मनाेरञ्जन – Nagarik Bahas https://nagarikbahas.com . Thu, 07 Nov 2024 06:26:39 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष https://nagarikbahas.com/archives/19879 Thu, 07 Nov 2024 06:26:39 +0000 https://nagarikbahas.com/?p=19879 उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार...

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार बढी रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न समुदायको शिक्षा र स्वास्थ्यमा खर्च गरिने जनाएको छ ।
तिहारका वेला खेलिने देउसीमा समेत धनी गरिब भनेर भेदभाव नहोस भनेर च्याम्बरले सुकुम्बासी वस्तिमै पुगेर देउसी खेलेको च्याम्बरका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । “भेदभाव नहोस भनेर हामीले सुकुम्बासी वस्तिबाट देउसी थाल्यौ र यसको समापन हामी कटारी ४ को दलित मुसहर वस्तिमा गर्नेछौं ,”अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अहिले कटारीको विभिन्न स्थानहरुमा च्याम्बर परिवारले देउसी खेलिरहेको छ । “संकलित सवै रकम संस्थाको निर्णय बमोजिम सुकुम्वासी र लक्षित क्षेत्रमा खर्च गर्नेछौं ।”देउसीको माध्यमबाट सामाजिक काम गर्न सकियोस भनेर देउसी आयोजना गरिएको हो ।

कटारी ४ मा दर्जन वढी घर परिवारको सुकुम्वासी वस्ति छ । त्यहाँका बालबालिकाहरु आर्थिक अवस्था कमजोर हुँदा शिक्षा र स्वास्थ्यमा पछाडी परेका छन् । च्याम्बरले कटारी बजारका सम्पूर्ण व्यापारी, व्यवसायी तथा सरोकारवालाहरुलाई देउसीमा सहभागी हुन आग्रह गरेको थियो ।

देउसी भैलो कार्यक्रममा साथ सहयोग र समर्थन दिनु हुने स्थानीय संघ, संस्था, जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यावसायी, स्थानीय सरकार, प्रहरी, प्रशासन लगायतलाई धन्यवाद दिएका छन् ।

 

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
राधा सुवेदीकाे “अब तिमी उसैको भयौ “ गीतको म्युजिक भिडियो सार्वजनिक https://nagarikbahas.com/archives/19792 Mon, 03 Jun 2024 02:56:09 +0000 http://nagarikbahas.com/?p=19792 इटहरी । चर्चित साहित्यकार राधा सुवेदीले स्वर दिएको “अब तिमि उसैको भयौ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट...

The post राधा सुवेदीकाे “अब तिमी उसैको भयौ “ गीतको म्युजिक भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>

इटहरी । चर्चित साहित्यकार राधा सुवेदीले स्वर दिएको “अब तिमि उसैको भयौ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतकाे निर्देशन, सुरेस चन्द्र दाहालकाे सम्पादन रहेकाे उक्त भिडियाेमा भने प्राेडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् ।  भिडियाे दि म्युजिक इरामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।

साचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीत सँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।

 

The post राधा सुवेदीकाे “अब तिमी उसैको भयौ “ गीतको म्युजिक भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने https://nagarikbahas.com/archives/19699 Mon, 05 Feb 2024 02:52:55 +0000 https://nagarikbahas.com/?p=19699 उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज बारहौ दिन चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ, गंगा गौतम आचार्य र रुपा घर्ती मगरको प्रस्तुति रहने छ । युवा पिढीको लोकप्रिय गायक दुर्गेश थापा, लोकप्रिय गायिका साइमा श्रेष्ठ आज (सोमबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । “कृषि,...

The post उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज बारहौ दिन चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ, गंगा गौतम आचार्य र रुपा घर्ती मगरको प्रस्तुति रहने छ । युवा पिढीको लोकप्रिय गायक दुर्गेश थापा, लोकप्रिय गायिका साइमा श्रेष्ठ आज (सोमबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार स् उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ । एक्स्पोको समय केहि दिन थपिने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु। ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

The post उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने https://nagarikbahas.com/archives/19695 Sun, 04 Feb 2024 02:50:19 +0000 https://nagarikbahas.com/?p=19695 उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज एघारौं चर्चित गायिका तथा कलाकार ज्योति मगर र गायक श्रीकृष्ण बम मल्लको प्रस्तुति रहने छ । सवै खाले वर्गको आकर्षक लोक गायिका ज्योति मगर आज (आइतबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ ।...

