धर्म – Nagarik Bahas https://nagarikbahas.com . Mon, 03 Feb 2025 02:46:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै https://nagarikbahas.com/archives/19882 Mon, 03 Feb 2025 02:43:30 +0000 http://nagarikbahas.com/?p=19882 उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी...

The post विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

The post विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै appeared first on Nagarik Bahas.

]]>
देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष https://nagarikbahas.com/archives/19879 Thu, 07 Nov 2024 06:26:39 +0000 https://nagarikbahas.com/?p=19879 उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार...

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार बढी रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न समुदायको शिक्षा र स्वास्थ्यमा खर्च गरिने जनाएको छ ।
तिहारका वेला खेलिने देउसीमा समेत धनी गरिब भनेर भेदभाव नहोस भनेर च्याम्बरले सुकुम्बासी वस्तिमै पुगेर देउसी खेलेको च्याम्बरका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । “भेदभाव नहोस भनेर हामीले सुकुम्बासी वस्तिबाट देउसी थाल्यौ र यसको समापन हामी कटारी ४ को दलित मुसहर वस्तिमा गर्नेछौं ,”अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अहिले कटारीको विभिन्न स्थानहरुमा च्याम्बर परिवारले देउसी खेलिरहेको छ । “संकलित सवै रकम संस्थाको निर्णय बमोजिम सुकुम्वासी र लक्षित क्षेत्रमा खर्च गर्नेछौं ।”देउसीको माध्यमबाट सामाजिक काम गर्न सकियोस भनेर देउसी आयोजना गरिएको हो ।

कटारी ४ मा दर्जन वढी घर परिवारको सुकुम्वासी वस्ति छ । त्यहाँका बालबालिकाहरु आर्थिक अवस्था कमजोर हुँदा शिक्षा र स्वास्थ्यमा पछाडी परेका छन् । च्याम्बरले कटारी बजारका सम्पूर्ण व्यापारी, व्यवसायी तथा सरोकारवालाहरुलाई देउसीमा सहभागी हुन आग्रह गरेको थियो ।

देउसी भैलो कार्यक्रममा साथ सहयोग र समर्थन दिनु हुने स्थानीय संघ, संस्था, जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यावसायी, स्थानीय सरकार, प्रहरी, प्रशासन लगायतलाई धन्यवाद दिएका छन् ।

 

The post देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष appeared first on Nagarik Bahas.

]]>
थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै https://nagarikbahas.com/archives/18721 Sun, 18 Sep 2022 01:04:50 +0000 http://nagarikbahas.com/?p=18721 उदयपुर – आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी,...

The post थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर – आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् ।

फाइल तस्विर : नागरिक बहस

थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जितिया पर्व मनाइदै छ ।

विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यो वर्ष शुद्ध जितिया परेको छ ।

फाइल तस्विर : नागरिक बहस

यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने चलन रहेको थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए ।

किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ ।

फाइल तस्विर : नागरिक बहस

जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ । असोज कृष्णपक्षको सप्तमीको दिन विवाहित महिलाहरूले नदी, तलाउ किनारमा स्नान गरेर घिरौलाको पातमा पिना र तोरीको तेल चढाएर जितमहान भगवानको आह्वान गरेर यो पर्व शुरु गर्ने चलन छ । आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ । मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एकदिन अघि देखि ‘सधवा’ अर्थात (श्रीमान जिवितै रहेको महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाईन’ खाने चलन छ ।
आज आश्विन कृष्ण अष्टमी तिथिको आगमनसँगै यो पर्वमा उपवास सुरु हुने र नवमी तिथिको आगमन हुनासाथ उपवास सम्पन्न हुन्छ । मंगलबार मध्य राति देखि विहिबार बिहानसम्मको सो तिथिको अवधिमा उपवासमै बस्नुपर्ने हुन्छ । अष्ठमीका दिन पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात् बिहान भएपछि मात्र भोजन गर्न पाउँछन् ।

