राेचक – Nagarik Bahas https://nagarikbahas.com . Thu, 04 Nov 2021 14:23:17 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो https://nagarikbahas.com/archives/17077 Thu, 04 Nov 2021 14:23:17 +0000 http://nagarikbahas.com/?p=17077 अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइएका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर...

The post थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो appeared first on Nagarik Bahas.

]]>
अन्धन लक्ष्मी घर ढुक
दलिदर भूत बहार हो
अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइएका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन रहेको छ ।

तस्विर : भाष्कर चौधरीको फेसबुकबाट

आजै साँझ थारु समुदायले आ–आफ्नो घरमा सनपाटबाट दिउँसो हुक्के हुक्का तयार गरेर बेलुका चौर चौरहा वा दोवाटो, चौवाटोमा खेलेर लक्ष्मी भित्र्याएका छन् । उनीहरुले लक्ष्मी पुजाका दिन आफ्नो घरमा सनपाट नभए अरुकोबाट मागेर भए पनि ल्याएर हुक्के–हुक्का बनाएर खेल्ने गरेको थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।

उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएका छन् । उनी भन्छन्, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने गरेको छ ।’ यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित बासुदेव चौधरीले बताए । उनले भने, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ । किनकी पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन् । युवाहरु कृत्रितर्फ आकर्षिक हुदै गएका छन् ।

यस्तै थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका ३, मोतिगडाका किसान शंकर लाल चौधरीले बताए । उनले भने, ‘एक त ताल तलैया, पोखरीहरु पुरिए । अर्कोतिर सनपाट पनि खासै पाँइदैन । अब कसरी खेल्ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नु पर्ने देखिन्छ ।’

परम्परा अनुसार हुक्के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन छ। खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन् ।

हुक्के–हुक्का बेहानके नोन बगिया

हुक्के–हुक्के बेहानके तेल बगिया किंवदन्ती अनुसार हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ । यसले राम्रो फल दिन्छ भन्ने मान्यता रहिआएको छ । नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ ।

एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ । तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ ।

The post थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो appeared first on Nagarik Bahas.

]]>
नेताका गलामा कोरोना जन्तर https://nagarikbahas.com/archives/12425 Sat, 27 Jun 2020 01:20:16 +0000 http://nagarikbahas.com/?p=12425 काठमाडौँ — प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ–...

The post नेताका गलामा कोरोना जन्तर appeared first on Nagarik Bahas.

]]>
काठमाडौँ — प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’

पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि ।’

चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ । किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि । मास्क लगाउनु पनि पर्दैन । दूरी कायम गर्नु पनि पर्दैन ।’

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार सभापति कल्याणी खड्काले पनि ‘भाइरस रिमुभिङ कार्ड लगाएकी थिइन् । कार्डले ढुक्क नभएरै हुन सक्छ, उनले मास्क पनि लगाएकी थिइन् । उनले बैठक अवधिभरि नै मास्क खोलिनन् । ढोकैमा सेनिटाइजरको बोतल राखिएको छ । बैठक कक्षमा पनि दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिएको छ । नेकपाका सबैजसो र कांग्रेसकी रंगमति शाहीको गलामा त्यही कार्ड थियो । ‘यो कार्डले दुई मिटरसम्म भाइरसलाई निष्क्रिय बनाउँछ रे भनेर छोराले दिएको हो,’ सभापति खड्काले भनिन् । उनको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका छन् । यही कार्ड नेकपाका नेताहरुले खरिद गरेर लगाएका हुन् ।

कम्पनीले सांसदहरुलाई २५ प्रतिशत छुट दिएर बिक्री सुरु गरेको थियो । नेकपाले बुधबार ६० वटा कार्ड खरिद गरेर स्थायी कमिटी सदस्यलाई वितरण गरेको हो । नेकपाले एउटा कार्डलाई भ्याटसहित ६ सय २५ रुपैयाँमा खरिद गरेको हो । बियोन्ड कम्पनीले नेकपाका नाममा ३७ हजार ५ सय रुपैयाँको बिल जारी गरेको छ । ‘बैठकमा सहभागीलाई वितरण गर्ने भनेर माग भएपछि ६० वटा कार्ड पार्टीले खरिद गरेको हो,’ बियोन्ड कम्पनीका प्रमुख केसीले भने, ‘सांसद र अरू नेताहरुले भने व्यक्तिगत रूपमा खरिद गर्नुभएको हो ।’