The post आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज एघारौं चर्चित गायिका तथा कलाकार ज्योति मगर र गायक श्रीकृष्ण बम मल्लको प्रस्तुति रहने छ । सवै खाले वर्गको आकर्षक लोक गायिका ज्योति मगर आज (आइतबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ । उदयपुर एक्स्पोका उद्घोषकले गायिका मगरलाई प्रचारको मुख्य पात्र नै बनाएका छन् ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु। ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

The post आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने appeared first on Nagarik Bahas.

]]>
उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने https://nagarikbahas.com/archives/19682 Sat, 03 Feb 2024 03:06:15 +0000 https://nagarikbahas.com/?p=19682 उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज दशौं दिन चर्चित मैथली डान्सर प्रिति पासवानको पुनः  प्रस्तुति रहने छ । शुक्रबार प्रस्तुत गरेको सांगतिक कार्यक्रममा प्रिति पासवानका समर्थकहरुले पुनः शनिबार स्टेजमा आईदिन माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवानको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला तथा महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाका अनुसार...

The post उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज दशौं दिन चर्चित मैथली डान्सर प्रिति पासवानको पुनः  प्रस्तुति रहने छ । शुक्रबार प्रस्तुत गरेको सांगतिक कार्यक्रममा प्रिति पासवानका समर्थकहरुले पुनः शनिबार स्टेजमा आईदिन माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवानको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेला तथा महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाका अनुसार शुक्रबारको कार्यक्रममा प्रिति पासवानको समर्थकहरुले पुनः प्रिति पासवानको प्रस्तुतिको माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवान, चर्चित गायिका अन्जु कुश्मी, चर्चित गायक रवि रिमाल र भोजपुरी कलाकार प्रमोद जख्मीको पनि प्रस्तुति रहने छ । साथमा द विरल बाण्ड, एभरेष्ट कल्चरल आर्ट सोसाइटीको साथै काठमाण्डौं डान्स ग्रुपको बेजोड प्रस्तुति रहनेछ ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु। ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

The post उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने https://nagarikbahas.com/archives/19676 Thu, 01 Feb 2024 02:34:30 +0000 https://nagarikbahas.com/?p=19676 उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज आठौं दिन चर्चित थारु गायिका अनु चौधरी, चर्चित हाँस्य कलाकार राजेन्द्र गिरी (जादुगर गुन्द्रुके) र गायक दिपक खड्कको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा...

The post उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज आठौं दिन चर्चित थारु गायिका अनु चौधरी, चर्चित हाँस्य कलाकार राजेन्द्र गिरी (जादुगर गुन्द्रुके) र गायक दिपक खड्कको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ ।
“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

The post उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने https://nagarikbahas.com/archives/19673 Wed, 31 Jan 2024 02:47:22 +0000 https://nagarikbahas.com/?p=19673 उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा...

The post उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ ।

“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महोत्सवमा माघ ११ गतेबाट संचालन भईरहेको छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी स्टलसहित दुई सय स्टल रहेको छ भने महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, उदयपुरका हस्तकलाका सामग्री विक्री, महिला उद्यर्मीले तयार पारेको सामग्रीको साथै बंगलादेशी र पाकिस्तानी स्टलहरु पनि राखिएको छ । अग्नी ग्रुपको महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर, पिकअप, स्कारपियोको साथै सिजी ग्रुपको ११ र १५ सिटर इलेक्ट्रोनिक्स गाडीहरु विशेष छुटमा विक्री भईरहेको छ ।

एक्स्पोमा २ सय स्टल रहेको छ । एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुँदैछ । महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

The post उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने appeared first on Nagarik Bahas.

]]>
माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने https://nagarikbahas.com/archives/19612 Wed, 29 Nov 2023 12:33:50 +0000 https://nagarikbahas.com/?p=19612 उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा...

The post माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने appeared first on Nagarik Bahas.

