जीवनशैली र स्वास्थ्य – Nagarik Bahas https://nagarikbahas.com . Sun, 11 Feb 2024 03:15:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन https://nagarikbahas.com/archives/19704 Sun, 11 Feb 2024 03:15:46 +0000 https://nagarikbahas.com/?p=19704 १० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन...

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.

]]>
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने

उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ ।

स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना, विराट मेडिकल टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सो शिविर संचालन भएको हो ।

स्वास्थ्यमा समस्या रहेका एकेडेमीका करिव २ सय भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ७५ जना बढी अभिभावकले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार बालबालिकामा देखिएको समस्याहरुको बारेमा बाल रोग विशेषज्ञ डा. रमेश कुमार यादवले स्वास्थ्य परीक्षण गरेको थियो भने अभिभावकहरुको स्वास्थ्य परीक्षण फिजिसियन विशेषज्ञ डा. रोहित कुमार कर्णले गरेको थियो । निःशुल्क स्वास्थय शिविरमा डा. अविनिस साह, मार्केटिङ अफिसर चन्दन पासवान सहित ७ जनाको प्राविधिक टोलीले एकेडेमीमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

विराट मेडिकल टिचिङ्ग हस्पिटलका बाल रोग विशेषज्ञ रमेश कुमार यादवले यस एकेडेमीमा अध्ययनरत १० वर्षमुनीका बालबालिकालाई हस्पिटलले बालबालिकाको जन्मदर्ता, बालबालिकाको बुवा वा आमाको नागरिकताको फोटोकपी र स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य केन्द्रको अनुसूची ४ बमोजिमको फारमको आधारमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ ।
विज्ञान, कला प्रदर्शनमा विद्यार्थीहरुले बनाएर ल्याएको सामग्रीहरुको प्रदर्शन गरिएको थियो भने एकेडेमीले उपलब्ध गराइएको विज्ञानको सामग्रीहरुबाट केहि परीक्षणहरु गरेको थियो । यस्तै विद्यार्थीहरुले ल्याएको खाना परिकारको पनि प्रदर्शनी गरेको थियो । खाना परिकार मेला विभिन्न जातजातिको खाना परिकारहरुको प्रदर्शनी गर्नुको साथै बेचविखन गरेको थियो । खाना परिकार मेलामा राई, मगर, थारु, नेवारी, तामाङ परिकारको साथै अन्य जातजातिको खाना परिकारहरुको पनि प्रदर्शनी गरेको थियो ।
विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथिमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तिलक बहादुर कटुवाल रहेको थियो । विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविर सम्बन्धीको प्रकाश एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले गरेको थियो । कार्यक्रमको अध्यक्षता एकेडेमीका संचालक अध्यक्ष सुखिलाल चौधरीले गरेको थियो भने कार्यक्रममा स्वागत एकेडेमीका प्रिन्सिपल बाबुराम कार्कीले गरेको थियो । कार्यक्रमको संचालन शिक्षिका सीता मगरले गरेका थिईन् ।

कार्यक्रमको तस्विरहरु

 

The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव https://nagarikbahas.com/archives/19532 Mon, 31 Jul 2023 00:33:06 +0000 http://nagarikbahas.com/?p=19532 उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । २२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा...

The post उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

२२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकामा ६ जना र कटारी नगरपालिकामा ३ जनामा डेंगू देखिएको छ ।

उदयपुरमा डेंगु लगायत ज्वरोका दैनिक १०० बढी बिरामी जिल्ला अस्पताल तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा उदयपुर सरकारी अस्पतालमा डेंगु जाँच्ने कीटको अभाव हुँदै गएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन राईका अनुसार प्रदेशबाट १५० थान डेंगू जाँच्ने किट पठाएकोमा लगभग सकिएको छ । पुनः किट माग गरेपनि अहिलेसम्म आई नपुगेको बताए । यस्तै पालिकाहरुका स्टोक रहेका किटहरु पनि सकिएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटमा डेंगुबाट बच्न सरसफाइमा जोड दिनु पर्ने तर यस्तो नदेखिएको सर्वसाधारणको गुनासो बढ्दै गएको छ । त्रियुगा नगरपालिकाले डेंगू नियन्त्रण गर्न फगिङ मेसिन प्रयोग गरेको जनाएको छ ।

