राजनिती – Nagarik Bahas https://nagarikbahas.com . Wed, 14 May 2025 15:12:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 त्रियुगा नगरपालिका भित्रका अवैध संरचना हटाउने https://nagarikbahas.com/archives/19897 Wed, 14 May 2025 15:12:02 +0000 https://nagarikbahas.com/?p=19897 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहल वरपर रहेको अवैधानिक भौतिक संरचना हटाउने भएको छ । त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार खड्काले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १ गते बिहिबारबाट त्रियुगा नपा वडा नं. ३ स्थित त्रियुगा बसपार्क र वडा नं. १३ स्थित मदन भण्डारी सभाहल क्षेत्र आसपासको अवैधानिक...

The post त्रियुगा नगरपालिका भित्रका अवैध संरचना हटाउने appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहल वरपर रहेको अवैधानिक भौतिक संरचना हटाउने भएको छ ।
त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार खड्काले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १ गते बिहिबारबाट त्रियुगा नपा वडा नं. ३ स्थित त्रियुगा बसपार्क र वडा नं. १३ स्थित मदन भण्डारी सभाहल क्षेत्र आसपासको अवैधानिक भौतिक संरचना हटाउने सूचना जारी गरेको छ ।
त्रियुगा नगर कार्यापालिका बैठकले भवन तथा बाटो सम्बन्धि मापदण्ड २०७४ विपरित हुने गरी निर्माण भएका वा निर्माणाधिन घर, टहरा, भवन एवम् अन्य भौतिक संरचनाहरु हटाउने निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा वडा नं. ३ र १३ लाई सार्वजनिक सुचना टाँसी सहजिकरण गर्न समेत निर्देशन दिईएको छ ।

 

The post त्रियुगा नगरपालिका भित्रका अवैध संरचना हटाउने appeared first on Nagarik Bahas.

]]>
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र https://nagarikbahas.com/archives/19874 Fri, 04 Oct 2024 13:26:54 +0000 http://nagarikbahas.com/?p=19874 उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ । नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक...

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा त्रियुगा नगरपालिकाले आफैले बनाएको ऐन कानुन विपरित नदीजन्य पदार्थको उत्खननमा रोक लगाउदा नगर भित्र भइरहेको भौतिक पुर्वाधार तथा व्यक्तिगत निर्माणमा असर पुगेको भन्दै खुलाउन माग गरेको छ ।

नगरपालिकाले असोजको तेस्रो साता वित्न लाग्दा पनि नदीजन्य उत्खनन फुकुवा गर्नु पर्नेमा नगरेका कारण भौतिक निर्माणमा खटिने सिकर्मी, डकर्मी, ढुंगा, गिटी, बालुवा ब्यबसाय गर्ने तथा यस संग सम्बन्धित मजदुर तथा ट्रयाक्टर, टिफर ब्यबसायीको अबस्था दिनदिनै दयनिय बनेको भन्दै यथासिघ्र नदिजन्य पदार्थमा लगाइएको रोक हटाउन नेकपा एसले माग गरेको छ ।

नदीजन्य पदार्थको आपूर्तिकालागि खोलामा भएको सामाग्रीको संकलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । नजिकैको नदी जन्य पदार्थ ल्याउन संकलन गर्न सकेमा कम खर्च लाग्ने, सस्तोमा सामान पाइने भएकोले उत्खनन खुला गर्नु उचित हुन्छ । तर बातावरण संरक्षण गर्ने, नदीको दोहन रोक्ने, नदीजन्य विपद्लाई न्यूनीकरण गर्ने नाममा नदीजन्य उत्खनन रोक्नु गरिब मजदुरको मुखबाट माड खोस्नु हो र यो कार्यको समर्थन गर्न नसकिने भएकोले चाडपर्वको मुखमा दैनिक नदीजन्य उत्खननको काम गरेर गुजारा गर्ने मजदुरहरुकोलागि उत्खनन कार्य फुकुवा गरेर सहज वातावरणमा बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन अनुरोध गरिएको छ ।

उक्त ज्ञापनपत्रमा नदीजन्य उत्खननको काममा मजदुरहरुले फर्कन नपाउने हो भने आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार नगरपालिका नै हुने उल्लेख गरिएको छ ।

The post नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित) https://nagarikbahas.com/archives/19826 Fri, 13 Sep 2024 14:15:09 +0000 https://nagarikbahas.com/?p=19826 उदयपुर / लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजबादी पार्टी प्रवेश गरेका छ्न । गाईघाटमा शुक्रबार आयोजित नेकपा एकीकृत समाजवादीको सन्देश सभामा पार्टी अध्यक्ष माधब नेपालको उपस्थितिमा उनि पार्टी छोडेर समाजबादी प्रवेश गरेका हुन् । ठाकुर लोकतान्त्रिक समाजबादीमा आबद्ध हुनु अघि नेपाली काँग्रेसका कार्यकर्ता थिए । २०३२ सालमा नेपाल...

The post उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर / लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजबादी पार्टी प्रवेश गरेका छ्न ।
गाईघाटमा शुक्रबार आयोजित नेकपा एकीकृत समाजवादीको सन्देश सभामा पार्टी अध्यक्ष माधब नेपालको उपस्थितिमा उनि पार्टी छोडेर समाजबादी प्रवेश गरेका हुन् । ठाकुर लोकतान्त्रिक समाजबादीमा आबद्ध हुनु अघि नेपाली काँग्रेसका कार्यकर्ता थिए ।
२०३२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध हुदै ठाकुर काँग्रेस कार्यकर्ता बनेका थिए । लामो समय देखि चिकित्सा पेसामा रहेका ठाकुर नेपाली काँग्रेस फर्किने तयारीमा रहेको भए पनि काँग्रेसले बेवास्ता गरेको कारण उनि एकीकृत समाजबादीमा प्रवेश गरेको उनि निकट केहि कार्यकर्ताहरुले बताए । ठाकुरसंगै ४० साल पुराना काँग्रेस नेता तथा त्रियुगा माध्यमिक विद्यालयका गाईघाटका पुर्ब प्रअ सत्यनारायण झा, बाबुराम भट्टराईको पार्टीको केन्द्रिय सदस्य तथा त्रियुगा नगरपालिकाका उपमेयरका उम्मेदबार विनोद कुमार चौधरी, सोही पार्टीमा आबद्ध पुराना राजनीतिज्ञ बिश्वनाथ साह एकीकृत समाजबादी प्रवेश गरेका छ्न ।
नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचिव बलदेव चौधरीले सन्देश सभामा झन्डै ६ सय जनाले पार्टी प्रवेश गरेको बताए । उनले एमाले, काँग्रेस , माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरेको जानकारी दिए । पार्टी प्रवेशमा सवै त्रियुगा नगरपालिका र उदयपुरका नेकपा एमालेबाट बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गराउन झण्डै एक घण्टा बढी समय लागेको थियो ।

सन्देश सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले केपी ओलीले संसद विघठन गतल थियो भनेर जव सम्म स्वीकार गर्दैन तवसम्म पार्टी एकीकरणको बारे सोच्न नसकिने बताए ।

