विश्व – Nagarik Bahas https://nagarikbahas.com . Mon, 31 Jan 2022 00:04:15 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने https://nagarikbahas.com/archives/17560 Sun, 30 Jan 2022 23:56:28 +0000 http://nagarikbahas.com/?p=17560 उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज (सोमबार) बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ । कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार...

The post त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज (सोमबार) बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ ।

कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएकोमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए । विद्यार्थीहरुलाई कोरोना विरुद्धको दोस्रो डोजको खोप माघ १६ गतेदेखि माघ २० गतेसम्म अभियानको रुपमा सञ्चालन हुने क्रममा रहेकोले आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार आज (सोमबार) बाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी गराई सूचारु गर्न निर्देशन दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख राउतले जानकारी दिए ।

जन स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गरी बालबालिकाहरुलाई कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाउने अभियानमा सहयोग, समन्वय र सहजिकरण गर्न, विद्यालय तहमा बालबालिकाहरुको पठनपाठन भौतिक रुपमा सञ्चालन गर्ने सन्दर्भमा तोकिएको मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय क्षेत्र भित्रका सरोकारवालाहरुको बैठक बोलाई वि.व्य.स.ले आवश्यक परिस्थितिको विश्लेषण गरी विद्यालय खोल्ने सम्बन्धमा निर्णय गर्ने र सो को जानकारी लिखित रुपमा नगरपालिकालाई पठाउने भनि निर्णय भएको छ ।
त्रियुगा नगरपालिका अन्तर्गतका १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको दोस्रो डोज लगाउँदै छ ।

 

The post त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने appeared first on Nagarik Bahas.

]]>
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो https://nagarikbahas.com/archives/14574 Tue, 08 Dec 2020 08:53:58 +0000 http://nagarikbahas.com/?p=14574 काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । यस अघि सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो । उचाइ मापन भने नेपाल र...

The post सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । यस अघि सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

The post सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो appeared first on Nagarik Bahas.

]]>
जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती https://nagarikbahas.com/archives/14333 Tue, 17 Nov 2020 12:41:06 +0000 http://nagarikbahas.com/?p=14333 काठमाडौं । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । “अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी...

The post जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

“अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् ।

ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् । आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने, “पक्कै पनि, अहिले कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।”

उनले, “विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।”

उनले, “ आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् ।”

कोभिड–१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन् तर दुर्भाग्यको कुरा “जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन ।

उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने बताए ।

The post जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती appeared first on Nagarik Bahas.

]]>
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ https://nagarikbahas.com/archives/14200 Wed, 04 Nov 2020 05:47:09 +0000 http://nagarikbahas.com/?p=14200 काठमाडौँ । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले बुधबार विहानै पक्राउ गरेको हो । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो । मुम्बई प्रहरीले गोस्वामीलाई ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइएको छ ।...

The post भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ appeared first on Nagarik Bahas.

]]>
काठमाडौँ । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले बुधबार विहानै पक्राउ गरेको हो ।

सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

मुम्बई प्रहरीले गोस्वामीलाई ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइएको छ । अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ।२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उनले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ।

The post भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ appeared first on Nagarik Bahas.

]]>
अमेरिकी डीभी आवेदन खुल्यो https://nagarikbahas.com/archives/13827 Thu, 08 Oct 2020 00:50:38 +0000 http://nagarikbahas.com/?p=13827 काठमाडौं । कोरोना कहरकाबीच २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिएको जनाएको छ । अमेरिका लगायत विश्वका अधिकांश मुलुक कोरोना महामारीबाट प्रभावित भैरहेको बेला यस वर्षको डीभी खुल्ने नखुल्ने भन्ने अन्यौलमा सर्वसाधारण रहेका...

The post अमेरिकी डीभी आवेदन खुल्यो appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । कोरोना कहरकाबीच २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ला गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिएको जनाएको छ ।
अमेरिका लगायत विश्वका अधिकांश मुलुक कोरोना महामारीबाट प्रभावित भैरहेको बेला यस वर्षको डीभी खुल्ने नखुल्ने भन्ने अन्यौलमा सर्वसाधारण रहेका थिए ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

The post अमेरिकी डीभी आवेदन खुल्यो appeared first on Nagarik Bahas.

]]>
श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु https://nagarikbahas.com/archives/13718 Sat, 03 Oct 2020 03:32:10 +0000 http://nagarikbahas.com/?p=13718 एजेन्सी । श्रीलङ्कामा मुसे ज्वरो संक्रमण फैलिएको छ । सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा...

The post श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु appeared first on Nagarik Bahas.