यस्तै बेलका नगरपालिकामा पनि डेंगूको विरामीको संख्यामा वृद्धि भएपनि डेंगू परीक्षण गर्ने किट अभाव भएको स्वास्थ्य शाखाले जनाएको छ ।

जताततै संक्रमण देखिन थालेपछि पनि बच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीय तहहरुले सर्वसाधारणलाई सचेत गराउन कार्यक्रमहरु संचालन गर्न सकेको छैनन् ।

यस्तै चौदण्डीगढी नगरपालिकामा पनि डेंगू परीक्षण गर्ने किट अभाव भएको छ । किट अभाव भएपनि अहिले डेंगू विरामी चेकजाँचको लागि जिल्ला अस्पताल नै पठाउने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाइप र नालीहरु सफा गर्न तथा पानी जमेको ठाउँमा नियमति औषधि छिट्न र पुर्न उनीहरुको सल्लाह छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन राईले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए ।

जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले फाटफुट देखिएपनि अहिले विरामीको संख्यामा वृद्धि भएको बताए । सुरुवाती चरणमा ज्वरो आउने र सातादिनसम्म निको नभएपछि उपचार गर्न आउनेमा डेंगु देखा परेको अस्पताल प्रशासनले जनाएका छन् ।

डेंगुबाट बँच्न किटनासक औषधियुत्तः झुल प्रयोग गर्नु उत्तम हुने डा. झाको सल्लाह छ । ‘यो रोग लामखुट्टेबाट सर्ने भएकाले यसबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम उपाय हो’ डा. झाले भने ‘त्यसका लागि लामखुट्टे जन्मन र हुर्कन नदिन घर वरिपरी पानी जम्न दिनु भएन। टोकाईबाट बँच्न झुल अनिवार्य लगाएर सुत्ने गर्नुपर्छ । सकेसम्म किटनाशक औषधियुक्त झुल लगाएर सुत्नु सुरक्षित हुन्छ ।’

कटारी नगरपालिकामा डेंगी संक्रमणबाट साउन १० गते २९ वर्षिय एक पुरुषको मृत्यु भएको जनाएको हो । कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो ।

The post उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव appeared first on Nagarik Bahas.

]]>
हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर https://nagarikbahas.com/archives/19164 Mon, 12 Dec 2022 02:24:36 +0000 http://nagarikbahas.com/?p=19164 उदयपुर – चिनिया कम्पनीले उत्पादन गर्न खोजेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) खोपले त्रियुगा नगरपालिका १ हाटखोला जोगिदहका २८ वर्षिय सुन्दर मलिक डोमको मानसिक सन्तुलन गुम्ने खतराको चरणमा पुगेको छ । सिएचओ सेल नामक खोप अहिले परीक्षणकै क्रममा रहेको छ । सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल...

The post हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर appeared first on Nagarik Bahas.

]]>
उदयपुर – चिनिया कम्पनीले उत्पादन गर्न खोजेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) खोपले त्रियुगा नगरपालिका १ हाटखोला जोगिदहका २८ वर्षिय सुन्दर मलिक डोमको मानसिक सन्तुलन गुम्ने खतराको चरणमा पुगेको छ । सिएचओ सेल नामक खोप अहिले परीक्षणकै क्रममा रहेको छ ।

सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले सुन्दरको मानसिक सन्तुलन गुमेको आरोप विरामी कुरुवा सुन्दरको दिदी रिता मलिकले लगाईन् । अहिले उनको दुवै हात खुट्टा बेडमा बाँधेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदैछ । उनलाई औषधि र खानेकुरा खुवाउँदा मात्रै बाँधिएको हात खोलिन्छ । दिसाव पिसाव नालाबाट गर्ने गरेको छ ।

सिएचओ सेल कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले मानसिक सन्तुलन गुमेका सुन्दर मलिक डोमको दुवै हात खुट्टा बेडमा बाँधेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दै । तस्विर : विरामी कुरुवा दिदी निुतु मलिक