उनले नेकपा एसका नेताहरु एमालेमा जाँदै छन् भनेर हल्लाको पछि नलाग्न आग्रह गरे । उनले नेकपा एमालेका कामै हल्ला गर्ने भए नभएको हल्ला गरेर अरुलाई बहकाउमा पार्ने, विभिन्न प्रलोभन देखाएर पार्टी उ आयो त्यो आउँदैछ जस्ता विभिन्न अफवाह फैलाउन बन्द गर्न अनुरोध गरे । उनले समाजवादी होइन एमाले सकिन्न लागेकोले त्यो पनि पार्टी बचोस, नेताको बुद्धि फिरियोस, अरुको होइन आफ्नो चिन्ता लिन उनले आग्रह गरे । उनले नेकपा माओवादीसँग पनि पार्टी एकीकरण हुन नसक्ने समेत बताए । अध्यक्ष नेपालले देशलाई अघि बढाउने सिलसिलामा सबै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकठाउँमा ल्याएर अघि बढाउन तयार रहेको बताए । उनले सिद्धान्त, विचार, भावना मिलेको खण्डमा सबैलाई समेटेर, सहकार्यका लागि वाम मोर्चा बनाएर अघि बढ्ने बताए । उनले भने, ‘काम गर्दै गर्दा, सबै कुरा मिलेको खण्डमा आफूहरू काँचो एकता नभई परिपक्क एकता गर्न तयार छौँ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन सबै जनताको चासोको विषय भएकाले दुई तिहाई बहुमतको दम्भ नदेखाउन आग्रह गरेका छन्। पार्टी जिल्ला कमिटी उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको सन्देशसभामा बोल्दै उनले संविधानलाई आफ्नो पेवा ठानेर संशोधनलाई हलुका नठान्न सत्तारुढ दललाई चेतावनी दिएका हुन्।

उनले भने,‘हामीसँग दुई तिहाई छ भन्ने ठानेर संशोधन गरिहालौला सानो पार्टीलाई समाप्त पारिदिउँला, ठूलाको वर्चस्व कायम राखौंला भनेर एमाले त्यो बाटोमा हिँडेको छ, यस्तो अवस्थामा नेपाली काँग्रेसले सजकता अपनाउनु पर्नेछ, सोच्नुपर्दछ।’

‘संविधान संशोधनका लागि दुई ठूला पार्टीका नेता राति गोप्य सम्झौता गर्छन्।’ पूर्वप्रधानमन्त्री नेपालले भने,‘यो गोप्य सम्झौता मानिने छैन्,यो जनताको चासोको विषय भएकाले यहाँका नागरिक समाज, राजनीतिक दल, आम जनतासँग छलफल गर्नुपर्छ ।’

पुर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यो देशको अर्थतन्त्र मुनाफा केन्द्रित नभई जनता केन्द्रित र प्रकृतिप्रेमी हुनु पर्ने बताए । उनले पानीबाट बिजुली उत्पादन गरी भारत, बंगलादेश, चीनमा बिक्री गर्नुपर्ने बताए। ‘देश सम्पन्न भयो भने मात्र कसैले हेप्दैनन्,’ नेता नेपालले भने, ‘सधैं गरिब, सधैं सहयोग माग्नु पर्ने भएकाले हेपाईमा परेका छौँ, तसर्थ जनतादेखि नेता सबै सच्चिएर इमान्दारिताका साथ देश विकासमा लाग्नु पर्छ ।’

 

 

The post उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित) appeared first on Nagarik Bahas.

]]>
पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने https://nagarikbahas.com/archives/19822 Fri, 13 Sep 2024 00:55:17 +0000 https://nagarikbahas.com/?p=19822 उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्व पधानमन्त्री माधबकुमार नेपाल उदयपुर आईपुग्नु भएको छ । आज विहान ११ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल विहिबार साँझ उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भिमा आईपुग्नु भएको नेकपा एकीकृत समाजबादी उदयपुरको पार्टी...

The post पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्व पधानमन्त्री माधबकुमार नेपाल उदयपुर आईपुग्नु भएको छ । आज विहान ११ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल विहिबार साँझ उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भिमा आईपुग्नु भएको नेकपा एकीकृत समाजबादी उदयपुरको पार्टी सचिव पशुपती चौधरीले बताउनुभयो ।
आज विहान त्रियुगा नगरपालिका ७ चुहाडेबाट मोटर साइकल र्याली शुरु भई गाईघाटमा सन्देश सभामा परिणत हुने सचिव चौधरीले जानकारी दिईन् ।

अध्यक्ष नेपालको सन्देश सभामा सम्बोधन पछि कार्यकर्तासङ भेटघाट र अन्तरकृयाको कार्यक्रम रहेको छ । नेकपा एकिकृत समाजबादी उदयपुरको आयोजनामा हुने सन्देश सभामा पहिलो पटक अध्यक्ष नेपाल सम्बोधनको लागि उदयपुर आउनुभएको हो । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला कमिटि सचिवालय सदस्या यादव पोखरेलले बताउनुभयो । यतिखेर गाईघाट बजार एकिकृत समाजबादीको झण्डा सहितको प्रचार प्रसारको कार्यक्रमले झकिझकाउ बनाइएको छ ।

आज हुने कार्यक्रममा बिभिन्न राजनितिक दलमा आबद्ध हुन सयौंको नेकपा एकिकृत समाजबादिमा प्रबेश गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । अध्यक्ष नेपालले शनिबारबाट हुने कोशी प्रदेश स्तरीय केन्द्रिय सदस्यहरुको भेला त्रियुगा नगरपालिका १३ बहेडवा माविको प्राङ्गनमा हुने छ भने थारु होम स्टेमा खान पानको व्यस्थापन रहेको कार्यालय सचिव श्याम ढुंगानाले जानकारी दिनु भएको छ ।

The post पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने appeared first on Nagarik Bahas.

]]>
नेकपा एस त्रियुगा नगर कमिटीले बुझायो मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र (ध्यानाकर्षण पत्र सहित) https://nagarikbahas.com/archives/19800 Fri, 14 Jun 2024 12:53:44 +0000 https://nagarikbahas.com/?p=19800 उदयपुर । नेकपा एकिकृत समाजवादी त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई एकमुष्ट रुपमा बुझाएका छन् । आर्थिक वर्ष २०८१÷२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा ल्याउन खोजेको भन्दै...

The post नेकपा एस त्रियुगा नगर कमिटीले बुझायो मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र (ध्यानाकर्षण पत्र सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नेकपा एकिकृत समाजवादी त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई एकमुष्ट रुपमा बुझाएका छन् ।
आर्थिक वर्ष २०८१÷२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा ल्याउन खोजेको भन्दै माग तथा ध्यानाकर्षण पत्र बुझाएको नेकपा एस त्रियुगा नगर कमिटीका का.बा. अध्यक्ष ध्यान नारायण श्रेष्ठले जनाएको छ ।

