
स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन https://nagarikbahas.com/archives/19704 Sun, 11 Feb 2024 03:15:46 +0000 https://nagarikbahas.com/?p=19704 १० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन...

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.

]]>
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने

उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ ।

स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना, विराट मेडिकल टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सो शिविर संचालन भएको हो ।

स्वास्थ्यमा समस्या रहेका एकेडेमीका करिव २ सय भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ७५ जना बढी अभिभावकले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार बालबालिकामा देखिएको समस्याहरुको बारेमा बाल रोग विशेषज्ञ डा. रमेश कुमार यादवले स्वास्थ्य परीक्षण गरेको थियो भने अभिभावकहरुको स्वास्थ्य परीक्षण फिजिसियन विशेषज्ञ डा. रोहित कुमार कर्णले गरेको थियो । निःशुल्क स्वास्थय शिविरमा डा. अविनिस साह, मार्केटिङ अफिसर चन्दन पासवान सहित ७ जनाको प्राविधिक टोलीले एकेडेमीमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

विराट मेडिकल टिचिङ्ग हस्पिटलका बाल रोग विशेषज्ञ रमेश कुमार यादवले यस एकेडेमीमा अध्ययनरत १० वर्षमुनीका बालबालिकालाई हस्पिटलले बालबालिकाको जन्मदर्ता, बालबालिकाको बुवा वा आमाको नागरिकताको फोटोकपी र स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य केन्द्रको अनुसूची ४ बमोजिमको फारमको आधारमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ ।
विज्ञान, कला प्रदर्शनमा विद्यार्थीहरुले बनाएर ल्याएको सामग्रीहरुको प्रदर्शन गरिएको थियो भने एकेडेमीले उपलब्ध गराइएको विज्ञानको सामग्रीहरुबाट केहि परीक्षणहरु गरेको थियो । यस्तै विद्यार्थीहरुले ल्याएको खाना परिकारको पनि प्रदर्शनी गरेको थियो । खाना परिकार मेला विभिन्न जातजातिको खाना परिकारहरुको प्रदर्शनी गर्नुको साथै बेचविखन गरेको थियो । खाना परिकार मेलामा राई, मगर, थारु, नेवारी, तामाङ परिकारको साथै अन्य जातजातिको खाना परिकारहरुको पनि प्रदर्शनी गरेको थियो ।
विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथिमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तिलक बहादुर कटुवाल रहेको थियो । विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविर सम्बन्धीको प्रकाश एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले गरेको थियो । कार्यक्रमको अध्यक्षता एकेडेमीका संचालक अध्यक्ष सुखिलाल चौधरीले गरेको थियो भने कार्यक्रममा स्वागत एकेडेमीका प्रिन्सिपल बाबुराम कार्कीले गरेको थियो । कार्यक्रमको संचालन शिक्षिका सीता मगरले गरेका थिईन् ।

कार्यक्रमको तस्विरहरु

 

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.

]]>
हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने https://nagarikbahas.com/archives/19650 Tue, 16 Jan 2024 07:07:17 +0000 https://nagarikbahas.com/?p=19650 उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो । उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर...

The post हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने appeared first on Nagarik Bahas.

]]>
उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो ।
उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस्थान समितिका संयोजक प्रदिप देउजाले जानकारी दिए । उनका अनुसार उदयपुर एक्स्पो माघ ११ गतेबाट शुभारम्भ भएपनि औपचारिक उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश सरण महतबाट १४ गते गरिने छ ।

“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागिएको हो ।

‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ मेला संयोजक देउजाले । उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ ।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको संयोजक देउजाले बताए ।

कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, विभिन्न जातजातिको नेपाली संस्कृति र परम्पराको राष्ट्रिय स्तरको प्रदर्शनी, खाना परिकार महोत्सव पनि हुने आयोजकले जनाएको छ ।महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने लक्ष्य लिइएको जनाएको छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन १/१ जनालाई एन्ड्रोइड मोबाइल र अन्तिम दिन बजाजको पल्सर मोटर साइकल जित्ने अवसर प्रदान गरिने छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, साहित्य (कविता, निवन्ध, गजल) प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । हेलिकोप्टर उडान, रामाइलो मेला (बाल मनोरञ्जन पार्क), वाटर फाउन्टेन, सेल्फीजोन, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

हरेक नागरिकको जिम्मेवारी दुव्र्यसन विरुद्ध खबरदारी भन्ने नाराका साथ यस उदयपुर महोत्सवमा पोष्टर, पम्प्लेट, ब्रोसरका साथै जनचेतना मुलक प्रचार सामग्री तयार गरी स्टल समेत राखी जनचेतना एवं परामर्श सेवा कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।

एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ८ः०० बजेसम्म संचालन हुनेछ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय पत्रको आधारमा प्रवेश निःशुल्क गरिने छ ।

स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।उदयपुर एक्स्पो २०८० हुने स्थलको शिलान्यास माघ १ गते त्रियुगा नदी किनारमा सम्पन्न भईसकेको छ भने महोत्सवमा २ सय बढी स्टल हुने छ । महोत्सवमा आन्तरिक तथा बाह्य गरि २ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

The post हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने appeared first on Nagarik Bahas.

]]>
प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी https://nagarikbahas.com/archives/19540 Fri, 11 Aug 2023 00:38:08 +0000 http://nagarikbahas.com/?p=19540 उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन् ।...

The post प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

१ भदौमा अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिकस्थलमा पार्किङ गर्ने घोषणा पत्रकार सम्मेलनमा गरेका छन् ।
विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको उनीहरूले बताएका छन् ।

विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्देश्यबाट अभिप्रेरित भएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्याव्सन उदयपुरको अध्यक्ष प्रकाश वस्नेतले मन्त्रीपरिषदले पारित गरको उक्त निर्णय तत्काल फिर्ता नगरे भदौ १ बाटो अनिश्चितकालिन विद्यालय वन्दको चेतावनी समेत दिईएको छ । कम्पनीको विद्यालयलाई गुँठीमा परिणत गर्नु पर्ने सरकारको बिधेयक निर्णयमा निजी विद्यालयले आपत्ति जनाउँदै आएको अध्यक्ष वस्नेतले जनाए ।

योँ सँगै छात्राबृत्ति व्यवस्थापन, विद्यालय व्यवस्थापन निति, शिक्षा सँग सम्बन्धित समिति उपसमिति लगायत बुद्दाहरुमा विमती रहेको अध्यक्ष बस्नेतले जनाए ।
निजी विद्यालयहरु मास्ने तर्फ सरकार लागि परेको आरोप लगाउँदै उनिहरु यसको विरुद्धमा कडाईका साथ उत्रिने जनाएको छ ।

निजी विद्यालयले सरकारलाई गरेको योगदानलाई नहेरी एकतर्फि निर्णय र विधेयकले विद्यार्थी, शिक्षक, सरकार सबैलाई नै अवसर पर्ने जनाएको छ । नेशनल प्याव्सन उदयपुर जिल्लाका अध्यक्ष सुमन चौधरीले निजी विद्यालयको माग व्यवस्था गरे भदौ १ बाट आन्दोलनमा उत्रिने जनाएको छ । विद्यालयको भौतिक साधन सबै सडकमा उतारेर आन्दोलनमा होमिने अध्यक्ष चौधरीको भनाई छ । त्यसको क्षती पूर्ति र निजी विद्यालयको सम्पूर्ण सम्पत्तिको जिम्मेवारी सरकारले नै लिनु पर्ने समेत चेतावनी दिईएको छ ।

उदयपुरमा प्याबसन र एनप्याबसन गरी ११० बढी विद्यालय आवद्ध छ । निजी विद्यालयमा करिव २२ हजार बढी विद्यार्थी अध्ययनरत छन भने ४ हजार बढी शिक्षक कर्मचारीहरु आवद्ध छन् ।

The post प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी appeared first on Nagarik Bahas.

