विकास/समृद्धि – Nagarik Bahas https://nagarikbahas.com . Sun, 06 Jul 2025 02:11:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने https://nagarikbahas.com/archives/19973 Sun, 06 Jul 2025 02:11:55 +0000 https://nagarikbahas.com/?p=19973 उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्य समितिको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध अध्यक्ष भएका छन् । संघको अध्यक्षमा भगतले बाहेक अरु कसैले पनि उम्मेदबार नदिइएकोले उनी अध्यक्षमा निर्विरोध भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदबारी परेको छ । निर्वतमान उपाध्यक्ष सुनिल कुमार महत्तो र संघका सदस्य...

The post जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने appeared first on Nagarik Bahas.

]]>

उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्य समितिको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध अध्यक्ष भएका छन् । संघको अध्यक्षमा भगतले बाहेक अरु कसैले पनि उम्मेदबार नदिइएकोले उनी अध्यक्षमा निर्विरोध भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदबारी परेको छ । निर्वतमान उपाध्यक्ष सुनिल कुमार महत्तो र संघका सदस्य तथा मेला महोत्सव समितिका संयोजक प्रदिप देउजाको उम्मेदबारी परेको छ । दावी विरोध र नाम फिर्ता लिने समय सकिएकोले उक्त पदमा असार २२ गते आइतबार बेलुका ३ बजेदेखि ५ बजेसम्मको लागि निर्वाचन हुने कार्य तालिका सार्वजनिक गरेको निर्वाचन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता शुकराम श्रेष्ठले जानकारी दिए ।

यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा पंकज गुप्ता, उद्योग तर्फको उपाध्यक्षमा सौगात खतिवडा, एशोसिएटस् तर्फको उपाध्यक्षमा क्षेत्र बहादुर खड्का निर्विरोध भएका छन् ।

महासचिवमा पुनः सुनिल साह दोहोरिएका छन् भने सचिवमा तिलक बहादुर श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश चन्द्र मिश्र पनि निर्विरोध भएका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ दशरथ प्रसाद साह, बासु थापा, प्रदीप कुमार कार्की, राकेश चौधरी, सुनिल कुमार चौधरी पनि निर्विरोध भएका छन भने महिला सदस्यहरुमा दुर्गा श्रेष्ठ चौधरी र विन्दा कुमारी राउत निर्विरोध भएको निर्वाचन समितिका अध्यक्ष श्रेष्ठले जानकरी दिए ।

विद्यानत आठवटै पालिकाबाट १–१ जान सदस्य रहेन छन् । सो सदस्य पालिकाको चेम्बरहरुले पठाएको सदस्यको प्रतिनिधि जिल्ला कार्य समितिको सदस्य हुने छन् । कटारी चेम्बर अफ कर्मश शाखाबाट सदस्यमा टेकराज निरौलालाई पठाएको छ भने रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ, चौदण्डीगढी नपा र बेलका नपाबाट १–१ जना सदस्य पठाउने छन् भने ३ जना कार्य समितिको बैठकले मनोनयन गरेपछि कमिटिले पूर्णतमा पाउनेछन् ।e

 

The post जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने appeared first on Nagarik Bahas.

]]>
राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट https://nagarikbahas.com/archives/19967 Sat, 05 Jul 2025 15:48:16 +0000 https://nagarikbahas.com/?p=19967 उदयपुर ।  पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् । जिल्ला उधोग बाणिज्य...

The post राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट appeared first on Nagarik Bahas.

]]>
उदयपुर ।  पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार गाईघाट आई पुगेका सभामुख विष्टले नैतिकवान राजनीतिज्ञको अभाव औल्याएका थिए । आयात र निर्यातमा भिन्नताले देशभित्रको उत्पादन निरुत्साहित हुने खतरा बढेको विष्टले बताए । स्थानीय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात मात्र एकोहोरो उच्च बिन्दुमा देखिनु मुलुकका लागि अर्थतन्त्र धरासयी हुनु जस्तै भएको प्रस्ट पारेका थिए ।