उनका अनुसार यस पालिकाको आउँदो आर्थिक वर्षका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यवहारिक र वस्तुगतका साथै सन्तुलित हुनु पर्ने कुरामा यस नगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौ काबा अध्यक्ष श्रेष्ठले जनाएको छ । तपसिलमा रहेका नगरस्तरिय मुख्य मुख्य र वडागत कार्यक्रमहरु आउँदो नीति तथा कार्यक्रममा समावेश गर्न जोडदार माग गरेको काबा अध्यक्ष श्रेष्ठले जनाएको छ ।
ध्यानाकर्षण पत्रमा अनावश्यक दरबन्दी सिर्जना गरी ५ सय भन्दा बढी करारमा कर्मचारीहरु बिना प्रतिस्पर्धा तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दा प्रशासनिक खर्च वृद्धि भई विकास बजेट न्यून हुने भएकोले यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द माग गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
विभिन्न शीर्षकमा अवन्डा बजेट राखी राजनैतिक स्वार्थको आधारमा तोक आदेशको भरमा टुक्राउने आफु अनुकुलका निर्माण व्यवसायीहरुलाई सोझै खरिद विधि प्रयोग गरी काम दिने गर्दा कमिशनको चलखेल छ भन्ने अनुमान गर्न सकिन्छ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साल वसाली बेरुजुको मात्रा बढि रहेको लेखा परीक्षकको प्रतिवेदनले देखाउँछ यो प्रतिवेदन अध्ययन गर्दा नगरपालिकामा हुने अनियमितताको चाङ बढ्दो मात्रामा देखिन्छ । पारदर्शिता जवाफदेहीता र उत्तरदायी स्थानीय सरकारको रुपमा नागरिकहरुलाई सुशासनको प्रत्याभूति दिन चुकेको देखिन्छ भने नागरिकहरुको तिरेको करको दुरुपयोग भएको छ भन्ने सूचकका रुपमा अनुभूति गर्न सकिन्छ । त्यसैले यस्ता कामप्रति बेलैमा ध्यान दिइयोस ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
त्रियुगा नपा १२ विष्णुपरमा फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्न विनियोजन भएको बजेट फोहर मैलामा खर्च नगरी सवारी साधन खरिद भएको छ । उक्त स्थानबाट अन्य स्थानमा पटक पटक डम्पिङ साइट सारी रहनाले फोहर मैला व्यवस्थापन पेचिलो विषय बनेको छ । यसलाई बेलैमा समाधान गर्न सक्रियता देखाइयोस भनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मेयर र उपमेयरलाई बुझाइएको ध्यानाकर्षण पत्र सहित

श्री नगरप्रमुखज्यू                                                                                  मिति : २०८१।०२।३२

त्रियुगा नगरपालिका

गाईघाट

विषय :  माग तथा ध्यानाकर्षण पत्र ।

‘स्वस्थ शिक्षित उद्यमशील हाम्रो सहर–समावेशी समुन्नत समृद्ध हाम्रो नगर’ भन्ने नारालाई सार्थक बनाउँदै विकासका निम्ति साझा प्रयत्न र सहकार्य हुनु पर्ने कुरामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विश्वास गर्दछ । यसै सन्दर्भमा आ व २०८१/२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको महसुस भएकाले यस पालिकाको आउँदो आर्थिक वर्षका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यवहारिक र वस्तुगतका साथै सन्तुलित हुनु पर्ने कुरामा यस नगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौ । नगरपालिकाभित्र सञ्चालित हुने सबै विकासनिर्माणका कार्यमा सहभागिता र समावेशिताका आधारलाई प्राथमिकतामा राख्न विशेष ध्यान दिनु पर्ने अवस्था छ । यस्तो नभए विकासको साँचो प्रतिफल नगरवासीले अनुभूति गर्न सक्दैनन् । तसर्थ मागमा आधारित बढीसे बढी नगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुको छनौट गरी सम्पन्न गर्न आवश्यक छ ।

अत यसै सन्दर्भमा तपसिलमा रहेका नगरस्तरिय मुख्य मुख्य र वडागत कार्यक्रमहरु आउँदो नीति तथा कार्यक्रममा समावेश गर्न जोडदार माग गर्दछौ । हाम्रो जायज र न्यायपूर्ण शान्तिपूर्ण तवरले राखिएका मागहरुको उचित सम्बोधनका लागि नगर परिषद्का सम्पूर्ण पदाधिकारी र सभासदहरुको ध्यानाकर्षण गर्दछौ ।

मुख्य मुख्य मागहरु

१ एकीकृत विपद् व्यवस्थापन सम्बन्धी कार्य योजनालाई सञ्चालनमा ल्याउनु पर्ने ।

२ शैक्षिक क्षेत्रमा दिखिएको विकृति र विसंगतिको अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न पर्ने ।

३ नगरबाट उत्सर्जित फोहरमैलाको उचित व्यवस्थापन गर्नु पर्ने ।

४ पर्यटन प्रवर्द्धनका लागि विशेष कार्य योजनासहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने ।

५ तिर्जुगा सभ्यता विकासको लागि विशेष कार्यक्रम तर्जुमा गर्नु पर्ने ।

६ नगरस्तरिय गौरवका योजनाहरुलाई प्राथमिकता दिई कार्यान्वयन गर्नु पर्ने ।

७ राजश्व वृद्धि भएको तुलनात्मक आधारमा १६ वटा वडाको बजेट सिलिङ वृद्धि गरी वडालाई सबल बनाउनु पर्ने ।

८ कर्मचारीहरुको उचित व्यवस्थापन र वृत्ति विकासमा ध्याख पुर्याउनु पर्ने ।

९ बेलदोभानदेखि रौता पोखरीसम्मको केवलकार परियोजनालाई अघि बढाउनु पर्ने ।

१० बरुवा क्याम्पसमा पार्किङ सेडको व्यवस्थापन गर्नु पर्ने ।

११ तिर्जुगा जनता क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गर्नु पर्ने ।

१२ नगरभित्रका गरीब विपन्न घर परिवारलाई गरीब परिचय पत्र तुरुन्तै वितरण गर्नु पर्छ ।

१३ भूमिहिन सुकुम्वासीहरुलाई तत्कालै जग्गाधनी लालपूर्जा वितरण गर्नु पर्ने ।

१४ चप्पनको जनज्योति साबउसभित्रको वनभोज स्थलसहितको चिडियाखानाको योजनालाई मूर्त रुप दिनु पर्ने ।

१५ उदयपुर सिमेन्ट उद्योगबाट प्राप्त प्रदुषणवापतको शुल्क सो क्षेत्रमा खर्चिनु पर्ने ।

१६ तिर्जुगा नदी र यसका सहायक नदीहरुको नियन्त्रण गर्दै हरियाली प्रवर्दँद्धन गर्नु पर्ने ।

१७ मेडिकल कलेज स्थापना गर्नको लागि जग्गा प्राप्तीसहितको वृहत सहकार्य र समन्वयसहितको कार्य योजना अघि बढाउनु पर्ने ।

१८ बाल उद्यान पार्क चिडियाखानालगायतका मनोरञ्जनात्मक पार्कहरुको स्थापना गर्नु पर्ने ।

१९ नगरपालिकाको प्रत्येक वडा कार्यलयको भवन निर्माण र त्यससँग पहुँच सडकको निर्माण गर्नु पर्ने ।

२० मेघासिटीको अवधारणा विकास गर्दै उपमहानगरपालिका बनाउनका लागि आवश्यक पहल गर्नु पर्ने ।

२१ तिर्जुगा औद्योगिक क्षेत्रको स्थापना गर्नु पर्ने ।

२२ कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि विशेष योजनाहरु निर्माण गर्नु पर्ने ।

२३ जोगीदह महुली रुपनी जस्तो ऐतिहासिक सडक खण्डको निर्माणमा गर्नु पर्ने ।

२४ पर्यटन सर्किटको विकास गर्नु पर्ने ।

२५ कृषि बजारको व्यवस्थापन हुनुपर्ने ।

२६ सभाकक्ष सञ्चालनमा ल्याउन कार्ययोजना बनाउन बेलैमा ध्यान दिनुपर्ने ।

२७ सुनकोशी  धाप्लाङ् सिसारखोलाबाट बरुवा खोलामा डाइभर्सनको लागि पहल गर्नु पर्ने ।

२८ सगरमाथा विमानस्थलको निर्माण कार्यलाई गति दिने वातावरण बनाउनु पर्ने ।

२९ शिक्षक दरबन्दी कटौती बन्द गर्नुका साथै रिक्त दरबन्दीमा पदपूर्ति गर्नु पर्ने ।

३० शिक्षक छनोट परीक्षामा नाङ्गो हस्तक्षेप बन्द गर्नु पर्ने । जस्तै श्रीपुर स्कूलको राहतकोटा अन्तर्गत प्रा शि मा विज्ञापन खुलेको तर सोही परीक्षा सो स्कूलका लागि नभएर बुर्जाकान्ला स्कूलमा सारिएको । अर्थात् एउटा स्कूलमा दरबन्दी खुलाएर भर्ना भने अर्कै विद्यालयमा गर्ने काम बन्द गरियोस् ।