कम्पनीले व्यक्तिगत रूपमा लिनेलाई प्रतिकार्ड ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । संसद् र समितिको बैठकमा सांसद यो कार्ड लगाएर उपस्थित हुन थालेपछि नेकपाका अरू सांसदले एकपछि अर्को खरिद गरेका हुन् । अधिकांश सांसदले विकास समिति सभापति खड्काको सम्पर्कमा पुगेर कार्ड किन्ने गरेका छन् । ‘मलाई कहाँ पाइन्छ यो कार्ड भनेर सोध्नुहुन्छ, मैले छोराको नम्बर दिने गरेकी छु,’ उनले भनिन् ।
कम्पनीका प्रमुख केसीले अन्य मुलुकमा यस्ता कार्ड प्रयोगमा रहेकाले नेपालमा पनि भित्र्याएको बताए । कोरोनाबाट बच्ने कार्ड भन्दै बिक्री गर्नुअघि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमतिसमेत लिएका छैनन् । ‘विश्वमा कोरोनाबाट बच्ने यस्ता कार्डलगायत जे पत्ता लागे पनि हामीलाई जानकारी आउँछ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने, ‘यस्ता कुनै पनि कार्डले मान्यता पाएका छैनन् । नेपालमा बिक्री भइरहेको बारे हामीलाई थाहा छैन ।’ उनका अनुसार कोरोनासम्बन्धी जुनसुकै प्रविधि वा औषधि प्रयोगमा लैजानुअघि मन्त्रालयमा निवेदन दिनुपर्छ । तर मन्त्रालयमा कतैबाट पनि निवेदन आएको छैन ।

कार्ड बिक्रेता केसीले भने अमेरिकाको एफडीआईजस्ता संस्थाबाट मान्यता प्राप्त सामान बिक्री गरिरहेको दाबी गरे । सरुवा रोग विशेषज्ञ डा. पुनले नेताहरुले गलत सन्देश जाने कार्ड लगाउँदा जनतामा समेत असर पर्ने बताए । ‘राष्ट्रिय व्यक्तित्वहरुले नै लगाएपछि अरूले पनि लगाउँछन् । कोरोना लाग्दैन भनेर सचेतनासमेत अपनाउन छाड्दा समस्या आउन सक्छ,’ उनले भने ।

‘अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ एफडीएमा दर्ता नै नभएको देखिएको छ । एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामग्रीको प्रयोग नगर्न नै सुझाव दिएको पनि पाइएको छ ।

यस्तो कार्डमा क्लोरिन डाइअक्साइड, ग्यास सस्टेन रिलिज एजेन्ट, जियोलाइट र बाँसको कोइलाजस्ता पदार्थ राखिएका हुन्छन् । कार्ड निर्माताले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा (लो कन्सन्ट्रेसन) क्लोरिन डाइअक्साइड हावामा उत्सर्जन गर्दै वरपर भएका ब्याक्टेरिया, धूवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।

एफडीएले भने मार्च ८ मा एउटा सूचना नै प्रकाशन गरेर ‘क्लोरिन डाइअक्साइड’ युक्त कुनै पनि सामग्रीले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कहीँकतैबाट पनि पुष्टि नभएको जनाएको देखिन्छ । त्यस प्रकारको सामग्रीको बिक्रीवितरण गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस्तै अमेरिकाको इन्भारोमेन्टल प्रोटेक्सन संस्थाले समेत यस प्रकारका सामग्रीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै प्रतिबन्ध लगाएको देखिन्छ । एसियामा भियतनाम र थाइल्यान्डले यस्ता सामग्रीको बिक्रीवितरणमा प्रतिबन्ध नै लगाएका छन् भने केही देशमा बिक्रीवितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण श्वासप्रश्वासमा गम्भीर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरीरमा पानीको कमी), रगतमा क्षय, गम्भीर प्रकारको झाडाबान्तासमेत हुन सक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

The post नेताका गलामा कोरोना जन्तर appeared first on Nagarik Bahas.