आर्थिक अबस्था दयनीय बन्दै गएको बताउदै उनले भूकम्पपछि कोरोनाको कारण खस्किएको ब्यापार व्यवसाय र अर्थतन्त्रमा गम्भीर असर पुग्ने गरी केही बैंक तथा बित्तिय संस्थाहरुले सर्वसाधरण जनताको ढाँड सेक्ने गरी चर्को व्याजदरले झनै आर्थिक पाटो तहसनहस बनाएको उनको आरोप छ । सभामुख बिष्टले भने,’देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य बस्तु पनि आयात गर्नु पर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।’

यस्तै सभामुख विष्टले आगामी आर्थिक वर्षको लागि जिल्ला उद्योग वाणिज्य संघको भवनको लागि पहल गर्न अनुरोध गरेका थिए । सभामुख विष्टले प्रक्रिया पुर्याएर ल्याएरमा आफुले संघको भवनको लागि बजेट समेत विनियोजन गर्ने आश्वासन दिनु भएको छ ।

ब्रम्हकुमारी राजयोग केन्द्र उदयपुरको सभाहलमा आयोजित अधिवेशनपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

The post राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट appeared first on Nagarik Bahas.

]]>
उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय https://nagarikbahas.com/archives/19943 Tue, 24 Jun 2025 16:21:07 +0000 https://nagarikbahas.com/?p=19943 उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी बर्षको लागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपप्रमुख जीतबहादुर खड्काले मंगलबार गाउँपालिकाको १९ औं  गाउँपालिकाको गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार...

The post उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी बर्षको लागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका उपप्रमुख जीतबहादुर खड्काले मंगलबार गाउँपालिकाको १९ औं  गाउँपालिकाको गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार ८६४ रुपैया र पुँजीगत तर्फ २६ करोड ९० लाख १९ हजार १६७ रुपैया बिनियोजित गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बजेटमा भौतिक पुर्बधार र खानेपानीमा बढी महत्त्व दिइएको बताए । गाउँपालिकामा सडक बाटो र स्थानियलाई पिउने पानीको समस्या रहेकोेले उक्त क्षेत्रमा बढी बजेट बिनियोजित गरिएको उनले बताए ।

The post उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय appeared first on Nagarik Bahas.

]]>
त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट https://nagarikbahas.com/archives/19935 Tue, 24 Jun 2025 14:31:38 +0000 https://nagarikbahas.com/?p=19935 उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले...

The post त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले उक्त बजेट प्रस्तुत गरेका हुन् । त्रियुगाको चालु आवमा दुई अर्व १५ करोड ७१ लाख ५७ हजार को बजेट विनियोजन गरिएकोमा आगामी बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ ।

त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा चालु तर्फको आन्तरिक आयबाट १६ करोड १९ लाख ९५ हजार, संघिय राजश्व बाँडफाँड वापत २० करोड ८९ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ९१ लाख, सशर्त अनुदान तर्फ ८५ करोड ९० लाख र समपुरक अनुदान तर्फ ९० लाख प्राप्त गर्ने अनुमानित गरेको छ ।

यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान दुई करोड ४ लाख एक हजार, सवारी साधन कर वापत १६ करोड ९० लाख चार हजार, सशर्त अनुदान तर्फ ३ करोड १६ लाख ५९ हजार र समपुरक अनुदान तर्फ ७५ लाखको आगामी अनुमानित बजेट प्रस्तुत गरेको छ । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ ।

नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ । यस्तै उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहाने विद्यार्थीलाई पूर्ण छात्रवृति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई निशुल्क आँखा जांच तथा शल्यक्रिया, निशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई घरमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निशुल्क श्रमिक विमा गर्ने नीति रहेको छ ।यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायीक बिद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक बिद्यालयलाई महिला मैत्री बिद्यालय स्थापना गर्ने, बिद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र बिद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि वालवालिकाको नेतृत्व बिकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सिमान्तकृत असाहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

त्रियुगा नगरबासीको सम्मान युक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

The post त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? https://nagarikbahas.com/archives/19928 Sun, 22 Jun 2025 15:44:24 +0000 https://nagarikbahas.com/?p=19928 उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा...