]]>
आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ? https://nagarikbahas.com/archives/19221 Thu, 26 Jan 2023 01:57:21 +0000 https://nagarikbahas.com/?p=19221 हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन्...

The post आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ? appeared first on Nagarik Bahas.

]]>

हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ?

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।

उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छ ।

जीवनको माधुर्य

उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ ।
पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।

जीवनको सौन्दर्य

सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।

आज सरस्वतीपूजा

मौसमी चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ ।

आज, सरस्वती पूजा ।

यसलाई हामी ‘बसन्त पञ्चमी’ भन्छौं । ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन ।

त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई ।

किन मनाउने ?

हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी ।

वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति ।
आज विद्याकी देवीको पूजा गरिने दिन । विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ ।
संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ ।

बोधिसत्व मञ्जुश्री

आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।

वसन्त आगमनको उल्लास

आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो ।

कसरी पूजा गर्ने ?

यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।

The post आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ? appeared first on Nagarik Bahas.

]]>
स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न https://nagarikbahas.com/archives/19210 Wed, 04 Jan 2023 02:13:37 +0000 http://nagarikbahas.com/?p=19210 उदयपुर –  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरद्वारा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । मंगलबार स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन...

The post स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न appeared first on Nagarik Bahas.

]]>
उदयपुर –  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरद्वारा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । मंगलबार स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्व लगायत विषयमा जानकारी गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मेनष श्रेष्ठले बताउनुभयो । सचेतना कार्यक्रममा खाद्य पदार्थ खरिद गर्दा लेबल हेरेर मात्र खरिद गर्नु पर्ने तथा लेबलमा के–के र कसरी हेर्ने सकिन्छ त्यसबारे जानकारी गराईएको प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार जंक फुड तथा अखाद्य बस्तु बारे विद्यार्थीलाई जानकारी गराएमा उनीहरुले सहजै अभिभावकलाई सिकाउन सक्ने हुनाले यस्तै प्रकृतिको जनचेतना फैलाउने कार्यक्रमहरु अरु पनि रहेको र अन्य विद्यालयहरुमा पनि खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय कार्यक्रम संचालन गर्नेबताए ।
सचेतना कार्यक्रममा विद्यार्थीहरुलाई असल खानपान, खाद्य बस्तु किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र स्वस्थ जिवनशैलीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । सचेतना कार्यक्रमले विद्यार्थीहरुले अव देखि खाने कुरा खरिद गर्दा लेबल अनिवार्य हेर्ने बानी बसाउने र आफ्नो अभिभावकहरुलाई पनि सिकाउने हुँदा यस क्षेत्रको उपभोक्ताहरुमा आफ्नो हक हितको बारे सचेतना फैलाउने विश्वास लिएको कार्यलय प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा एकेडेमीमा अध्ययनरत कक्षा ७ देखि १० सम्म ८८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यस्तै सचेतना कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा मेयर असोक कार्कीको प्रमुख आतिथ्यतामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी दिनमा अन्य पालिकाहरुमा पनि यस कार्यक्रमलाई निरन्तता दिने प्रमुख श्रेष्ठले बताए ।

The post स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न appeared first on Nagarik Bahas.

]]>
स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग https://nagarikbahas.com/archives/19192 Wed, 28 Dec 2022 09:18:15 +0000 http://nagarikbahas.com/?p=19192 गाईघाट – स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले मंगलबार सामाजिक उत्तरदायित्व अन्र्तगत दुई अग्नी पीडितलाई सहयोग गरेको छ । त्रियुगा नगरपालिका ३ ठाडी बस्ने टिका ठकुरी र चाँप बस्ने राजन कटुवाललाई जनही पाँच हजारका दरले एकेडेमीले चेक हस्तान्तरण गरेको हो । आइतबार राति टिका ठकुरीको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा लत्ता कपडा, अन्नपात र सुन चाँदी...