]]>
कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित) https://nagarikbahas.com/archives/12211 Sat, 13 Jun 2020 03:24:33 +0000 http://nagarikbahas.com/?p=12211 एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत संक्रमणपछि व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर गरेको एक अध्ययनको निष्कर्ष छ । कोरोना संक्रमणपछि पुरुषहरु नपुंसक बनिरहेका छन् । संक्रमणले पुरुषको अण्डकोषमा समस्या हुने गरेको छ ।...

The post कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित) appeared first on Nagarik Bahas.

]]>
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत संक्रमणपछि व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर गरेको एक अध्ययनको निष्कर्ष छ ।
कोरोना संक्रमणपछि पुरुषहरु नपुंसक बनिरहेका छन् । संक्रमणले पुरुषको अण्डकोषमा समस्या हुने गरेको छ । उत्तेजनामा पनि कमी आएको पाइएको छ ।

चीनको वुहानस्थित वुहान युनिभर्सिटीको झाङ्गनान अस्पतालको एक रिपोर्ट अनुसार कोरोना संक्रमण ठिक भएका ८१ पुरुषमा गरिएको गहन अध्ययनमा पनि यौन क्षमता घटेको पाइएको छ । यसअघि प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको थियो ।

अध्ययनमा संलग्न गरिएका २० देखि ५४ वर्षसम्मका ८१ जना पुरुषमा हुबेइ क्लिनिकल रिसर्च सेन्टर फर प्रिनेटर गायग्गोसिस एण्ड बर्थ हेल्थका वैज्ञानिकले गहन अध्ययन गरेका थिए । यी सबैजनाको सेक्स हर्मोनको जाँच गरिएको थियो ।

अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकका अनुसार यी बिरामीमा टेस्टोस्टेरोन र ल्युटिनाइसिङ्ग हर्मोनको T/LH अनुपात बिग्रिएको पाइएको छ । यसलाई भनिन्छ । यदि T/LH को अनुपात बिग्रिएमा पुरुषको अण्डकोषले राम्रोसँग काम गर्दैन । वीर्य पनि कम उत्पादन हुने र सेक्स हर्मोनमा पनि कमी आउँछ ।

जुन पुरुषको अध्ययनमा संलग्न गरिएको थियो, उनीहरुमा T/LH अनुपात ० दशमलब ४ मात्र थियो । यो सामान्य अवस्था भन्दा निक्कै कम हो । यसले भावि पुस्तालाईसमेत चिन्तित बनाएको छ ।

टेस्टोस्टेरोन हर्मोन पुरुषका लागि महत्वपूर्ण हर्मोन हो । यसले अण्डकोष, मांसपेशी, हड्डी र कपाललाई सामान्य अवस्थामा राख्न सहयोग गर्छ । ल्युटिनाइसिङ्ग हर्मोन महिला र पुरुष दुवैमा हुन्छ । यसले उत्तेजना ल्याउन सहयोग गर्छ ।

वैज्ञानिकहरुले कोरोना भाइरसका कारण पुरुषमा उत्तेजना समाप्त भएको पाइएको जनाएका छन् । यसलाई इरेक्टाइल डिसफङ्सन भनिन्छ । संक्रमणले प्रष्टरुपमा पुरुषमा यौन क्षमतामा गम्भीर असर गरेको पाइएको छ ।

वुहानको टोङ्गजी अस्पतालको रिप्रोडक्टिभ मेििसन विभागका प्रोफेसर डा. लि युफेङ्गले आफूले पहिले पनि यो विषयमा अध्ययन गरेको बताए । कोरोनाले पुरुषको अण्डकोष र यौन क्षमतामा ठूलो समस्या ल्याउन सक्ने उनको भनाइ छ ।

चिनियाँ वैज्ञानिक तथा चिकित्सकहरुले छिट्टै यो विषयको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेका छन् ।