३१ स्कूलमा खाली रहेको करार शिक्षक पदपूर्ति गर्न तुरुन्त गर्नु पर्ने ।

३२ त्रियुगा ज्ञानमाला पुस्तकमा प्रयोगात्मक पक्ष, सीप, व्यवहार आदि समेट्नु पर्ने ।

३३ शिक्षा क्षेत्रको बजेट कटौतीको बदला थप गर्नुपर्ने ।

३४ अनावश्यक दरबन्दी सिर्जना गरी ५०० भन्दा बढी करारमा कर्मचारीहरु बिना प्रतिस्पर्धा तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दा प्रशासनिक खर्च वृद्धि भई विकास बजेट न्यून हुने भएकोद्ये यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द गरियोस ।

३५ विभिन्न शीर्षकमा अवन्डा बजेट राखी राजनैतिक स्वार्थको आधारमा तोक आदेशको भरमा टुक्राउने आफु अनुकुलका निर्माण व्यवसायीहरुलाई सोझै खरिद विधि प्रयोग गरी काम दिने गर्दा कमिशनको चलखेल छ भन्ने अनुमान गर्न सकिन्छ यस्ता गैह्र कानुनी कार्य तुरुन्त बन्द गरियोस ।

३६ साल वसाली बेरुजुको मात्रा बढि रहेको लेखा परीक्षकको प्रतिवेदनले देखाउँछ यो प्रतिवेदन अध्ययन गर्दा नगरपालिकामा हुने अनियमितताको चाङ बढ्दो मात्रामा देखिन्छ । पारदर्शिता जवाफदेहीता र उत्तरदायी स्थानीय सरकारको रुपमा नागरिकहरुलाई सुशासनको प्रत्याभूति दिन चुकेको देखिन्छ भने नागरिकहरुको तिरेको करको दुरुपयोग भएको छ भन्ने सूचकका रुपमा अनुभूति गर्न सकिन्छ । त्यसैले यस्ता कामप्रति बेलैमा ध्यान दिइयोस ।

३७ त्रि नपा १२ विष्णुपरमा फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्न विनियोजन भएको बजेट फोहरमैलामा खर्च नगरी सवारी साधन खरिद भएको छ । उक्त स्थानबाट अन्य स्थानमा पटक पटक डम्पिङ साइट सारी रहनाले फोहर मैला व्यवस्थापन पेचिलो विषय बनेको छ । यसलाई बेलैमा समाधान गर्न सक्रियता देखाइयोस ।

३८ नगरपालिकाप्रति नागरिकहरुको दिनानुदिन गुनासाहरु प्राप्त भएको पक्षपातपूर्ण ढङ्गबाट बजेट विनियोजन हुने विषयले हाम्रो ध्यान नगरपालिकाप्रति आकृष्ट भएको छ । अत यस्तो जनताप्रति पूर्वाग्रही र राजनीतिक रुपमा

प्रतिशोध लिने बजेट निर्माण बन्द गरियोस ।

३९ नगरपालिकाको ठूलो रकमको हिस्सा भूमि व्यवस्थापनमा खर्च भएतापनि हालसम्म लालपूर्जा वितरण गर्न सकेको अवस्था छैन । लामो समयसम्म लालपुर्जा नपाउँदा जनता गुमराहमा पर्नुका साथै मर्कामा परेका छन । भूमिको वैधानिक स्वामित्व र त्यसबाट प्राप्त गर्न सक्ने लाभबाट बञ्चित भएका छन । अत लालपुर्जा वितरण कार्य अघि बढाइयोस् ।

४० नगरपालिकाका विभिन्न विषयका सल्लाहकारहरु नियुक्ति गरी राज्यकोक्षबाट भुक्तानी भएको विषय गैह्र कानुनी भनी उल्लेख भएतापनि उही सल्लाहकारहरुले मासिक पारिश्रामिक बुझिरहेकाले कानुन विपरितका यस्ता कार्य बन्द गरियोस ।

४१ वडा नं १४ १५ र १६ लाई हिलसिटीको रुपमा विकास गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने ।

४२ थरुहट रंगशाला र ओपन जिमखानालाई व्यवस्थित गर्नुपर्ने ।

४३ जलजलेदेखि भन्टावारीसम्मको उसिउलिको बाटो ढलान गर्नुपर्ने ।

४४ नगरवासीहरुलाई सडक सञ्जालसँग जोड्ने चक्रपथको योजना कार्यान्वयन हुनु पर्ने ।

४५ तिर्जुगा बहुमुखी क्याम्पसमा प्रशासनिक भवनको निर्माण गर्ने योजना बनाउनु पर्ने ।

वडागत योजनाहरु

वडा नं. १ रुपनी खोला शिबनगरसम्मको बाटो कालोपत्रे गर्नु पर्ने ।

वडा नं. १ थारु होमस्टे पूर्व टोलको थारु सांस्कृतिक भवन निर्माण गर्नु पर्ने ।

वडा नं. १ पर्यटन क्षेत्र र कार्यक्रम विस्तारका लागि डिपिआर बनाउनु पर्ने ।

वडा नं. १ फत्तेपुर र गाईघाट सडक अन्तर्गत रुपनी खोलादेखि उत्तर शिवनगर जाने सडकमा विजुली विस्तारसँगै ग्राभेल गर्नु पर्ने ।

वडा नं. १ कङ्क खोला पूर्व मलामी घर तटबन्ध देखि इखराहा झोलुङ्गे पुल निर्माण गर्नु पर्ने ।

वडा नं. २ लुहाले, बैरागी र बबिया खोलामा पक्की पुलका साथै दुवै किनारामा तट्बन्ध गर्नुपर्ने ।

वडा नं. २ लुहाले खोलाको पूर्वतर्फ पुच्छरदेखि बबिया खोलाको पश्चिमसम्म र बबियादेखि कङ्क खोलासम्म त्रियुगा नदीको दक्षिण भागमा चक्रपथ रोडसहित बाँध निर्माण कार्य गर्नु पर्ने ।

वडा नं. २ सनुवा जाने बाटो कालो पत्रे गर्नु पर्ने ।

वडा नं. २ मोतियाही चक्रपथ सडक कालो पत्रे ।

वडा नं. २ गाईघाट फत्तेपुर सडकदेखि मोतियाही रामजानकी टोलसम्म सडक कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  ३ एभरग्रीन बोर्डिङ स्कूल क्याम्पसगेट दनुवारी वस्ती चाप हुँदै मोतीगडा साइकल चौक (डिपिआर भइसकेको) कालोपत्रे सडक बनाउनु पर्ने ।

वडा नं.  ३ मिलन चौकदेखि सगरमाथा टोल खानेपानी ट्याङ्कीसम्म अनहा खोला पक्की नाला निर्माण गर्नु पर्ने

वडा नं.  ३ राजजी मन्दिर घेराबेरा गर्नु पर्ने ।

वडा नं.  ३ त्रिजब क्याम्पसपरिसरमा रहेको अधुरो मुर्कट्टा मन्दिर पुरा गर्दै संरक्षणको कार्य गर्नु पर्ने ।