थारुधर्म ग्रन्थ अनुसार उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा चित्रण गरिएको छ ।

तिथिको समयको हेरफेर भएका कारण ओटघनको साइत (दरखाने साइत) नपरेकाले व्रतालुहरूलाई लगातार दुई दिनसम्म निराहार बस्नुपर्ने स्थिति पनि आउने गरिन्छ । दुई दिनसम्म उपवास वस्ने दिनलाई खर जितियाको रुपमा लिइने गरिन्छ, थारु पण्डित बासुदेव चौधरीले बताए । पर्वको तिथिको समयअगावै अर्थात् सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु माताका साथै परिवारका सम्पूर्ण सदस्यहरू माछा, दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन खाएका थिए । यसलाई थारु समुदायमा ओटघन अर्थात दर खाने भनिन्छ ।

थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ ।
आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।

त्यसपछि, हाँगामाथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।

The post थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै appeared first on Nagarik Bahas.

]]>
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै https://nagarikbahas.com/archives/18712 Sat, 17 Sep 2022 03:13:35 +0000 http://nagarikbahas.com/?p=18712 उदयपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा...

The post आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

The post आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै appeared first on Nagarik Bahas.

]]>
आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु https://nagarikbahas.com/archives/18709 Sat, 17 Sep 2022 03:08:56 +0000 http://nagarikbahas.com/?p=18709 उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको...

The post आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु appeared first on Nagarik Bahas.

]]>
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ ।

फाइल तस्विर

आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिँदै आएका उनीहरुसँगै यस वर्ष नयाँ विवाहिता महिलाले समेत जितिया प्रारम्भ गर्न मिल्ने थारु पण्डित बासुदेव चौधरीले बताए ।

उनले भने, ‘थारू समुदायको महान् पर्व हो, जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’

मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने पनि चलन रहेको छ ।

किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ ।

आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।

त्यसपछि, हाँगामाथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।

थारु महिलाहरुले आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो पर्व मनाउने गरिन्छ । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइने यो पर्व सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुने थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए ।

नहाय खाने दिन (शनिबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गर्छन् । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्नेछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

यस पर्वको अवसरमा उदयपुरका ठाउँ–ठाउँमा भव्य जितिया महोत्सव समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।

उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाले असोज २ गते एक दिन बिदा दिने निर्णय गरेको हो ।

The post आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु appeared first on Nagarik Bahas.

]]>
बुद्धकृष्ण अन्तिम पटक जिब्रो छेडाउँदै https://nagarikbahas.com/archives/17798 Sun, 10 Apr 2022 12:59:07 +0000 http://nagarikbahas.com/?p=17798 भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर...

The post बुद्धकृष्ण अन्तिम पटक जिब्रो छेडाउँदै appeared first on Nagarik Bahas.

]]>
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए ।

बुद्धकृष्णले भने, ‘मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।’

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उनी बताउँछन् ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्छन् बुद्धकृष्ण । उनी भन्छन् , ‘यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुपर्‍यो ।’

केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपर्थ्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।

जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।

नगर प्रमुख श्रेष्ठ भन्छन्, ‘यहाँको पहिचान नै कला, संस्कृति हो, त्यसैले यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाकारुपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।’

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् ।

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

The post बुद्धकृष्ण अन्तिम पटक जिब्रो छेडाउँदै appeared first on Nagarik Bahas.

]]>
आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै https://nagarikbahas.com/archives/17598 Sun, 06 Feb 2022 03:57:49 +0000 http://nagarikbahas.com/?p=17598 उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ...

The post आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

The post आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै appeared first on Nagarik Bahas.

]]>
कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना https://nagarikbahas.com/archives/17380 Fri, 24 Dec 2021 02:09:28 +0000 http://nagarikbahas.com/?p=17380 कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ । कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो । बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई...

The post कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना appeared first on Nagarik Bahas.