The post कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला https://nagarikbahas.com/archives/11448 Sun, 10 May 2020 09:32:17 +0000 http://nagarikbahas.com/?p=11448 उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा श्रीमान् श्रीमति संक्रमितको संख्या तीन परिवार पुगेको छ । पछिल्लो चरणमा शनिबार मात्रै साँझ एक ४३ वर्षिय महिला संक्रमित भएपछि कोरोना संक्रमित श्रीमान् श्रीमतिको संख्या तीन पुगेको हो । पछिल्लो चरण संक्रमित महिलाको श्रीमान संक्रमित भएर कोशी कोरोना विषेश अस्पतालमा उपचार...

The post उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला appeared first on Nagarik Bahas.

]]>
उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा श्रीमान् श्रीमति संक्रमितको संख्या तीन परिवार पुगेको छ । पछिल्लो चरणमा शनिबार मात्रै साँझ एक ४३ वर्षिय महिला संक्रमित भएपछि कोरोना संक्रमित श्रीमान् श्रीमतिको संख्या तीन पुगेको हो । पछिल्लो चरण संक्रमित महिलाको श्रीमान संक्रमित भएर कोशी कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका छन् ।
उनको श्रीमान् चैत्रको पहिलो साता भारतको बैंगलोरबाट जोगवनी–विराटनगर हुँदै भुल्के आएका थिए । उनीहरुको एक छोरीको एक महिना अघि मात्रै भारतको ठाडी लौकहामा विवाह भएर गएकी छिन । भने बुहारी पनि लकडाउन अगाडी बच्चा जन्माउन सिरहा माइत गएकी छिन् । छोरो बैदेशिक रोजगारको शिलशिलामा बाहिर छन् । उनीहरुको परिवारमा अहिले गाई बाख्रा चराउनेको कुरा छोडौ घरको दैलो समेत खोलि दिने मानिस छैनन् । उनको घरमा अहिले ताला लागेको छ । कोरोना संक्रमण श्रीमान भारतमै संक्रमित भए वा पछि संक्रमित भए खुल्न सकेको छैन् ।
यस्तै माक्स बनाउने श्रीमान् श्रीमति पनि संक्रमित भएका छन् । श्रीमति अस्पतालबाट डिस्चार्ज भएर अहिले त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका छन । श्रीमान्को अहिलेपनि अस्पतालमा उपचाररत छन् । उनीहरु मस्जिदमा संक्रमित भएका हुन कि भारतको बैंगलौरबाट आएका व्यक्तिबाट संक्रमित भएका हुन वा भारतको युपीमा उर्दु पढ्ने विद्यार्थीबाट संक्रमित भएका हुन् ।
यस्तै बैशाख ९ गते नै गाईघाट बजारमा जुक्ता चप्पल व्यवसायी श्रीमान, श्रीमति संक्रमित हुनेको साथै १८ छोरा पनि संक्रमित भएका थिए । छोरा कोशी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएपनि श्रीमान् श्रीमति अहिलेपनि उपचाररत छन् ।
गाईघाट बजारमा जुत्ता चप्पलका व्यवसायीका ६५ वर्षिय सासु, ४१ वर्षिय जेठान, १८ वर्षिय भदा अर्थात युपीमा उर्दु पढ्ने विद्यार्थी र अर्का १८ वर्षिय किशोरी भदैनी पनि संक्रमित भएका छन् । उनीहरु सबै एकै परिवारका हुन् । संक्रमित मध्ये छोरा र उर्दु पढ्ने भदै शुक्रबारै अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरक स्थित क्वारेन्टाइनमा रहेका छन् । जुत्ता चप्पल व्यवसायी लकडाउनमा मात्रै भुल्के गएका थिए ।
अर्का संक्रमित ४५ वर्षिय महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका एक संक्रमितका आमा हन् । उनको छोरा शुक्रबार मात्रै कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा रहेको छ । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा आएपछि चैत्र १६ गतेबाट भुल्केमा लकडाउनमा फसेका हुन् ।
अर्का संक्रमित दुबई हुँदै नेपाल आएका व्यक्ति पनि डिस्चार्ज भएका छन् । उनी बुवाको मृत्यु संस्कारमा भाग लिन दुबईबाट घर आएका थिए । उनी फागुन ११ गते घर आई पुगेका थिए ।
अर्का स्थानीय मदरसाका शिक्षक तथा पुजारी पनि संक्रमित छन् । पुजारी सहित ५ भारतीय र २ नेपाली जमाती सहित १८ जनाको कोशी कोरोना विषेश अस्पतालमा उपचार भईरहेको छ । आइतार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार संक्रमितको संख्या ३२ पुगेको छ ।