वडा नं.  ३ त्रिजव क्याम्पसभित्र सामुदायिक भवन निर्माण गर्नुपर्ने ।

वडा नं.  ३ मा रहेको मदरसा तालेमुल इस्लाममा घेराबेरा गर्नुपर्ने ।

वडा नं.  ३ मोतीगडा चौक तरकारी बजार वृद्धाश्रम हुँदै क्याम्पस रोडसम्म पिच बाटो बन्नु पर्ने ।

वडा नं.  ३ सगरमाथा टोलमा ग्राभेल गर्नुपर्ने ।

वडा नं. ३ जनक मा व खैजनपुरमा ८ कोठे भवन निर्माण गर्नुपर्ने ।

वडा नं. ३ जनता मा वि, राजदेवी र जनता आधारभूत विद्यालयमा २ कोठे पक्की भवन निर्माण गर्नु पर्ने ।

वडा नं. ३ त्रिवेणी र सन्यासी मन्दिर निर्माणका साथै रामजानकी अतिथि सेवा सदन बनाउनु पर्ने ।

वडा नं. ३ रामजानकी खेलकुद मैदान निर्माण र घेराबेरा गर्नु पर्ने ।

वडा नं. ३ खैजनपुरमा दलीत विकास मञ्चको भवन निर्माण गर्नु पर्ने ।

वडा नं. ३ कोल्ड स्टोर निर्माण ग र्नु पर्ने ।

वडा नं. ३ बबिया सिमसार र पिकनिक स्पटको निर्माण ।

वडा नं.  ४ कदमाह सडक मार्गदेखि दक्षिणतर्फ जानेबाटो ग्राभेल तथा पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  ४ बिन्दावासीनी टोल विकास समितिको भवन निर्माणमा सहयोग अनुदान उपलब्ध गराउनु पर्ने ।

वडा नं.  ४ प्रगतिटोलको बाटोमा ग्राभेल बिछ्याउनुका साथै पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  ४ फर्सेट गैरीटोद्यमा १० वटा विजुलीको पोल गाडेर बिजुली बत्ती बाल्ने ।

वडा नं. ४ कदमाहा राजमार्गदेखि फर्सेट डाडाँटोलसम्म सडक पिच गर्नु पर्ने ।

वडा नं.  ५ कुमारी चोकदेखि दक्षिण अन्नपूर्ण मा वि चार किलोमिटर पिच र एकातर्फ पक्की नाला बनाउनु पर्ने ।

वडा नं.  ५ लक्ष्मी चौधरीको घरदेखि मसीलालको घरसम्म दुबै साइड नाला बनाउनु पर्ने ।

वडा नं.  ६ राजावास उत्तरबारी टोल हुँदै देउरी जलजले जोड्ने त्रियुगा नदीमा तत्कालै अस्थायी रुपमा झोलुङ्गे पुल निर्माण गरी स्थायी पक्की पुल बनाउनु पर्ने ।

वडा नं.  ६ पुरानो टोल देउरी र जलजलेसम्मको सडक खण्डमा पक्की नाला र कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  ६ स्कूल टोलमा नाला तथा कालोपत्रे रोड निर्माण गर्नुपर्ने ।

वडा नं.  ६ माथिल्लो पात्लेवास कुशमटारमा बसोबास गर्ने ३५ घरलाई सिंचाइ र खानेपानीको प्रवन्ध गर्नु पर्ने ।

वडा नं.  ६ इन्द्रावती आधारभूत विद्यालयमा खानेपानी उपलब्ध गराउनु पर्ने ।

वडा नं.  ६ लालपत्ता खोला नियन्त्रणका लागि तारजाली तत्कालै उपलब्ध गरी जोखिममा रहेको १५।२० घर जोगाउनु पर्ने ।

वडा नं.  ६ इन्द्रावती सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने ।

वडा नं. ६ खारदेखि घनचक्रेसम्मको गाउँमा सिंचाइ तथा खानेपानी योजनाहरु सञ्चालन गर्नु पर्ने ।

वडा नं. ७,८ र ९ मा कुनै पनि खेलमैदान नभएकोले विगतदेखि सञ्चालनमा रहेको उत्तराई टोलको खेल मैदानको निर्माण गर्नु पर्ने ।

वडा नं. ८ चौकीवारी उत्तराइ टोल जोड्ने नयाँपुलको वारिपारी किनारामा पुल संरक्षणका लागि तट्बन्ध बनाउनु पर्ने ।

वडा नं. ९ गैरुन कृष्णनारायण श्रेष्ठको घर उत्तरपूर्वको डाडाँमा भीमसेन मन्दिर निर्माण ।

वडा नं. ९ कृषि योग्ष जमिनमा डिपबोरिङ र सिचाइको प्रबन्ध गर्नु पर्ने ।

वडा नं. ९ कृषिमा आधारित र सञ्चालित नमूना तथा प्रयोगात्मक केन्द्र बनाउनु पर्ने ।

वडा नं. ९ सरस्वती दोभान त्रियुगा नदी छेउमा रहेको आर्यघाटसम्म जानेबाटो दिपुटोलदेखि आर्यघाटसम्म करिव डेढ किलोमिटर पीच गर्नु पर्ने ।

वडा नं. ९ उत्तराइ टोल सदा वस्तीको बाटो ग्राभेलका साथै वस्ती जोगाउन तटबन्धको तत्कालै व्यवस्था गर्नु पर्ने ।

वडा नं.  १० करमगाछी बेलदोभान कृषि सडकको स्तरोन्नती गरी पिच गर्नु पर्ने ।

वडा नं.  १० बाबरी सिस्ने हरित पार्कको पूर्वाधार विकासका निम्ति बजेट विनियोजन गर्नु पर्ने ।

वडा नं.  ११ विभिभ्न टोलहरु जाने भित्रि तथा गल्ली सडकहरुको विस्तार र निर्माणका लागि बजेट विनियोजन गर्नु पर्ने जस्तै संगमटोलको दीपक बुढाथोकीको घरदेखि पूर्व मीरा खडका विष्णु भट्टराई उद्धव खडका र चन्द्र भट्टराईको घर जाने गल्ली फराकिलो पार्नु पर्ने ।

वडा नं. ११ ढिम्की पिकनिक स्पट रहेको आसपासको जनसंख्यालाई दृष्टिगत गरी आधारभूत विद्यालय खोल्नु पर्ने ।

वडा नं.  ११ वरुवा बसपार्कदेखि ढिम्कीसम्म कालोपत्रे सडकको बनाउनु पर्ने ।

वडा नं.  ११ चप्पन बरुवाधारको साविक विद्यालयदेखि झोलुङ्गो पुलसम्म ८ मिटरको पिच बाटो बनाउनु पर्ने ।

वडा नं.  ११ साकेला टोलबाट प्याकुरेलको घर हुँदै आवादीको छेउछेउ इन्द्रेवर महादेव मन्दिरसम्म बाटो बनाउनु पर्ने ।

वडा नं.  ११ जगन्नाथ पौडेलको घरबाट पश्चिम ह्रदयनारायणको छोरीको घरसम्मको सडक पिच गरी पक्की नाली बनाउनु पर्ने ।

वडा नं.  १२ गफुर मियाँको घरदेखि पुरानो आर्यघाटसम्मको अधुरो सडक पक्की बनाउनु पर्ने ।

वडा नं. १२ विक्रम राउतको घरदेखि श्यामान्द चौधरी हुँदै सावित्रा तामाङको घर जानो सडक नाली निर्माण गर्नुपर्ने ।