The post त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा ३८ करोड ३१ लाखले घटेको हो ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाउने गरेको छ । आगामी आवमा त्रियुगा नगरपालिकाको चालु तर्फ ७६ करोड ४२ लाख र पुँजीगत तर्फ ३२ करोड २९ लाख गरी १ अर्व ८ करोड ७१ पाउने भएको छ ।

आगामी बजेटमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ४ अर्ब २२ करोड २२ लाख बजेट पाएका छन् । चालु तर्फ ३ अर्व ४५ करोड ४ लाख र पुँजीगत प्रकृति तर्फ ७७ करोड १८ लाख गरी ४ अर्व २२ करोड २२ लाख बजेट विनियोजन भएको छ ।

कटारी नगरपालिकाको लागि संघिय सरकारले चालु तर्फ ५३ करोड ५३ लाख र पुँजीगत तर्फ ३ करोड २७ लाख गरी कुल ५६ करोड ८० लाख बजेट छुट्याइएको छ । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।

चौदण्डीगढी नगरपालिकामा चालु तर्फ ४८ करोड ७ लाख र पुँजीगत तर्फ ७ करोड ६ लाख गरी ५५ करोड १३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ५८ लाखले बढी हो । बेलका नगरपालिकामा चालु तर्फ ४३ करोड ५७ लाख र पुँजीगत तर्फ ७ करो २६ लाख गरी ५० करोड ८३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।

यस्तै उदयपुरगढी गाउँपालिकामा चालु तर्फ ४० करोड ११ लाख र पुँजीगत तर्फ ८ करो ७७ लाख गरी ४८ करोड ८८ लाख बजेट पाउने भएको छ । चालु आवको तुलनामा २९ लाखले मात्रै बढी आगामी वर्षको लागि विनियोजन भएको छ ।

भने ताप्ली गाउँपालिकामा चालु तर्फ २५ करोड २ लाख र पुँजीगत तर्फ ४ करोड ५९ लाख बजेट संघिय सरकारबाट पाउनेछन् । चालु आवको तुलनामा आगामी आव ३ करोड ३१ लाखले बढी बजेट पाएको छ ।

रौतामाई गाउँपालिकामा संघिय सरकारबाट चालु तर्फ ३६ करोड ९० लाख र पुँजीगत तर्फ ११ करोड ३९ लाख गरी ४८ करोड २९ लाख बजेट पाउनेछन् । चालु आवको तुलनामा आगामी अवमा ७ करोड ९८ लाख बढी बजेट पाउने छन् ।

लिम्चुङबुङ गाउँपालिकाको बजेट २३ करोड ९७ लाख संघिय सरकारबाट पाउने छन जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख खर्च गर्न पाउने छन भने पुँजीगत तर्फ २ करोड ५५ लाख खर्च गर्र्न पाउने छन् । चालु आवको तुलनामा आगामी आवमा २ करोड बढी बजेट पाउने छन् ।

The post त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ? appeared first on Nagarik Bahas.

]]>
चौदण्डीगढीमा सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गर्दै गरेकोमा जिल्ला प्रशासनको रोक https://nagarikbahas.com/archives/19887 Sat, 03 May 2025 01:26:38 +0000 http://nagarikbahas.com/?p=19887 उदयपुर, वैशाख २०/ चौदण्डीगढी नगरपालिकाले सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गरेको स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले रोक्न निर्देशन दिइएको छ । नगरपालिकाले नियम विपरित ठेक्का लगाएर अवैध रुपमा ढुँगा, गिट्टी र बालुवाको उत्खन्न र निकासी गर्दै आएको कार्य तत्काललाई रोकिएको छ । नगरपालिकाकाले साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सन प्रा.लि. मार्फत एसियन हाइवेका नाममा मापदण्ड विपरित...

The post चौदण्डीगढीमा सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गर्दै गरेकोमा जिल्ला प्रशासनको रोक appeared first on Nagarik Bahas.