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग appeared first on Nagarik Bahas.

]]>
गाईघाट – स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले मंगलबार सामाजिक उत्तरदायित्व अन्र्तगत दुई अग्नी पीडितलाई सहयोग गरेको छ । त्रियुगा नगरपालिका ३ ठाडी बस्ने टिका ठकुरी र चाँप बस्ने राजन कटुवाललाई जनही पाँच हजारका दरले एकेडेमीले चेक हस्तान्तरण गरेको हो ।
आइतबार राति टिका ठकुरीको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा लत्ता कपडा, अन्नपात र सुन चाँदी र नगद जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुको घरमै पुगेर स्ट्याण्डर्ड भिजन एकेडेमीका संचालकहरु  नवराज सिंह ठकुरी, उत्तम रिजाल र सुखिलाल चौधरीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो ।
एकेडेमीले यस अघि पनि सामाजिक उत्तरदायित्व निर्वाह जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने एकेडेमी व्यवस्थापक नवराज सिंह ठकुरीले जनाएको छ ।

मंसिर ४ गते अज्ञात समूहले कटुवालको १० कठ्ठाको धानको कुन्यु जलाई दिएका थिए ।

 

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग appeared first on Nagarik Bahas.

]]>
बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई https://nagarikbahas.com/archives/18734 Wed, 21 Sep 2022 14:19:41 +0000 http://nagarikbahas.com/?p=18734 उदयपुर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनु पर्ने बताएका छन् । बुधबार बरुवा क्याम्पसको पुस्तकालय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको २० लाख सहयोगमा पुस्तकालय भवन निर्माण हुने भएको छ । उनले घोकन्ते विद्या भन्दा व्यवहारिक,...

The post बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनु पर्ने बताएका छन् । बुधबार बरुवा क्याम्पसको पुस्तकालय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको २० लाख सहयोगमा पुस्तकालय भवन निर्माण हुने भएको छ ।

उनले घोकन्ते विद्या भन्दा व्यवहारिक, प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका हुन् । मुलुकको विकासको लागि शिक्षा अत्यन्तै महत्पूर्ण भएकोले गुणस्तरण्ीय शिक्षा आजको आवश्यकता भएको बताए । शिक्षाको लागि विद्यार्थी, अभिभावक, शिक्षकको त्रिकोणत्मक सम्बन्ध पनि हुनु पने, शिक्षा आत्मा विश्वासको गुणस्तरीय र व्यवहारिक हुनु पर्नेमा प्रदेश सरकार लागि परेको मन्त्री राईले बताए । उनले घोकाएर पढाउनु भन्दा सिकाउनु उपयुक्त हुन्छ र विद्यार्थीको अभिरुची अनुसार शिक्षकहरु पनि शिक्षामा अपडेट हुनु पर्ने बताए । उनले बरुवा क्याम्पसको पुस्तकालय भवन प्रदेश सरकारको तर्फबाट मायाको टोकन मात्रै भएको र आगामी निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले त्रियुगा जनता बहुमुखी क्याम्पस लगायत अन्य विद्यालयहरुलाई पनि प्रदेश सरकारले सहयोग गरेको बताए ।

यस्तै विशेष अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले क्याम्पसको जग्गा अतिक्रमणमा परेकोले त्यसको संरक्षण आवश्यक रहेको बताए । क्याम्पसलाई आवश्यक थप जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको पनि उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै यस अघिको नगर सरकारले त्रियुगा नगरपालिका ४ बगहामा मेडिकल कलेज स्थापनाको लागि गरेको निर्णयलाई निरन्तता दिँदै मेडिकल डिपियारको चरणमा रहेको मेयर बस्नेतले बताए । उनले त्रियुगा नगरपालिकामा शिक्षा र स्वास्थ्यको लागि कुनै पनि कसर बाँकी नराख्ने बताए ।