]]>
उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर एक्स्पो २०८० आयोजना गर्ने जनाएको छ । एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रर्दशनीमा राखिने संघका अध्यक्ष चुडामणि कार्कीले बताए ।
‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने। उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको कार्कीले जनाएको छ ।

विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष कार्कीले जनाएको छ ।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको मेला व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाले बताए । उनका अनुसार गत बैशाख २० गते लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको बैठकले आगामी माघ २६ गतेबाट उदयपुर एक्स्पो गर्न लागिएको जनाएको छ ।

एक्स्पोमा पर्यटन क्षेत्र र उद्योगको प्रवद्र्धन, डुङ्गा, राफ्टिङ, प्यारागलाइडिङ लगायतको मज्जा पनि लिन पाउने छ । कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, कला प्रदर्शनी लयायत प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा महासचिव सुनिल साहले जनाएको छ ।

महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने लक्ष्य लिइएको महासचिव साहले जनाएको छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिने आयोजकले जनाएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । रमाइलो मेला, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

हरेक नागरिकको जिम्मेवारी दुव्र्यसन विरुद्ध खबरदारी भन्ने नाराका साथ यस उदयपुर महोत्सवमा पोष्टर, पम्प्लेट, ब्रोसरका साथै जनचेतना मुलक प्रचार सामग्री तयार गरी स्टल समेत राखी जनचेतना एवं परामर्श सेवा कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

एक्स्पोको लागि पहिलो चरणको काम सकिएको छ । एक्स्पोमा २ सय स्टल हुने छ । महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।

एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रवेश शूल्क छुट गरिएको छ ।

एक्स्पो व्यवस्थापनका लागि १३१ जनाको मूल समिति रहने बताइएको छ । ५ जना सदस्य रहने मेला महोत्सव व्यवस्थापन समिति र बिभिन्न कार्यात्मक ३० उपसमिति र १९ वटा समिति रहने संघ उदयपुरका महासचिव साहले बताए । स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।

आयोजक अर्थात जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र संघमा आबद्ध पालिका संघका फर्महरुलाई २० प्रतिशत छुट दिइने उल्लेख छ । यस्तै दुई स्टल बुकिङ गर्नेलाई १० र दुईभन्दा बढी स्टल बुकिङ गर्नेहरुले १५ प्रतिशतसम्म छुट सुबिधा पाउनेछन् । मुख्य प्रायोजक बन्न चाहने फर्म वा व्यवसायिक संस्थाले १० लाख जम्मा गर्नुपर्ने उल्लेख छ । जसका लागि दुई विशेष स्टलसमेत प्रदान गरिनेछ । सह–प्रायोजकका लागि जम्मा गर्नुपर्ने रकम सात लाख तोकिएको छ । जसलाई एक विशेष स्टल प्रदान गरिनेछ ।

 

The post माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने appeared first on Nagarik Bahas.

]]>
प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो https://nagarikbahas.com/archives/19580 Sun, 12 Nov 2023 04:21:33 +0000 https://nagarikbahas.com/?p=19580 उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो । बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान...

The post प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो ।

बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ भने शिव शक्ति टोल खेरा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजेता मध्ये प्रथम हुने समूहलाई आयोजकले नगद रू. ५ हजार, द्वितीय हुने समूहलाई ३ हजार, तृतीय हुने समूहलाई २ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा १३ वटा टिम सहभागी भएका थिए ।

महोत्सवमा सहभागी हुने टिमहरू थारू सामुदायिक होमस्टे पूर्वटोल जोगीदह, अमृता चौधरीको टोली देवधार, बेहड्वा थारू होमस्टे–१३, अपेक्षा चौधरीको समूह, पदम चौधरी पुर्व टोल ज्यामिरे, सीतादेवी चौधरी पुर्व टोल ज्यामिरे, शिव बाबा मण्डली देवधार, भिम सरदार बाबा कीर्तन मण्डली–९, विपल पञ्जियार समूह ज्यामिरे–९, थारू समुदाय होमस्टे बाल समूह, एकता बाल क्लब मोडिगडा र रामजानकी समूह हडियाले प्रतियोगितामा भाग लिएका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिएको थियो । जसअनुसार हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषा÷पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकन गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको थियो ।

यसका साथै हुक्के हुक्का महोत्सवमा वृहत्त थारू सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो जसमा विभिन्न समूहहरूले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि त्रियुगाको पूर्व मेयर तथा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी रहेका थिए भने जिल्लाका बिशिष्ट ब्यक्तिहरु प्रमुख जिल्ला अधिकारी लगायतका अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रमको सहयोगी सस्थाहरुमा स्व. डा. मनोज चौधरी स्मृति प्रतिष्ठान उदयपुर र स्व. जंगलु चौधरी स्मृति प्रतिष्ठान चौदण्डीगढी नगरपालिका ९ ले गरेको थियो ।

थारु समुदायमा किन मनाइन्छ हुक्केहुक्का ?