]]>
उदयपुर, वैशाख २०/ चौदण्डीगढी नगरपालिकाले सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गरेको स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले रोक्न निर्देशन दिइएको छ । नगरपालिकाले नियम विपरित ठेक्का लगाएर अवैध रुपमा ढुँगा, गिट्टी र बालुवाको उत्खन्न र निकासी गर्दै आएको कार्य तत्काललाई रोकिएको छ ।

नगरपालिकाकाले साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सन प्रा.लि. मार्फत एसियन हाइवेका नाममा मापदण्ड विपरित उत्खन्न गरि विक्री वितरण गरिरहेको ढुँगा, गिट्टी र बालुवा रोकिएको हो ।

स्थानीयको विरोधपछि नगरपालिकाकाले चौदण्डीगढी वडा नम्वर २ र ४ मा रहेको स्थानीय लामा खोला र माडीबास खोलामा ठेक्का लगाई उत्खन्न गरी विक्री गरिरहेको ढुँगा, गिट्टी र बालुवा शुक्रबारबाट पूर्णरुपमा रोकिएको हो । सोही क्षेत्रका स्थानीयले अवैध रुपमा सरकारी मापदण्ड विपरीत उत्खन्न कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा शुक्रबार तत्काल निकासी रोक्नको लागि ज्ञापन पत्र बुझाएको थियो ।

नगरपालिकाले ढुँगा, गिट्टी र बालुवा उत्खन्न बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधि लगायत विभिन्न ऐन विपरित रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।

ज्ञापन पत्र बुझे लगतै जिल्ला समन्वय समिति प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल र डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत पुन्य प्रसाद पौडेल सहितको प्राविधिक टोलीले अनुगमन गरेर उक्त कार्य रोक्न निर्देशन दिइएको छ ।

उत्खन्न स्थलमा अनुगमन पुग्नु अघिमात्रै चौदण्डीगढी नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वन लगायतले हतारहतार सूचना पाटी झुण्डाउँदै : फोटो नागरिक बहस डट कम

उत्खन्न स्थलमा अनुगमन पुग्नु अघिमात्रै चौदण्डीगढी नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वन लगायतले हतारहतार सूचना पाटी टाँगेका थिए । उत्खन्न क्षेत्रमा मापदण्ड विपरित बढी खनिएको ठाउँको जग्गा पुनः डोजर लगाएर सम्याएको थियो । उत्खन्न गर्ने कानुनी प्रक्रियाको डकुमेन्ट नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए ।

वनले डकुमेन्ट देखाउन नसेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने र पछि निर्णय लिने बताए । उनले भने, ‘स्थानीयले सामुदायिक वन र खोलाको जग्गा भनेको छ भने नगरपालिकाले लालपुर्जा भएको जग्गामा उत्खन्न गरेकोले यहाँ तालमेल मिलेको देखिदैन, तत्काल यहाँ केही नगर्न नगरपालिका र प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ । हाम्रो प्राविधिक टोलीले प्राविधिक प्रतिवेदन दिन्छ । जुन कानुनी प्रक्रिया पुरा गरिएको भनिएको छ । त्यो एक कपी हामी पनि मगाएका छौ र जिल्ला समन्वय समितिमा हामी छलफल गरेर मात्र निर्णय लिन्छौँ ।’

नगरपालिकाले चौनपा २ र ४ पर्ने खोलाबाट नम्वरी र नीजि जग्गाको ग्राभेल ढुँगा बिक्री निकासीको लागि प्रारम्भिक वातावरणीय परीक्षण २०८१÷२०८२ बमोजिम गएको वैशाख ७ गतेदेखि साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । त्यसपछि स्थानीयहरुले विरोध गर्दै आएका थिए । निजी नम्वर जग्गाबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिएको भनिए पनि कानुनी प्रक्रिया प्रष्ट खुल्ने कुनै पनि डकुमेन्ट नदेखिएकाले तत्काल रोक्नको लागि निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले जानकारी दिए ।

माडीबास र लामा खोलाबाट साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सनले ढुँगा, गिट्टी र बालुवा उत्खन्न गरी जिल्ला बाहिर निकासी गर्दै आएको थियो । त्यसमा चौनपा ४ लामा खोला किनारमा रहेका सात घर परिवारको जग्गामा उत्खन्न गरिएको छ । ति सात घरको जग्गाबाट १० हजार पाँसय ५१ घनमिटर नगरपालिकाले स्विकृत गर्ने भनिए पनि हाल नौ हजार एकसय ६० घनमिटर ढुँगा, गिट्टी र बालुवा उत्खन्न स्विकृत दिएको कागजात मात्र नगरपालिकासँग भएको नगरपालिका राजश्व शाखा प्रमुख वनले देखाएका थिए । यता माडीबास खोलाको कार्यालयमा भएको बताएका थिए । अनुगमन टोलीसँग राजस्व शाखा प्रमुख रहेका वनले भने, ‘सबै डकुमेन्ट नगरपालिकाको कार्यालय बेल्टारमा छ । यहाँ ल्याउन भुलेछु ।’