The post उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला appeared first on Nagarik Bahas.

]]>
लकडाउन उलंघन गर्नेलाई रोड क्वारेन्टाइनमा https://nagarikbahas.com/archives/10669 Sat, 11 Apr 2020 16:18:07 +0000 http://nagarikbahas.com/?p=10669 झापा । विश्वमा द्रुत गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउन उलंघन गर्ने बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन थालेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले लकडाउनको उलंघन गर्ने मोटर साइकल तथा पैदल यात्रीहरुलाई रोड क्वारेन्टाइनमा राखेर साँझपख छोडिएको थियो । समुदाय प्रहरी साझेदारी पालिका समिती दमकका पदाधिकारीहरु समेतको उपस्थितीमा दमक नगर...

The post लकडाउन उलंघन गर्नेलाई रोड क्वारेन्टाइनमा appeared first on Nagarik Bahas.

]]>
झापा । विश्वमा द्रुत गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउन उलंघन गर्ने बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन थालेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय दमकले लकडाउनको उलंघन गर्ने मोटर साइकल तथा पैदल यात्रीहरुलाई रोड क्वारेन्टाइनमा राखेर साँझपख छोडिएको थियो । समुदाय प्रहरी साझेदारी पालिका समिती दमकका पदाधिकारीहरु समेतको उपस्थितीमा दमक नगर बजार एरियामा लकडाउन उलंघन गर्नेहरुलाई रोड क्वारेन्टाइनमा राखेर कोरोना रोग के हो कसरी सर्ने लगायतको विषयमा सम्झाएर छोडिएको थियो । पक्राउ पर्नेहरुलाई रोड क्वारेन्टाइनमा राखि सम्झाई बुझाई गरि साँझपख छोडिएको प्रहरीले जनाएको छ ।
तस्विर : इलाका प्रहरी कार्यालय दमक झापाको फेसबुकबाट

The post लकडाउन उलंघन गर्नेलाई रोड क्वारेन्टाइनमा appeared first on Nagarik Bahas.

]]>
१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक https://nagarikbahas.com/archives/9817 Thu, 05 Mar 2020 06:24:10 +0000 http://nagarikbahas.com/?p=9817 एजेन्सी- कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको...

The post १२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक appeared first on Nagarik Bahas.

]]>
एजेन्सी- कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् ।
सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको पेज भाइरल भइरहेको छ ।
पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ ।

The post १२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक appeared first on Nagarik Bahas.

]]>
पुस १० गते निक्कै दुर्लभ सूर्यग्रहण, झन्डै तीन घन्टासम्म लाग्ने https://nagarikbahas.com/archives/8656 Fri, 20 Dec 2019 09:10:38 +0000 http://nagarikbahas.com/?p=8656 काठमाडौं । पुस १० गते विहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिने ग्रहण लाग्दैछ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ । ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायस्जसो बीचको समयमा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका...

The post पुस १० गते निक्कै दुर्लभ सूर्यग्रहण, झन्डै तीन घन्टासम्म लाग्ने appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । पुस १० गते विहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिने ग्रहण लाग्दैछ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ । ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायस्जसो बीचको समयमा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ ।
खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । ‘मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’ भट्टराईले भने ।
यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ ।
भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ । खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ ।

The post पुस १० गते निक्कै दुर्लभ सूर्यग्रहण, झन्डै तीन घन्टासम्म लाग्ने appeared first on Nagarik Bahas.