अन्धन लक्ष्मी घर ढुक
दलिदर भूत बहार हो

अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

हिन्दु नेपालीहरुले तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याइरहँदा तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले घर–घरमा हुक्के–हुक्का खेलेर र सुप्पो (नाङ्लो) ठटाएर भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्मी भित्र्याउने गर्छन् ।

परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन पूर्वका थारु समुदायले हातमा सन्ठी (जुट निकालिसकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्के–हुक्का खेलेर भित्र्याउँछन् । त्यस्तै पश्चिम नेपालका थारु समुदायले मादल ठोकेजस्तै सुप्पो (नाङ्लो) ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलिच्छिन टाढा जा लक्ष्मी घरमा आऊ) नारा लगाउँदै लक्ष्मी भित्र्याउँछन् ।

पूर्वका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र दलिदर (राक्षस) बाहिर जाओस् र धनकी देवी लक्ष्मी भित्र पसुन् भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने गरेको थारु संस्कृतिविद् भुलाई चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘हुक्के हुक्का थारु समुदायको एउटा मौलिक पर्व हो। वर्षभरिमा घरमा लुकेर बसेको भूत, पिचास र दलिदर (राक्षस)लाई सन्ठीमा आगो लगाएर घरबाट धपाउने गरिन्छ । त्यसपछि लक्ष्मीलाई भित्र्याउने गरिन्छ । हाम्रो समाजमा यो चलन प्राचीन हो ।’

लक्ष्मीपूजाको साँझ प्राय थारु समुदायले आ–आफ्नो घरमा÷टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्के हुक्का तयार गर्छन् । उनीहरुले आजको दिन आफ्नो घरमा सनपाट÷जुटबाट (नभए अरुकोबाट मागेर भए पनि ल्याएर) हुक्के–हुक्का बनाएर खेल्ने गर्छन्।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएको संस्कृतिविद् चौधरी बताउँछन्। उनी भन्छन्, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने गरेको छ ।’

यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित शिवशंकर चौधरी बताउँछन् । उनी भन्छन्, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ । पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन् । युवाहरु कृत्रिमतातर्फ आकर्षिक हुँदै गएका छन् ।’

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका–३, मोतीगडाका किसान नन्दबत्ती चौधरीले बताइन् । उनले भनिन्, ‘ताल तलैया, पोखरीहरु पुरिए । अर्कोतिर सनपाट पनि खासै पाइदैन । अब कसरी खेल्ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नुपर्ने देखिन्छ ।’

परम्परा अनुसार घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्काइएको हुक्के हुक्कालाई तीन पटकसम्म देउता घरको चारैतिर घुमी दोबाटो वा खाली चौरमा लगी खेल्ने चलन छ । खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन् ।

हुक्के– हुक्का बेहानके नोन बगिया
हुक्के–हुक्के बेहानके तेल बगिया

पुर्वमा थारु समुदायले खेलिने हुक्के–हुक्का । यहाँ हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याउने गरिन्छ ।

किंवदन्ती अनुसार हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ । यसले उब्जनी राम्रो हुने मान्यता रहेको छ । अन्नबाली राम्ररी सप्रियोस् भनी हुक्के हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आ–आफ्नो घर जाने चलन छ ।

यस्तै एउटा एउटा जलेको हुक्के हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ । हुक्केहुक्का खेलिसकेपछि किसानले नयाँ अन्नबाली भित्र्याउने चलन रहेको छ ।

 

The post प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो appeared first on Nagarik Bahas.

]]>
आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै https://nagarikbahas.com/archives/19574 Sat, 11 Nov 2023 02:40:40 +0000 https://nagarikbahas.com/?p=19574 उदयपुर । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज शनिबार हुदैछ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम आज शनिबार चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल,...