यता त्यही लामा खोलाको नम्वरी नीजि जग्गा भनिएका स्थानीयहरुको उपस्थिति थिएनन् । उक्त उत्खन्नको विरोध गर्दै सर्घष समिति बनाएर ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पुष्पराज सुवेदीले उत्खन्न कार्य नै अवैधानिक भएकाले विरोध गर्नु परेको बताए । उनले भने, ‘जथाभाबी खनिएको छ । नम्वरी भए पनि प्रष्ट छैन । वन, खोला क्षेत्रमा खनिएको छ । खेलमा आउने कुलो हराएको छ । त्यही भएकाले विरोध गरेका हौँ । अव अनुगमन टोलीले एउटा निष्र्कष दिन्छ भन्ने लागेको छ ।’

यस विषयमा चौदण्डी नगरपालिकाका मेयर कालुमान लामासँगको भेटमा कुनै पनि प्रक्रिया दिन चाहेनन् । उत्खन्नको विषयमा नबोल्ने मेयर लामाले बताए ।

The post चौदण्डीगढीमा सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गर्दै गरेकोमा जिल्ला प्रशासनको रोक appeared first on Nagarik Bahas.

]]>
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र https://nagarikbahas.com/archives/19874 Fri, 04 Oct 2024 13:26:54 +0000 http://nagarikbahas.com/?p=19874 उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ । नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक...

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा त्रियुगा नगरपालिकाले आफैले बनाएको ऐन कानुन विपरित नदीजन्य पदार्थको उत्खननमा रोक लगाउदा नगर भित्र भइरहेको भौतिक पुर्वाधार तथा व्यक्तिगत निर्माणमा असर पुगेको भन्दै खुलाउन माग गरेको छ ।

नगरपालिकाले असोजको तेस्रो साता वित्न लाग्दा पनि नदीजन्य उत्खनन फुकुवा गर्नु पर्नेमा नगरेका कारण भौतिक निर्माणमा खटिने सिकर्मी, डकर्मी, ढुंगा, गिटी, बालुवा ब्यबसाय गर्ने तथा यस संग सम्बन्धित मजदुर तथा ट्रयाक्टर, टिफर ब्यबसायीको अबस्था दिनदिनै दयनिय बनेको भन्दै यथासिघ्र नदिजन्य पदार्थमा लगाइएको रोक हटाउन नेकपा एसले माग गरेको छ ।

नदीजन्य पदार्थको आपूर्तिकालागि खोलामा भएको सामाग्रीको संकलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । नजिकैको नदी जन्य पदार्थ ल्याउन संकलन गर्न सकेमा कम खर्च लाग्ने, सस्तोमा सामान पाइने भएकोले उत्खनन खुला गर्नु उचित हुन्छ । तर बातावरण संरक्षण गर्ने, नदीको दोहन रोक्ने, नदीजन्य विपद्लाई न्यूनीकरण गर्ने नाममा नदीजन्य उत्खनन रोक्नु गरिब मजदुरको मुखबाट माड खोस्नु हो र यो कार्यको समर्थन गर्न नसकिने भएकोले चाडपर्वको मुखमा दैनिक नदीजन्य उत्खननको काम गरेर गुजारा गर्ने मजदुरहरुकोलागि उत्खनन कार्य फुकुवा गरेर सहज वातावरणमा बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन अनुरोध गरिएको छ ।

उक्त ज्ञापनपत्रमा नदीजन्य उत्खननको काममा मजदुरहरुले फर्कन नपाउने हो भने आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार नगरपालिका नै हुने उल्लेख गरिएको छ ।

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना https://nagarikbahas.com/archives/19867 Fri, 04 Oct 2024 13:20:22 +0000 http://nagarikbahas.com/?p=19867 उदयपुर । उदयपुर सिमेन्ट उधोगको किल बोकेर ल्याउँदै गरेको भारतीय ट्रेलर चुरे जंगलमा दुर्घटना भएको छ । भारतको कलकत्ताबाट २ वटा सेल “किल” बोकेर आउदै गरेको CG07AA9207 नम्बरको ट्रेलर कदमाहा– गाईघाट सडक खण्डको चुरे जंगलको मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । एक मोटर साइकललाई साइड दिने क्रममा सो ट्रेलर सडक छेउमा पुग्दा भासिएर दुर्घटना...