गत बुधबार उदयपुरको गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालका प्रतिनिधिहरुले त्रियुगा नगरपालिका १ का नौ जनालाई सो खोप लगाउन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपनि सुन्दर, विवेक दनुवार र युवराज अधिकारीलाई मात्रै सो खोप लगाएका थिए । सुन्दरले खोप लगाएर आएपछि बुधबार बेलुका अन्दाजी ६ः३० बजे घरमा एक्कासी रिङ्गटा लागि ढलेपछि जिल्ला अस्पताल उदयपुरमा उपचार पछि उनलाई धरान रेफर गरिएको थियो । मलिकको चार वटा दाँत भाँचेको छ भने ओठ काटिएर टाँका लगाएको छ ।

खोपको कारणले अहिलेसम्म भाईको होस नखुलेको र उनको मानसिक सन्तुलन गुमे जस्तो भएर हातखुट्टा बाँधेर उपचार भईरहेको उनका दिदी नितुले बताईन् । उफ्रिने, चिच्याउने, कराउने, बरबराउने, स्लाइन पानी फ्याक्ने, ओठमा लागेको टाका थुत्ने, डाक्टर नर्स र विरामीको कुरुवाहरुलाई कुट्न खोजेपछि हातखुट्टा बाँधेर निद्राको औषधि चलाएको उनले बताईन् । ‘केश जटिल बन्दै गएको छ, अहिले श्रीमतिलाई पनि चिन्न छोडि सकेको छ, आफै आफै बरबराउने गरेको छ, कहिले खुकुरी ले भन्छ त कहिले ढुंगाले हानु भन्दै चिच्याउने कराउने गरेको छ । कुनै बेला हडिया काम गर्न जान ढिलो भयो भन्दै छ ।’ उनले भनिन– ‘उपचारमा संलग्न डाक्टर, नर्सलाई झम्टन खोज्छ, बुहारी र मैले सम्हाल्न नसकेपछि दुई दाजुभाईलाई बोलाएको छौं ।’

मानसिक सन्तुलन ठिक नभएपछि सुन्दरले आफ्नै श्रीमतिलाई मेरो दिदी भन्दै छ, अहिले दिसा पिसाव बेडमै गरिदिने, खानपिन र औषधि खुवाउँदा दाजुहरुले पक्रेर खुवाउने गरिएको छ । डाक्टर र नर्सहरुले भनिरहेको छ, लडेर हो वा औषधिको कारणले यस्को असर टाउको दिमागमा पर्न गएको हुन सक्छ । लडेको चोट वा औषधिले दिमागमा असर गरेमा मानसिक सन्तुलन गुम्ने खतरा छ, यस्तै व्यवहार गरिरह्यो भने हातखुट्टा बाँधेर सम्भव नभए आइसियुमा राखेर उपचार गर्नु पर्ने डाक्टरलाई उध्रित गर्दै विरामीकी दिदी नितुले बताईन् ।

भाईको अवस्था यस्तो छ तर हुरेण्डेक संस्थाको प्रतिनिधि विकास बन्जाडेले सामान्य दुई तीन हजार खर्च दिन्छ र उल्टै चिया, नास्ता, विरामीको खाजा, नास्ता, भात र रिचार्ज कार्ड लगायत सा–साना खर्चको विल किन लिएर नआएको ? विल भएन भने पैसा पाउँदैनौ भन्दा सारै दुःख लागेको नितुले बताईन् । अहिले सामान्य चिया नास्ता, रिचार्ज, एक दुई वटा पाउरोटी र एक गिलास दुधको कसले विल दिन्छ उनले बताईन् ।
उनले भनिन्– ‘मेरो श्रीमान बाहिर छ, आमा बुबा वित्नु भयो, ८–१० वर्षको छोराछोरी छोडेर यहाँ आएको छु, छोराछोरीको विजोग भएको छ के खान्छ के गर्दै छ थाह छैन, मंसिर २८ गते लद्यु वित्तको किस्ता छ, घर जान्छु भन्दा मान्छे खोजेर राखिदे अनि घर जा भन्दैछ । हामी दुई घर डोम छौं । हामी कस्लाई राख्ने उनीहरुले कुरै सुन्नै मान्दैन । अहिले आफुलाई मर्नु न बाँँच्नु भएको छ । हाम्रो भाईलाई ललाई फकाई खोप लगाउन लगाउने देवी कटुवालले फोन उठाउँदैन, फोन उठाए पनि म पहाडमा छु भन्छ, अव के गर्ने आफै विजोकमा परि सके ।