The post आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज शनिबार हुदैछ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम आज शनिबार चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ ।
थारुमा ‘अन्धन लक्ष्मी घर ढुक, दलिदर बहार हो’ अर्थात ‘धनकी देवी लक्ष्मी घरभित्र आओ, भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ’ भन्ने मन्त्र सहित हुकेहुका खेल्ने चलन रहे पनि अहिले लोप हुन लागेकोले संस्कृति बचाउनको लागि हुकेहुका महोत्सव गर्न लागिएको हो ।

थारु संस्कृतिका जानकार जयराम पञ्जियार चौधरीका अनुसार हुकेहुकामा अन्नपात र धनलक्ष्मी घरभित्र बोलाउने तथा भुत प्रेत, पिसाच र अलक्षिण घरबाहिर धपाउन यो बेला मन्त्रोच्चारण गर्ने चलन चलिआएको हो । ‘अन्धनलक्ष्मी घर आव, भुतप्रेत, दरिद्र सव बाहर जाव’ अर्थात अन्न पात, धन दौलत र लक्ष्मी घरभित्र पस, भूतप्रेत र दुःख कष्ट घर बाहिर भगाउन यो मन्त्र जप्ने गरिएको छ । थारु समुदायले वर्षभरीका ५ खालका बिकृतिहरु दरिद्र, क्रोध, लोभ, मोह र पाप त्याग्दै राम्रा र असल कामहरुको सुरुवात गरी आउँदो वर्ष सुखले बिताउन प्रार्थना गर्ने दिनको रुपमा पनि हुकेहुकालाई लिने गरेको पञ्जियारले बताए । थारु शब्दमा दिपावलीलाई सुकराइत भन्ने चलन छ । यसै दिनदेखि नयाँ अन्नबाली भित्राउने चलन रहेको छ । नयाँ अन्नबाली गाई गोरुलाई खुवाई भित्र्याउने गरिन्छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरीले सनपाटको सन्ठीको मुठालाई बाबियो खरले बाँधेको राँको बालेर फाल्ने परम्परा हुकेहुका वर्षभरीका गलत क्रियाकलाप त्यागेर आगामी वर्ष शान्ति र प्रगतिका साथ बिताउने मनोकामना गर्ने गरिएको बताए । उनका अनुसार औँसीको साँझ वर्षभरी भुलवश तथा जानाजान भएका गल्ती कमिकमजोरी, घरायसी झगडा, बमनश्य, इश्र्या, लडाई, क्रोध, लोभ र मोह त्याग्न मन्त्र जप्दै सन्ठीको राँको फाल्ने परम्परा रहेको बताए ।

प्रमुख अतिथि चौधरीले देशका सबै जातजाति, भाषाभाषी, समुदाय र धर्मको सम्मान गर्नुपर्ने बताएका छन् । उदयपुरमा देशमै पहिलोपटक हुन लागेको ‘हुकेहुका महोत्सव ०८०’को बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका नेता चौधरीले नेपाल जातीय बिबिधतामा एकता र धार्मिक सहिष्ण्ुाताको उदाहरणीय मुलुक रहेको बताए ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुनिता चौधरी र विद्वान थारु अगुवाहरुसमेत सहभागी कार्यक्रमा नेपालकै पहिलोपटक सार्वजनिक रुपमा मनाउन लागिएको हुकेहुका यसअघि थारु समुदायले घरमा सीमित रहेको पूर्व मेयर चौधरीले बताए । उनले सबै जातजाति र समुदायको संस्कार, संस्कृति, परम्परा र भेषभुषालाई नेकपा (एस)ले साझा सम्पत्तिको रुपमा बुझ्ने गरेको भन्दै राज्यले पनि सबैलाई समान सम्मान गर्नुपर्नेमा जोड दिए ।

थारु समुदायका धेरै संस्कार, संस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगिसकेको हुनाले समाज र राज्यको नजर तान्ने गरी महोत्सव आयोजना गर्न लागेकोमा आयोजक समितिलाई धन्यबाद दिए ।

वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईने उक्त महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमसः ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिने छ । हुकेहुकाको वनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभुषा÷पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकण गरिने छ ।

त्यस्तै प्रतियोगितामा सहभागि व्यक्ति वा समुह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक सर–समान ल्याउनुपर्ने छ भने प्रत्येक टोली वा समुहमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागि हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक समुहलाई ५ मिनेटको समय तोकिएको छ ।

थारू समुदायमा परापुर्वकाल देखि तिहार (शुकराईत) मा लक्ष्मी पुजाको दिन धुमधामका साथ मनाउदै आएको हुकेहुका अहिले लोप हुन लागेको अवस्थाले गर्दा यो संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।

The post आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै appeared first on Nagarik Bahas.

]]>