यस्तै उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष केशव कुमार बस्नेतलाई सम्मान गरेको छ । बरुवा क्याम्पसको विद्यान बमोजिम उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष वा महाप्रबन्धक क्याम्पसको पदेन सदस्यको व्यवस्था रहे बमोजिम केशव कुमार बस्नेतलाई सम्मान गरेको हो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा निवर्तमान मेयर बलदेव चौधरीले बरुवा क्याम्पसलाई अवको दिनमा प्राविधिक धारको लागि इन्जिनियरिङ क्याम्पसको रुपमा विकास गर्न अगाडी बढि रहेको बताए । २०६४ सालमा व्यवस्थापन संकायबाट शुरुवात गरेको क्याम्पसमा अहिले शिक्षा संकाय पनि रहेको छ । यस क्याम्पसमा अहिले साढे पाँच सय विद्यार्थी रहेको र ३० भन्दा बढी शिक्षक कार्यरत रहेको बताए । उनले राष्ट्रिय योजना आयोग र त्रियुगा नगरपालिकाको ६ करोड ६३ लाखको लगानीमा क्याम्पस भवनहरु पनि निर्माण भईरहेको छ । यो भवन ३ बर्ष भित्र निर्माण सकिने अध्यक्ष चौधरीले बताए । ‘शैक्षिक संस्थाहरुको भिडमा अलगधार बनाउने हाम्रो प्रयास छ,’ अध्यक्ष चौधरीले भने, ‘जीवन उपयोगी, व्यवहारिक, उत्पादनमुखी र राज्यसँग सम्बन्धित रहने गरी प्राविधिक शिक्षा सञ्चालनमा ल्याउँछौ ।’

 

The post बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई appeared first on Nagarik Bahas.

]]>
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित) https://nagarikbahas.com/archives/18702 Fri, 16 Sep 2022 01:46:35 +0000 http://nagarikbahas.com/?p=18702 उदयपुर – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका तीन हजार ४७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय परेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब...

The post राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका तीन हजार ४७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय परेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ४५ लाख, दुईकोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका अन्तर्गत ६ वटा विद्यालय मध्ये दुई वटामा चार कोठे भवन निर्माण, दुई वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन दुई वटा विद्यालय छनौट भएको छ ।
कटारी नगरपालिकाका अन्तर्गत ५ वटा मध्ये एउटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र तीन वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि विद्यालय छनौट भएको छ ।
चौदण्डीगढी नगरपालिकामा ५ मध्ये एउटामा चार कोठे भवन निर्माण, तीन वटामा दुई कोठे भवन निर्माण र एउटामा आइसिटी ल्याव व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ ।
ताप्ली गाउँपालिकामा ४ं मध्ये एउटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र ंदुई वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि विद्यालय छनौटमा परेको छ ।

त्रियुगा नगरपालिकामा ६ वटा मध्ये दुई वटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र तीन वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि छनौटमा परेको छ ।
बेलका नगरपालिकामा ४ वटा मध्ये दुई वटामा आइसिटी ल्याब व्यवस्थापन र एक÷एक वटा विद्यालयमा चार कोटे र दुई कोठे भवन निर्माणका लागि छनौट भएको छ ।
यस्तै रौतामाई गाउँपालिकामा एक÷एक वटामा चार कोठे र दुई कोठे भवन निर्माण र दुई वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि दुई विद्यालय छनौटमा परेको छ । लिम्चुङबुङ गाउँपालिकामा दुई वटा विद्यालयमा चार कोठे भवन, एउटामा दुई कोठे भवन र दुई वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि छनौट भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकाे छनौटमा परेका विद्यालयहरु

The post राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित) appeared first on Nagarik Bahas.

]]>