वडा नं. १२ सुनगाभा टोलको नाली छोपेर बाटो बनाउनु पर्ने ।

वडा नं. १२ अर्जुन तामाङको घरदेखि पुष्प वि क र शैलेन्द्र खतिवडामाथी दुवै साइड नाला र कालोपत्रे हुनु पर्ने

वडा नं. १२ को त्रियुगा खोलाको किनारा हुँदै बसपार्क निस्कने दानबहादुर बोट प्रेमकुमार लिम्बूको रमाइ चौधरीको सडक बाटो पुर्न बजेट विनियोजन

वडा नं.  १३ बहेर्वा होमस्टेको सांस्कृतिक भवन निर्माण गर्नु पर्ने ।

वडा नं.  १३ वडा कार्यालय जानेबाटो र राजमार्गले छोएको असारी पोर्ताहा सडक खण्ड कालोपत्रे गर्नु पर्ने ।

वडा नं.  १३ मदन भण्डारी रोडबाट भुसुने डाडाँटोल हुँदै बरुवासम्म निस्कने बाटोको स्तरोन्नती गर्नुका साठ्थै खहरे खोलाहरु नियन्त्रणका लागि बजेट विनियोजन गर्नु पर्ने ।

वडा नं.  १३ भाँतीखर्कको दुवै साइड बाँध निर्माण

वडा नं.  १३ बाबा डिहिबर मन्दिर निर्माण र घेराबेरा गर्नु पर्ने ।

वडा नं. १५ जनता मा वि को कम्पाउन्ड वाल बनाउनु पर्ने ।

वडा नं. १५ धोद्रे रानीवास सडकको दुवै तर्फ नाली बनाउनुका साथै ग्राभेल गर्नु पर्ने ।

वडा नं. १५ प्रत्येक वर्षायाममा चट्याङका कारण जनधनको क्षति भएकाले प्रत्येक घरधुरीमा अर्थिङको व्यवस्था गर्नु पर्ने ।

वडा नं १६ सुकौरादेखि वडा कार्यलय जाने बाटो पिच हुनु पर्ने ।

 

माग गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

त्रियुगा नगर कमिटी गाईघाट उदयपुर ।

 

 

 

 

The post नेकपा एस त्रियुगा नगर कमिटीले बुझायो मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र (ध्यानाकर्षण पत्र सहित) appeared first on Nagarik Bahas.

]]>
स्ट्याण्डर्ड भिजन एकेडेमीमा नमूना निर्वाचन सम्पन्न https://nagarikbahas.com/archives/19778 Fri, 10 May 2024 15:57:01 +0000 https://nagarikbahas.com/?p=19778 उदयपुर । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ त्रियुगा नगरपालिका ३ मोतिगडामा अवस्थित स्ट्याण्डर्ड भिजन एकेडेमीले निर्वाचन प्रक्रियाद्वारा स्कुल क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेनको छनौट गरेको छ । एकेडेमीले विगत २ वर्षदेखि नमुना मतदानबाट क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास...

The post स्ट्याण्डर्ड भिजन एकेडेमीमा नमूना निर्वाचन सम्पन्न appeared first on Nagarik Bahas.

]]>
उदयपुर । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ त्रियुगा नगरपालिका ३ मोतिगडामा अवस्थित स्ट्याण्डर्ड भिजन एकेडेमीले निर्वाचन प्रक्रियाद्वारा स्कुल क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेनको छनौट गरेको छ । एकेडेमीले विगत २ वर्षदेखि नमुना मतदानबाट क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेन छनोट गर्दै आएको छ ।
निर्वाचन प्रणाली बारे सामाजिक अध्ययन विषयमा नै रहेकोले त्यसलाई व्यवहारमा उतार्न नमूनाको रुपमा ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रतिनिधि डिगम कार्की र रमेश यादवले निर्वाचन प्रणाली बारे कक्षा कक्षामा जानकारी गराएका थिए । निर्वाचन प्रणाली अन्तर्गत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रकृयामा जनप्रतिनिधिहरु कसरी निर्वाचित हुन्छन् ? भन्ने लगायतको विषयमा अनुशिक्षण पनि गरिएको निर्वाचन कार्यालय उदयपुरका प्रतिनिधि डिगम कार्कीले जानकारी दिए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने २३१ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा स्कुल क्याप्टेनका लागि २ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो भने स्कुल उपक्याप्टेनका लागि ८ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो ।

नमुना निर्वाचनमा उत्साहित हँुदै २०३ जना विद्यार्थीले मतदान गरेका थिए । निर्वाचन अनुरुप स्कुल क्यापटेन, उपक्यापटेन र हाउस क्याप्टेनको लागि एक किसिमको र अन्य कक्षागत क्याप्टेनका लागि अर्को गरि २ वटा मतपत्रमा मतदान गरेको थियो ।
स्कुल क्याप्टेन र उपक्याप्टेन, हाउस क्याप्टेन तथा कक्षागत क्याप्टेन पदका लागि विद्यार्थीहरु बिच तिब्र पतिस्पर्धा भएको र आफ्ना प्रतिस्पर्धी सोफिया कार्कीलाई उछिन्दै स्कुल क्याप्टेनका लागि निराजन हाङ्ग राई ९९ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत प्रतिज्ञा शाहीले जानकारी दिईन । उनका प्रतिष्पर्धी सोफिया कार्कीले ८९ मत प्राप्त गरेको थियो । स्कुल क्याप्टेनको लागि १५ मत बदर भएको थियो ।
उपक्याप्टेनका लागि सिवानी हमाल ४९ मत प्राप्त गरी विजय हुन सफल भएको थियो । यस्तै उपक्याप्टेनमा श्रेया बराल (४६), रेहान ठकुरी (४३), शिव श्रेष्ठ (१७), रितु श्रेष्ठ (११), रिना कार्की (९), स्मारिका तामाङ (५) मत प्राप्त गरेका थिए । २३ मत बदर भएको थियो ।

रेड हाउस छात्रा तर्फ रोज ठकुरी सर्वाधिक मत १११ मत सहित विजयी भएको छ । यस्तै रेड हाउस छात्र तर्फ रोशन दियाली ८५ मत सहित विजय भएको थियो । ग्रिन हाउस छात्र तर्फ ८६ मत सहित अनमोल कटुवाल, ग्रिन हाउस छात्रा तर्फ ६१ मत सहित क्रिष्टिना खड्का, ब्लु हाउस छात्र तर्फ ६७ मत सहित समिर कार्की, ६६ मत सहित ब्लु हाउस छात्रा तर्फ आयुशा थापा, एल्लो हाउस छात्र तर्फ ७७ मत सहित सुनिल तामाङ विजयी भएको छ । यस्तै एल्लो हाउस तर्फको छात्रामा दिपिका बस्नेत र सुहाना थापाको समान मत आएपछि चिठ्ठा मार्फत टुङ्गो लगाईने निर्वाचन अधिकृत शाहीले जानकारी दिईन् ।
कक्षागत क्याप्टेनमा कक्षा १० मा क्रिष्टि दाहाल निर्विरोध भएकी थिइन भने कक्षा ९ मा मौसम ठकुरी, कक्षा ८ (ए) मा सन्योग राई, कक्षा ८ (वि) मा विनोद मगर, कक्षा ७ (ए) मा मनिस विक, कक्षा ७ (बी) मा पेमा शेर्पा, कक्षा ६(ए) मा राजिव कार्की र कक्षा ६(वि) मा डोमिहाङ्ग राई विजयी भएका छन् ।

आगामी दिनमा विज्ञान तथा प्रविधि क्लब, गणित क्लब, वातावरण क्लब, पत्रकारिता क्लब, खेलकुद क्लब, अनुशासन क्लब लगायत क्लब पनि गठन गर्ने प्रबन्ध निर्देशक ठकुरीले बताए ।

The post स्ट्याण्डर्ड भिजन एकेडेमीमा नमूना निर्वाचन सम्पन्न appeared first on Nagarik Bahas.