]]>
नदी तलाउमा समाचकेवाको विर्सजन गरिँदै https://nagarikbahas.com/archives/7950 Wed, 13 Nov 2019 03:17:40 +0000 http://nagarikbahas.com/?p=7950 उदयपुर । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा कात्तिक पूर्णिमासम्म हर्षउल्लासका साथ मनाएर आज विर्सजन गरिँदैछ । गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने थारु मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत...

The post नदी तलाउमा समाचकेवाको विर्सजन गरिँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा कात्तिक पूर्णिमासम्म हर्षउल्लासका साथ मनाएर आज विर्सजन गरिँदैछ ।
गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने थारु मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भूईमै सेलाएर चुगला र वृदावनलाई पूर्णरुपमा जलाई खेतमा गाडि दाजु–भाईलाई मिठो परिकार खुवाई नदी, तलाउ तथा पोखरीमा सेलाउने चलन छ । खासगरी तराई क्षेत्रका सम्पूर्ण भु–भागमा हर्षोउल्लासका साथ मनाईने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वको रुपमा लिन्छन् । ‘सामा–चकेवा’ बहिनी र भाईको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो ।
कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्म थारु समुदायका दिदीबहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाइरहका छन् ।
कात्तिक पूर्णिमासम्म नियमित दाजुभाई हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्दै मनाइन्छ ।
राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मीत डालोमा सामा (बहिनी), चकेवा (भाई), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाईको माटाको मुर्ति बनाएर त्यसमा दियो बालि समुहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले सुरिलो स्वरमा गीत गाउँने गर्छिन । गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मुर्तिहरु माथि छर्कन्छन । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै चुगला र वृदावनलाई खरना देखि पूर्णिमासम्म गीत गाउँदै त्यसको भोली पल्ट जलाईन्छ ।
परम्पराअनुसार अन्तिम गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भसाईन्छ भने चुगला र वृदावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ ।

पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिहरूलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगी सेलाएर आफ्ना दाजुभाइहरूलाई मिठाई पकवान्न आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गरेका छन् । समा चकेवाको थारु भाषामा डगहर अर्थात गाउँ डुल्ने दिन घरघरै अन्न, नगद उपहार लिने र पर्वको अन्तिम दिन उक्त जम्मा भएको अन्नपात र रकमको गाउँभरिका मान्यजन र इष्टमित्रलाई एकत्रित गरेर भोजभतेर खाने खुवाउने चलन रहिआएको छ ।‘मूर्ति सेलाउने दिन किशोरीहरूले आ–आफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गरेर भोज भतेर खाने चलन छ,’ समाजसेवी रामवती चौधरीले बताईन् ।
उक्त अवसरमा नाचगान गरेर मनोरञ्जन गर्ने चलनसमेत रहेको छ । यस पर्वको अवसरमा उदयपुरका थारु समुदायका अधिकांश गाउँमा आर्केस्ट, लवण्डा नाच, बेहुलाको नाच, ड्रामाको आयोजना गरिएको थियो ।

The post नदी तलाउमा समाचकेवाको विर्सजन गरिँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित) https://nagarikbahas.com/archives/7638 Sat, 02 Nov 2019 16:05:15 +0000 http://nagarikbahas.com/?p=7638 उदयपुर । छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाउँदै छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व विहिबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा...

The post उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाउँदै छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व विहिबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
त्रियुगा नदी किनारमा छठपर्व मनाउँदै गरेको केही तस्बिरहरु :

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (फोटो फिचर)

Gepostet von Nagarik Bahas नागरिक बहस am Samstag, 2. November 2019

The post उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित) appeared first on Nagarik Bahas.

]]>
छठको दोस्रो दिन निर्जल उपवास https://nagarikbahas.com/archives/7635 Fri, 01 Nov 2019 10:30:14 +0000 http://nagarikbahas.com/?p=7635 काठमाडौं । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ ।...

The post छठको दोस्रो दिन निर्जल उपवास appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।
छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।
यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

The post छठको दोस्रो दिन निर्जल उपवास appeared first on Nagarik Bahas.

]]>