]]>
एजेन्सी । श्रीलङ्कामा मुसे ज्वरो संक्रमण फैलिएको छ । सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।

देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देखिएको छ ।

यो वर्ष मुसे ज्वरोको सङ्क्रमण रत्नपुरामा एक हजार ३०० भन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २०० भन्दा बढी बिरामीहरू भेटिएका छन् । त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २०० भन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन् ।

सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए । खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए ।

चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् । यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ ।

The post श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु appeared first on Nagarik Bahas.

]]>
दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव https://nagarikbahas.com/archives/13704 Fri, 02 Oct 2020 05:32:17 +0000 http://nagarikbahas.com/?p=13704 भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्‍यो। हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो। प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा राहुलमाथि हातपात भएको हो।...

The post दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव appeared first on Nagarik Bahas.

]]>
भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्‍यो।

हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो।

प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा राहुलमाथि हातपात भएको हो। प्रहरीले धकेल्दा राहुल भुइँमा लडेका थिए। उनलाई प्रहरीले अहिले हिरासतमा लिएको छ।

हाथरसमा के भएको थियो?

उत्तर प्रदेशको हाथरसमा गत सेप्टेम्बर १४ मा २० वर्षीया दलित युवती  घाँस काट्न गएकी थिइन्। धेरै समयसम्म उनी नफर्किएपछि आमाले खोजी गरेकी थिइन्। उनले छोरीलाई बोलाइन्, बेस्सरी चिच्याइन्।

एकछिन पछि बारीमा उनी विक्षिप्त अवस्थामा भेटिइन्। उनको शरीरमा लुगा थिएन। मुखबाट रगत आइरहेको थियो। चोटले उनी चल्न सक्ने अवस्थामा थिइनन्। उनको गुप्ताङ्गबाट पनि रगत बगिरहेको थियो।

बोल्न नसक्ने अवस्थामा रहेकी युवतीलाई स्थानीय अस्पतालमा भर्ना गरियो। त्यहाँ उपचार सम्भव नभएपछि अलिगढ मेडिकल कलेजमा रेफर गरियो। भेन्टिलेटरमा राखेर उपचार थालियो।

आफन्तले प्रहरीलाई खबर गरे। प्रहरीले सुरूमा बलात्कारको उजुरी दर्ता गर्न मानेन, हत्या गर्न प्रयास गरेको मुद्दामा अनुसन्धान थाल्यो।

सात दिनपछि युवती बोल्न सक्ने अवस्थामा पुगिन्। उनले अस्पतालको बेडबाटै आफूलाई सामुहिक बलात्कार भएको बयान दिइन्। त्यसपछि प्रहरीले मुद्दामा बलात्कार थप्यो। तर १० दिनसम्म कसैलाई पक्राउ गरेन।

ती युवतीको चार ठाउँमा हड्डी भाँचिएको थियो। मस्तिष्कमा पनि चोट देखिएको थियो। अलिगढ मेडिकल कलेजमा उनको उपचार सम्भव नभएपछि  दिल्लीको सफदरगन्ज अस्पतालमा भर्ना गरियो।

अस्पताल ल्याएको दुई दिन नबित्दै मंगलबार बिहान उनको मृत्यु भयो।

उनको मृत्युपछि प्रहरीले गरेको व्यवहारले अहिले भारतमा आक्रोशको तरंग फैलाएको छ।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार ती युवतीको शव मंगलबार राति दिल्लीबाट एम्बुलेन्समा राखेर उनको गाउँमा ल्याइएको थियो।

तर प्रहरीले शव घरमा पुर्‍याउन दिएन। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा मृतक युवतीकी आमा छोरीको अनुहार अन्तिम पटक हेर्न पाउनु पर्ने भन्दै एम्बुलेन्सको बोनटमा घोप्टे परेर रोइरहेकी छन्।

परिवारका सदस्यले राति अन्तिम संस्कार नगर्न आग्रह गर्दा पनि प्रहरीले नमानेको आरोप लागेको छ।

‘म आफ्ना दाजुभाइ र  परिवारसँग सल्लाह गरेर छोरीको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गर्न चाहन्थें तर प्रहरीले दिएनन्,’ मृतकका बुवाले एनडिटिभीलाई भनेका छन्,‘मध्यरातमा लिएर जलाइदिए।’

मिडिया रिपोर्टका अनुसार  मंगलबार राति  दुई बजेतिर उनको शव जलाइएको थियो। हाथरस प्रहरीले भने अन्तिम संस्कारमा उनका आफन्त आएको दाबी गरेको थियो तर आमाबुवा र दाजुभाइ आएका थिए भनेर एकिन भन्न सकेको छैन।