The post उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुर सिमेन्ट उधोगको किल बोकेर ल्याउँदै गरेको भारतीय ट्रेलर चुरे जंगलमा दुर्घटना भएको छ ।
भारतको कलकत्ताबाट २ वटा सेल “किल” बोकेर आउदै गरेको CG07AA9207 नम्बरको ट्रेलर कदमाहा– गाईघाट सडक खण्डको चुरे जंगलको मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक मोटर साइकललाई साइड दिने क्रममा सो ट्रेलर सडक छेउमा पुग्दा भासिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रेलरमा लोड गरिएको दुई थान किल सडकमा झरेर भाचिएको तर कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
भारतको कलकत्ताबाट आएको उक्त ट्रेलर प्रहरीले दुई दिन देखि लालपत्तामा रोकेर राखेको थियो । दुई वटा ट्रेलर मध्ये विहिबार १ थान किल मिल आएको र अर्को दुई थान आउने क्रममा शुक्रबार ९ः३० बजे दुर्घटना भएको थियो । करिव ६ करोड मुल्य बराबरको उक्त किल टेन्डर मार्फत काठमाडौ स्थित टेक्निकल सोलुसन प्रा.लि.ले उद्योगको लागि भारतबाट खरिद गरि ल्याएको थियो ।

The post उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना appeared first on Nagarik Bahas.

]]>
६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित https://nagarikbahas.com/archives/19815 Tue, 10 Sep 2024 00:52:08 +0000 https://nagarikbahas.com/?p=19815 उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति...

The post ६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित appeared first on Nagarik Bahas.

]]>
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ ।
बरुवा क्याम्पसको नाममा जग्गा कायम गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्री परिषदमा लैजानका लागि त्रियुगा नगरपालिका वडा नं. १२ को कार्यालयलाई चार किल्ला प्रमाणित गर्न दिइएको निवेदन आज भोलि भन्दा भन्दै ६ महिना वितिसक्दा पनि प्रमाणित हुन नसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।

बरुवा क्याम्पसले ३ विगहा ९ कठ्ठा भित्र जग्गा भित्र आर.सि.सी.का ठूला ठूला भवनहरु निर्माधिन अवस्थामा रहेको छन् । त्रियुगा नगरपालिका १२ स्थित अव्यवस्थित बसोबास आयोगद्वारा नाप जाँच गरी कित्ता नम्बर १००२ कायम भई आम्दानी रसिद नगरपालिको बाँधि कार्य प्रारम्भ भएता पनि उक्त जग्गाको त्रियुगा नगरपालिकाले दर्ता प्रक्रिया अगाडि नबढाउँदा क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई भएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।
क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाई हुँदा लालपुर्जा नभएको कारणले विश्व विद्यालय अनुदान आयोगबाट करोडौ रुपैयाको भौतिक पूर्वाधार अनुदान प्राप्त गर्न नसकिएको र हालसालै क्याम्पस परिसरको जग्गा त्रियुगा नगरपालिकाले आफुखुशी मनोमानी वितरण गर्न खोजेको अवस्था प्रति क्याम्पस परिवार गम्भिर भएको विज्ञप्तीमा जनाएको छ ।

भविष्यमा विज्ञान संकाय तथा प्राविधिक धारको ईन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत भएपनि क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा अनुदान तथा संकाय व्यवस्थापनमा समस्या परेको अध्यक्ष चौधरीले बताए ।