]]>
लिम्चुङबुङ नामाकरणको उपलक्ष्यमा आज सार्वजनिक बिदा https://nagarikbahas.com/archives/19758 Mon, 26 Feb 2024 02:47:49 +0000 https://nagarikbahas.com/?p=19758 उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाको नामाकरण गरेको दिन आज फागुन १४ गते सार्वजनिक बिदा दिएको छ । पालिकाभित्रका सरकारी कार्यालयहरुमा जसमा वडा कार्यालयहरु, गाउँपालिका, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने सुचनामार्फत् जानकारी दिएको छ । गाउँपालिका अध्यक्षस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो । आइतबार एक विज्ञप्ति निकाल्दै प्रमुख प्रशासकिय...

The post लिम्चुङबुङ नामाकरणको उपलक्ष्यमा आज सार्वजनिक बिदा appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाको नामाकरण गरेको दिन आज फागुन १४ गते सार्वजनिक बिदा दिएको छ । पालिकाभित्रका सरकारी कार्यालयहरुमा जसमा वडा कार्यालयहरु, गाउँपालिका, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने सुचनामार्फत् जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्षस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो । आइतबार एक विज्ञप्ति निकाल्दै प्रमुख प्रशासकिय अधिकृत योगेन्द्र राज गुरुङले सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

पत्रमा लिम्चुङबुङको जनताले पाएको आफ्नो लोकतान्त्रिक अधिकारलाई व्यवहारिक रुपमा प्रयोग गरि गाउँपालिकाको नाम लिम्चुङबुङ गाउँपालिका नामाकरण गरेको ऐतिहासिक दिन हो । गाउँपालिकाले नामाकरण भएको छैटौं वर्षको अवसरमा भोली उत्सवको रुपमा गाउँबासीलाई मनाउन अनुरोध गरिएको छ ।

The post लिम्चुङबुङ नामाकरणको उपलक्ष्यमा आज सार्वजनिक बिदा appeared first on Nagarik Bahas.

]]>
कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी https://nagarikbahas.com/archives/19516 Sun, 09 Jul 2023 11:20:27 +0000 https://nagarikbahas.com/?p=19516 उदयपुर । उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् । आइतबार दिउँसो उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई...

The post कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् ।

आइतबार दिउँसो उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो । तर अन्तिम समयमा नाम काटिएको थियो । कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।

माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार सुरुमा जीवन आचार्य र नारायण बुर्जा मगरलाई पठाउने दलको तयारी थियो । तर आइतबार उनको ठाउँमा पार्टीले राजेन्द्र कार्कीलाई सरकारमा पठाउने निर्णय गरेको हो । उनीहरु दुबै जनाले मन्त्री पदको शपथ लिइसकेका छन् ।

प्रचण्डका ज्वाइँ आचार्य भने यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए । २९ पुसमा माओवादीले आचार्य र दुर्गा चापागाईंलाई मन्त्री बनाएको थियो । त्यतिबेला बुर्जा मगरलाई पछि सरकारमा पठाउने भन्दै मनाइएको एक प्रदेशसभा सदस्य बताउँछन् । तर यो पटक पनि मन्त्री बन्ने बाटो बन्द भएपछि उनले फेसबुकमार्फत्त असन्तुष्टि व्यक्त गरेका हुन् ।

The post कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकाको आगामी बजेट एक अर्व ४७ करोड, पूर्वाधार विकास बजेट २ करोड, प्रशासनिक खर्च २३ करोड ३५ लाख विनियोजन https://nagarikbahas.com/archives/19490 Sun, 25 Jun 2023 13:30:58 +0000 https://nagarikbahas.com/?p=19490 उदयपुर । त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ सालको वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ योजनाहरु पनि प्रस्तुत गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकाको कर प्रणालीलाई सुधार गरी सफ्टवेयरको...

The post त्रियुगा नगरपालिकाको आगामी बजेट एक अर्व ४७ करोड, पूर्वाधार विकास बजेट २ करोड, प्रशासनिक खर्च २३ करोड ३५ लाख विनियोजन appeared first on Nagarik Bahas.

]]>
उदयपुर । त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ सालको वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ योजनाहरु पनि प्रस्तुत गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकाको कर प्रणालीलाई सुधार गरी सफ्टवेयरको माध्यमबाट कर असुली गर्ने, मोबाइल एप्सको विकास गरी अनलाइनबाट कर तिर्ने व्यवस्था मिलाउने, निजी स्वास्थ्य संस्थालाई सुचिकृत गरि कुल सेवाग्राहीको १० प्रतिशत सेवाग्राहीलाई निःशुल्क सेवा अनिवार्य उपलब्ध गराउन पहल गर्ने, संस्थागत विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको १० प्रतिशत गरिव, अल्पसंख्यक, सिमान्तकृत विद्यार्थीहरुलाई निःशुल्क भर्ना र मासिक छुट गराउन प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

११ औ नगर सभाले अनुमानित १ अर्ब ४७ करोड ३४ लाख ९ हजारको बजेट प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षमा १ अर्व २८ करोड ५३ लाख ३० हजार रुपैया विनियोजन भएको थियो । नगर उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरले बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ २० करोड ३० लाख, राजश्व वाँडफाँड तर्फ १९ करोड १६ लाख ४७ हजार, प्रदेश सरकार अनुदान तर्फ ५ करोड ८२ लाख ६२ हजार र संघिय सरकार अनुदान तर्फ तर्फ १ अर्व २ करोड ५ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ३२ लाख ९० हजार, संघिय वित्त ीय समानीकरण अनुदान २० करोड १८ लाख गरी १ अर्व ४७ करोड ३४ लाख ९ हजारको बजेट विनियोजन भएको छ ।

यस्तै खर्च तर्फ पूर्वाधार विकास बजेट २ करोड विनियोजन गरेको छ भने प्रशासनिक खर्च २३ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छ । यस्तै आर्थिक विकास अन्तर्गत (कृषि, पशु, सहकारी, पर्यटन र लघु, साना उद्यम प्रोत्सहान) तर्फ १ करोड, सामाजिक विकास तर्फ २ करोड ३० लाख, वन, वातावरण, विपद्, फोहरमैला तर्फ ५ लाख, संस्थागत क्षमता विकास तर्फ ८ लाख बजेट विनियोजन भएको छ ।
वडागत रूपमा १६ वडालाई ६० लाखका दरले अलग्गै बजेट विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नति, कल्भर्ट र भवन निर्माण, पार्क निर्माणलगायत १५ योजना छन् । शिक्षा, स्वास्थ्य, टोल विकास, साहित्य, कला, भाषाका साथै आदिवासीजनजाति र मधेसी तथा पिछडा वर्गको हितका लागि पनि कार्यक्रम पारित गरिएको छ ।

त्यसैगरी महिला, बालबालिका, युवा र किशोरी, अपांग र दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । सभाको अध्यक्षता मेयर बसन्त कुमार बस्नेतले गरेका थिए ।

The post त्रियुगा नगरपालिकाको आगामी बजेट एक अर्व ४७ करोड, पूर्वाधार विकास बजेट २ करोड, प्रशासनिक खर्च २३ करोड ३५ लाख विनियोजन appeared first on Nagarik Bahas.