बलात्कारमा परेकी युवतीबारे सुरूमा राम्ररी अनुसन्धान नगरेको र  मृत्युपछि पनि मध्य रातमा शव जलाइदिएपछि प्रहरीले घटनालाई दबाउन खोजेको भन्दै रोष प्रकट भइरहेको छ।

कंग्रेस अध्यक्ष सोनिया गान्धीले मरेपछि पनि ती युवतीमाथि अन्याय भएको बताएकी छन्।

‘मरेपछि पनि मान्छेको एउटा गरिमा हुन्छ।  हाम्रो हिन्दु धर्मले त्यसबारेमा भन्छ। तर ती युवतीलाई अनाथको जसरी प्रहरीको बलका आडका जलाइयो,’ सोनियाले भनेकी छन्।

परिवारको सहमति बिना शव जलाइएकोमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगले पनि उत्तर प्रदेश प्रहरीलाई  नोटिस पठाएको छ।  मानव अधिकार आयोगले यसबारे चार हप्ताभित्र जवाफ दिन भनेको छ।

घटनापछि बलिउडका कलाकारले पनि युवतीमाथि अन्याय भएको भन्दै ट्वीट गरेका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्रीहरू  मायावती र अखिलेश यादवले पनि घटनाको विरोध गरेका छन्।

यसैबीच घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू चारै जना उच्च जातका भएको सञ्चारमाध्यमले जनाएका छन्।

The post दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव appeared first on Nagarik Bahas.

]]>
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा https://nagarikbahas.com/archives/13701 Fri, 02 Oct 2020 05:30:17 +0000 http://nagarikbahas.com/?p=13701 असोज १६, २०७७ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।  ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र...

The post अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा appeared first on Nagarik Bahas.

]]>
असोज १६, २०७७ |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।  ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए।

उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्।  उनीहरू दुवै हाल क्वारेन्टिनमा छन्। जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।   अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसले कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाइ सकेका छन्।

The post अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा appeared first on Nagarik Bahas.

]]>
सिमा समस्या न सुल्झाई लाप्चाबाट फर्कियो सीमास्तम्भ खोजी टोली https://nagarikbahas.com/archives/13542 Wed, 23 Sep 2020 01:58:05 +0000 http://nagarikbahas.com/?p=13542 हुम्ला — नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो । नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा...

The post सिमा समस्या न सुल्झाई लाप्चाबाट फर्कियो सीमास्तम्भ खोजी टोली appeared first on Nagarik Bahas.

]]>
हुम्ला — नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।

नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो । टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न भनेका थिए ।

करिब डेढ घण्टा कुरेपछि चार जना चिनियाँ अधिकारी आएका थिए । ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन (सीमारेखा) मा बसौंला भनेर माइकिङ गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ उनका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए ।

ललुङजोङमा चीनले सानाठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।

चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्थे । लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ । तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर बनाएको थियो । अहिले थप ९ वटा बनेका छन् । एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए । ‘खासमा त्यो ठाउँ दुवैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे (नेपाली) लाई त्यहाँ जान रोक लगाइएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’

हिल्सातिर गएको टोली फर्केको छैन । सहायक प्रजिअ दत्तराज हमालले छिटोमा बुधबार साँझसम्म टोली फर्किने बताए । उनले स्तम्भ हराएको र ललुङजोङमा चीनले घर बनाएको गुनासो आएपछि टोली त्यसतर्फ गएको बताए । ‘कति स्तम्भ कहाँ–कहाँ छन् भन्नेबारे टोली फर्किएपछि थाहा हुन्छ,’ उनले भने ।

नेपाल–चीन सीमाअन्तर्गत हुम्ला क्षेत्रमा मात्र १२ स्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

The post सिमा समस्या न सुल्झाई लाप्चाबाट फर्कियो सीमास्तम्भ खोजी टोली appeared first on Nagarik Bahas.

]]>
अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ https://nagarikbahas.com/archives/13318 Sun, 30 Aug 2020 03:48:19 +0000 http://nagarikbahas.com/?p=13318 पत्रपत्रिकाबाट /नागरिक बहस प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि...

The post अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ appeared first on Nagarik Bahas.

]]>
पत्रपत्रिकाबाट /नागरिक बहस

प्रक्षेपण १
अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ।

प्रक्षेपण २
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।

प्रक्षेपण ३
नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर (असार १७ देखि भदौ १५ गतेसम्म) प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर (साउन १७ देखि कात्तिक १५ सम्म) संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डे अक्सफोर्डको प्रक्षेपण गलत रहेको दाबी गर्छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको बेला यस्ता भ्रम फैलिरहन्छन्। यस्ता हल्ला र भ्रमको विश्वास गर्नु आवश्यक छैन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

The post अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ appeared first on Nagarik Bahas.

]]>