क्याम्पसको पश्चिम तर्फबाट बगिरहेको सडक नाली विगत वर्षमा त्रियुगा खोलामा निकास भईरहेकोमा गत आव. २०७९÷८० देखि क्याम्पसको वातावरणलाई प्रतिकुल असर पर्ने गरी पानी बगिरहेको नाली भत्काई प्रदुषित फोहोर पानी क्याम्पस परिसरबाट बग्दा करिव ५ सय विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको देखिन्छ । शैक्षिक संस्था प्रति गरिएको यस्तो निन्दनीय कार्यको घोर भत्र्सना गर्दछ विज्ञप्तीमा जनाएको छ ।
समास्याको सामाधानको लागि १ महिनाको समयावधि दिने र सो पश्चात पनि उक्त समस्याको समाधान नभएमा सम्बन्धित पक्ष मिलि चरणवद्ध आन्दोलन सशक्त बनाई अन्य सम्बन्धित निकायहरुलाई समेत ध्यानाकर्षण गराउने विज्ञप्तीमा उल्लेख छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ मा बरुवा क्याम्पसको जग्गा ३ विगहा ९ कठ्ठा रहेको र त्यसमा क्याम्पसको कच्ची र पक्की गरि ५ भवन रहेको जनाएको छ । क्याम्पसको भवन मध्ये १५ वटा कक्षा कोठा रहेको जनाएको छ । क्याम्पसको ३ विगहा ९ कठ्ठा जग्गामा कोशी प्रदेश सरकारले तारबार घेरा गर्न आर्थिक सहयोग गरि तारजाली लगाई भवन निर्माण तथा खेलकुद मैदानका लागि समेत उपयोग गर्दै आएको विज्ञप्तीमा जनाएको छ ।

२०६६ सालदेखि स्नातक तहको पठन पाठन गराउँदै आएपनि २०७६ सालदेखि क्याम्पसले आफ्नै भवनहरुमा पठनपाठन गर्दै आएको छ । क्याम्पसमा अहिले करिव ५ सय विद्यार्थी अध्ययनरत रहेको छ ।

The post ६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकाको आगामी बजेट दुई अर्व १६ करोड https://nagarikbahas.com/archives/19807 Mon, 24 Jun 2024 00:48:09 +0000 http://nagarikbahas.com/?p=19807 उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि अनुमानित दुई अर्व १५ करोड ७१ लाख ५७ हजारको बजेट ल्याएको छ । शिक्षक सरुवा, विद्यालय घटुवाको विषयमा विवादले निर्धारित समय भन्दा ७ घण्टा ढिलो शुरु भएको १३ औं नगर सभामा उपमेयर महेश्वरी राईले २ अर्व १५ करोड ७१ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गरेकी...

The post त्रियुगा नगरपालिकाको आगामी बजेट दुई अर्व १६ करोड appeared first on Nagarik Bahas.

]]>
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि अनुमानित दुई अर्व १५ करोड ७१ लाख ५७ हजारको बजेट ल्याएको छ । शिक्षक सरुवा, विद्यालय घटुवाको विषयमा विवादले निर्धारित समय भन्दा ७ घण्टा ढिलो शुरु भएको १३ औं नगर सभामा उपमेयर महेश्वरी राईले २ अर्व १५ करोड ७१ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिईन् । चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट झण्डै ६८ करोड बजेट बढी हो ।
आगामी आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्च तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुजीगत तर्फ ६८ करोड ३६ लाख २ हजार बजेट बिनियोजित गरीएको छ ।
आगामी बर्षको लागि त्रियुगाले खर्च ब्यहोर्ने गरी स्रोतहरु मध्ये आन्तरिक राजस्व बाट १४ करोड ४५ लाख २० हजार, संघीय बित्तीय समानीकरण अनुदान हस्तान्तरण २० करोड ३५ लाख, समपुरक अनुदान १ करोड र विषेश अनुदान ३ करोड रहेको छ ।

यस्तै प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ३४ लाख ९८ हजार, समपुरक अनुदान १ करोड ३० लाख र राजश्व वाडफाँड २० करोड ३५ लाख रहेको छ ।

यस्तै खर्च पूर्वाधार विकास बजेट १ करोड १८ लाख विनियोजन गरेको छ भने प्रशासनिक खर्च १९ करोड ९१ लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकास अन्तर्गत (कृषि, पशु, सहकारी) ८५ लाख ५० हजार, सामाजिक विकास तर्फ २ करोड १४ लाख, वन, वातावरण, विपद् व्यवस्थापन तर्फ ५ लाख, संस्थागत क्षमता विकास तर्फ १३ लाख बजेट विनियोजन भएको छ । वडागत बजेटको सिलिङ ५० लाख रहेको छ ।

The post त्रियुगा नगरपालिकाको आगामी बजेट दुई अर्व १६ करोड appeared first on Nagarik Bahas.

]]>