]]>
उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी https://nagarikbahas.com/archives/19469 Wed, 07 Jun 2023 14:35:20 +0000 http://nagarikbahas.com/?p=19469 उदयपुर – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तःशुल्क, कर्मचारी र...

The post उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी appeared first on Nagarik Bahas.

]]>
उदयपुर – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।

नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस,कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ ।

उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न उद्योग मन्त्रालयसँग पैसा मागिएकोमा बजेट सूनिश्चिता नभएपछि महाप्रबन्धक न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले उद्योगको लाइन समेत काटिदिएको थियो । अधिकांश समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बचाइदिन आग्रह गर्दै आएका छन् ।

महाप्रबन्धक न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकबाट हटाएर नयाँ महाप्रबन्धक नियुक्ति गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरू केही दिनदेखि काठमाडौंमा रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग बाणिज्य मन्त्रालयमा धर्ना दिँदै आएका थिए । बुधबार मात्र उनीहरूले महाप्रबन्धक न्यौपानेले पदबाट राजीनामा दिएको खबर पाएका हुन् ।

न्यौपानेले उद्योगमा अधिक भ्रष्टाचार गरेको र भ्रष्टाचारकै कारण उद्योग चल्नै नसक्ने अवस्थामा पुगेपछि उनको राजीनामा माग गर्दै कर्मचारीहरू काठमाडौं आएका थिए । सिमेन्टका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कोइला अभाव, उद्योगको मेसिनहरु पुराना भएकाले समस्या भएको बताउँदै आएका थिए ।

यस्तै महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जाँदाजाँदै रिजेक्ट कोइलाको भुक्तानी गरेको खुलेको छ । महाप्रबन्धक न्यौपाने परिवारको समेत शेयर रहेको बेसलाइन होल्डिग्स प्रा.लि.ले गुणस्तरहिन कोइला आपूर्ति गरे पनि सो कम्पनीलाई ७० लाख भुक्तानी गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ । कोइलामा कहिले भुस मिसिएको कहिले, माटो मिसिएको लगायत गुणस्तरहिन कोइला आपूर्ति गरेको गुनासोहरुको आधारमा नेपाल गुण नियन्त्रण विभागबाट चेकजाँच गर्दा बेललाइन होल्डिङ्गस प्रा.लि.ले आपूर्ति गरेको करिव ४४९ मेट्रिक टन कोइला गुणस्तरहिन भएको प्रमाणित गरेको थियो ।

रिजेक्ट कोइला पुनः फिर्ता गरेपछि गेटपासमा नै स्पष्ट लेखेर पुनः फिर्ता गरेको कोइला । तस्विर : नागरिक बहस

कोइला आपूर्तिक कर्ता बेसलाइन होल्डिङ्गस प्रालिले सम्झौतामा काइलाको मोइश्चर कन्टेन्ट बढीमा ५ प्रतिशत, आश कन्टेन्ट बढीमा २३ प्रतिशत, भोलाटाइल म्याटर २८ देखि ३७ प्रतिशतसम्म, सल्फर कन्टेन्ट बढीमा १ प्रतिशत, ग्रोस क्यारोफिक भ्यालु (जिसिभी) घटीमा ५७०० प्रतिकेजी हुनु पर्ने सम्झौता भएको छ । तर कोइला परीक्षणमा पास नभएपछि उद्योगले फिर्ता गरेको थियो ।

सो गुणस्तरहिन कोइला उद्योग प्रशासनले फिर्ता गरेपनि सो कोइलाबापत जेष्ठ १५ गते ३० लाख र जेष्ठ १६ गते ४० लाख गरी ७० लाख भुक्तानी गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ । उद्योगको गेटपासमा ८ ट्रक रिजेक्ट कोइलालाई फिर्ता गरेपनि सो कोइला आपूर्ति गर्ने बेसलाइन होल्डिङ्गस कम्पनीले फिर्ता लिएर गएको रिजेक्ट कोइला पुनः फर्काएर ल्याउन खोज्दा ना.७ ख ९०२१ नम्बरको ट्रक समातिएका छन् । जेष्ठ १५ गते रिजेक्ट कोइला बोकेको ना.७ ख ९०२१ नम्बरको ट्रकले उद्योगको गेट पासबाट बाहिरिएर चुहाडेमा बासबसेर त्यसको भोलि पल्ट (जेष्ठ १६ गते) सोही ट्रक पुनः फर्काएर ल्याएका थिए ।

रिजेक्ट कोइला पुनः फिर्ता गरेपछि गेटपासमा नै स्पष्ट लेखेर पुनः फिर्ता गरेको कोइला । तस्विर : नागरिक बहस

गुणस्तरहिन कोइला भएपछि उद्योगले रिजेक्ट गरेका थिए तर महाप्रबन्धक तथा विभागको दवावमा रिजेक्ट कोइला प्रयोगको लागि ल्याएर खन्याउन खोज्दा सो ट्रक समातिएका थिए । रिजेक्ट कोइला भएको ट्रक पुनः फिर्ता लिएर आएपछि समातिएपछि उद्योगको गेटपासले २०८०/२/१६ गते उद्योगले रिजेक्ट फिर्ता पठाएकोमा सो फिर्ता सम्बन्धित स्थानमा नपुगी उद्योग भित्र आएकोले पुनः फिर्ता गरिएको भनेर गेटपास दिइएको पाइएको छ । रिजेक्ट कोइला पुनः ल्याएपछि उदयपुर सिमेन्ट उद्योग बचाऔं अभियानकर्ताहरुले ट्रक पक्राउ गरि जलजले प्रहरी चौकीमा बुझाएका थिए । जलजले प्रहरी चौकीले कोइला सहितको एक ट्रक यस कार्यालयमा ल्याएर राखिएको स्वीकार गरे पनि दुई दिनपछि सो ट्रकलाई छोडेका थिए ।
न्यौपानेले जिम्मेवारीमा रहँदा करोडौं आर्थिक अनियमितता गरेको कर्मचारी बताउँछन् । उद्योगमा लगानी नबढाएसम्म उत्पादन बढाउन नसकिने बताउँदै आएका न्यौपाने २०७७ पुस २० को मन्त्रिपरिषदको बैठकबाट २ वर्षका लागि महाप्रबन्धकमा नियुक्त भएका थिए ।
न्यौपानेको कार्यकाल २०७९ पुस २० मा सकिन लागेको थियो । तर, २०७९ असोज ७ मा बसेको मन्त्रिपरिषदले २०७७ पुस २० बाट लागू हुनेगरी थप एक वर्ष थपिदिएको थियो । मन्त्रिपरिषदले विधि मिचेर महाप्रबन्धकको कार्यकाल एक वर्ष थपिदिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका २०७७ अनुसार महाप्रबन्धकको कार्यकाल २ वर्ष मात्रै हो । कार्यसम्पादन सन्तोषजनक भए बढीमा दुई वर्षका लागि कार्यकाल थप गर्न सक्ने व्यवस्था छ । तर महाप्रबन्धक न्यौपनेको कार्यकाल सुखद थिएन । सिमेन्ट उद्योग अधिकांश समय बन्द नै छ, कर्मचारीहरुले तलब पाएका छैनन् । उद्योग सञ्चालन गर्न नसकेको चौतर्फी आलोचना भएपछि मंगलबार भने राजीनामा नै दिएका हुन् ।

सम्बन्धित थप समाचारहरु

 

 

The post उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी appeared first on Nagarik Bahas.

]]>