यस विषयमा हुरेण्डेक नेपालका अध्यक्ष शंकर थापालाई सम्पर्क गर्दा विरामीको उपचार हुँदैछ बताउनुभयो । हुरेण्डेकको दुई जना प्रतिनिधिहरु धरानमा रहेको छ । विरामीको हात खुट्टा बाँधेर उपचार भईरहेको बारे आफुलाई केहि थाह नभएको अध्यक्ष थापाले बताए ।

चिनीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण गर्न स्थानीय एकीकृत विकास समाज नेपाल र हुरेण्डेक नेपाल विच उदयपुरका ३ हजार रकम दिएर ३ हजारलाई सो खोप लगाउन मानिस बटुल्ने कामको लागि सम्झौता भएको छ ।
स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा बिभागको अनुमति बेगर कुनै कार्यक्रम गर्न नपाईने स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी तथा खोप सुपर भाइजर चिरन्जिवी निरौलाले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभाग हाम्रो माथिलो निकाय हो । राय प्रतिक्रियाको लागि स्वास्थ्य निर्देशनालय धनकुटा लेखेर पठाएपनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको निरौलाले जानकारी दिए । अरुले जेजे गरेपनि ६ लाइन भएपनि त्यहाबाट नलेखाई आधिकारिक र अनुमति हुँदैन् ।

थप सम्बन्धित समाचार

हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर

The post हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर appeared first on Nagarik Bahas.

]]>
हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर https://nagarikbahas.com/archives/19159 Thu, 08 Dec 2022 10:25:14 +0000 http://nagarikbahas.com/?p=19159 सुखिलाल चौधरी, उदयपुर – उदयपुरको एक गैरसरकारी संस्थाले विपन्न गरिव, निमुखालाई ललाई फकाई कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउने गरेको तथ्य बाहिरिएको छ । नीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण उदयपुरका गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले विपन्न जनतालाई ललाई फकाई...

The post हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर appeared first on Nagarik Bahas.

]]>
सुखिलाल चौधरी, उदयपुर – उदयपुरको एक गैरसरकारी संस्थाले विपन्न गरिव, निमुखालाई ललाई फकाई कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउने गरेको तथ्य बाहिरिएको छ ।

नीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण उदयपुरका गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले विपन्न जनतालाई ललाई फकाई ३ हजार रकम दिएर ३ हजार उदयपुरे जनताको ज्यानमाथि खेलवाड गर्दै गरेको रहस्य खुलासा भएको छ । सो खोप परीक्षण गराउने क्रममा एक जना गम्भिर घाइते भएपछि सो तथ्य बाहिरिएको हो ।

त्रियुगा नगरपालिका १ हाटखोला जोगिदह बस्ने २८ वर्षिय सुन्दर मरिक डोमलाई बुधबार निःशुल्क स्वास्थ्य परीक्षण गराउने भन्दै ललाई फकाई ३ हजार दिएर विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा लगेर कोरोना–१९ भ्याक्सिन (सिएचओ सेल) को तेस्रो चरणको क्लिनिकल ट्राइल भ्याक्सिन लगाएर घर फर्किएपछि गम्भिर घाइते भएको परिवार स्रोतले जनाएको छ । सुन्दर मरिक डोम बुधबार सिएचओ सेल भ्याक्सिन लगाएर आएपछि घरमा एक्कासी रिङ्गटा लागि ढलेपछि जिल्ला अस्पतालमा उपचार पछि उनलाई रेफर गरिएको अस्पताल स्रोतले जानकारी दिए । मरिकको चार वटा दाँत भाँचेको छ भने ओठ काटिएर धेरै ब्लड गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