]]>
कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ ।
कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो ।
बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले सबै धर्मको संरक्षण गर्न तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना गरिने प्रतिक्रिया दिए । कार्यक्रममा नगरपालिकाका सव ईन्जिनियर ओम मिश्र लगाएत बौद्ध धर्मालम्बि युवा युवतीको उपस्थिती रहेको थियो ।

The post कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना appeared first on Nagarik Bahas.

]]>
जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा https://nagarikbahas.com/archives/16813 Tue, 28 Sep 2021 16:08:21 +0000 http://nagarikbahas.com/?p=16813 उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको...

The post जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने उपमेयर चौधरीले बताईन् ।

खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले जानकारी दिए । उनका अनुसार असोज ४ गतेको नगर कार्य समितिको बैठकले विदा दिने निर्णय गरेको बताए । जितिया पर्वको अवसरमा त्रियुगा नगरपालिका, माताहतको वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहने सूचनामा जनाएको छ ।

यस्तै चौदण्डीगढी नगरपालिकाले एक दिन मात्रै सार्वजनिक विदा दिएको छ । चौदण्डीगढी नगरपालिकाले एक सूचना जारी गर्दै असोज १३ गते विदा दिने निर्णय गरेको छ ।

यस्तै प्रदेश र संघ सरकारको माताहतमा रहने कार्यालय भने विदा नहुने भएको प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए ।

उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रवद्र्धन गरि मनाउने भएको छ । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दवाव मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।

थारू कल्याणकारिणी सभाका अध्यक्ष शिवकान्त चौधरीका अनुसार थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारू भाषालाई मान्यता नदिने भाषा आयोगको निर्णय बिरूद्ध दवावमूलक कार्यक्रम गर्ने जनाएको छ ।

यस वर्षको जितिया त्रियुगा नगरपालिकाको वडा नम्बर १३ थरुहट रंगशालामा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । कार्यक्रममा राष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायिका अनु चौधरी, गायक नरेश जोगी, कलाकार÷लेखक÷निर्देशक प्रदिप चौधरी जोशी, गायिका अनुमा चौधरी, थारु गायक आरसी चौधरी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।

The post जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा appeared first on Nagarik Bahas.

]]>
आज माघे संक्रान्ति https://nagarikbahas.com/archives/15009 Thu, 14 Jan 2021 04:15:11 +0000 http://nagarikbahas.com/?p=15009 उदयपुर । माघे संक्रान्ति । ज्योतिष शास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । त्यसैले यो दिनलाई मकर संक्रान्ति भनिन्छ । चलन चल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ । तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भईसकेको बताइन्छ । ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने...

The post आज माघे संक्रान्ति appeared first on Nagarik Bahas.

]]>

उदयपुर । माघे संक्रान्ति । ज्योतिष शास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । त्यसैले यो दिनलाई मकर संक्रान्ति भनिन्छ । चलन चल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ । तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भईसकेको बताइन्छ । ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने पनि ‘सायन’ मान्नेहरूले पुस ७ गते नै उत्तरायण हुने मान्छन् ।

वेददेखि, पुराण र गीतासम्मका ग्रन्थमा उत्तरायण र माघ महिनाको महिमा बताइएको छ । यो दिन बिहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान, तर्पण गर्ने परम्परा छ । नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी पितृतर्पण, देवपूजन, हवनआदि नित्यकर्म सकी पुरोहितहरूबाट संक्रान्ति महिमा सुन्ने परम्परा छ । ठाउँअनुसार यो दिन तिलको लडडु, घिउचाकु, तरूल, खिचडी, सेलरोटी, फुलौरा आदि दान गर्ने र खाने चलन छ । यी खानेकुराले माघको जाडोमा उष्णता दिनुको साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताइन्छ ।
माघे संक्रान्तिको आसपास सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ । ऋतुको हिसावले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्व छ ।

The post आज माघे संक्रान्ति appeared first on Nagarik Bahas.

]]>