यस विषयमा सुन्दर मलिक डोमका दिदी कुरुवा नितु मलिकलाई बुझदा अवस्था गम्भिर नै रहेको बताए । उनले अहिले आफु, विरामी भाई र बुहारी अस्पतालमै रहेको छौं । भिडियो एक्सरे गर्ने भनेर भनेको छ तर अहिलेसम्म भएको छैनन् । निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भन्दै ललाई फकाई गरि मेरो भाईलाई सुइ लगाउन लगाएको रहेछ । आतेजाते र खाना समेत हुरेण्डेकले नै गरेको रहेछ भने खोप लगाउनु भन्दा अगााडी के के कागजमा छाप लगायो हामी अनपढलाई केहि थाह छैन् । खोप लगाए वापत ३ हजार पनि दिएको उनले खुलासा गरिन् ।

यस्तै सोही ठाउँका विवेक दनुवार, युवराज अधिकारी लगायतका नौ जना व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिए पनि तीन जनामा मात्रै भ्याक्सिनको परीक्षण गरिएको संस्थाका प्रतिनिधि देवी कटुवालले जानकारी दिए ।विदेशमा एक स्वस्थ्य मानिसको शरिरमा कुनै औषधिको क्लिनिकल ट्राइल गर्नु परेमा हजारौं डलर खर्चिनु पर्छ । उनको ज्यान नै गएमा पाँच देखि सात पुस्ता सम्मको परिवारको लालन पालनको लागि रकम दिने गरेको छ । तर उदयपुरमा एक गैरसरकारी संस्थाले ३ हजार दिएर मानिसको ज्यानसँग खेलवाड गर्नमा उत्रिएपनि सम्बन्धित निकाय मौन रहेको छ । गैरसरकारी संस्थाले लाखौ कुमल्याउछन भने एक गरिव विपन्नको जीवन ३ हजारमा लेनदेन हुने गरेको छ ।

हुरेण्डेक उदयपुरका अध्यक्ष शंकर बहादुर थापाका अनुसार यो भ्याक्सिन रिसर्च हो, चिनिया कम्पनीले पहिलो, दोस्रो चरणको ट्राइल गरिसकेको छ । यो तेस्रो चरणको प्रयोगशाला परीक्षण नेपालमा स्थानीय एकीकृत विकास समाज (सोलिड) नेपालले गर्दैछ, त्यसैको सहकार्यमा हामीले यहाँ गर्दै छौं । सोलिड नेपाल संस्थाले बताए अनुसारको मान्छेहरु भेला गरेर लगि दिने हो, बाँकी चिनिया डाक्टरले गर्ने अध्यक्ष थापाले बताए । उदयपुरका ३ हजार व्यक्तिमा सो खोप परीक्षण गरिने अध्यक्ष थापाले बताए ।

क्लिनिकल ट्राइलको लागि जिल्ला प्रशासन कार्यालय उदयपुर र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ मा निवेदन दिएका छौं तर उहाँहरुले कुनै अनुमति नदिएको संस्थाका अध्यक्ष थापाले स्वीकार गरेका छन् । उनले खोपको कारणले त्यस्तो नभएर रक्सी खाएकोले लडेको बताए । ललाई फकाई गरेर ३ हजार दिएको क्लिनिकल ट्राइलमा लगेको बारे यो प्रोपोगाण्डा हो, कसैलाई पनि ललाई फकाई गरी खोप परीक्षण नगराएको हुरेण्डेक अध्यक्ष थापाले बताए । उनले कसैको ज्यानसँग खेलवाड नगरेको पनि बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसँग सम्पर्क गर्दा हुरेण्डेक भन्ने गैरसरकारी संस्था क्लिनिकल ट्राइलको लागि अनुमति मागेपनि हामीले सो संस्थालाई कोरोना भ्याक्सिनको क्लिनिकल ट्राइलको लागि अनुमति नदिएको बताए । प्रजिअ गौतमका अनुसार क्लिनिकल ट्राइलको खोपमा हामीले अनुमति दिन मिल्दैन । हुरेण्डेकले दिएको पत्रलाई के गर्न सकिन्छ भनेर स्वास्थ्य कार्यालय उदयपुरलाई लेखि पठाएका छौं । तर, कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइलले एक जना गम्भिर भएको बारे जानकारी आएको छ । त्यसको बारेमा सोधीखोजी हुँदैछ ।

हुरेण्डेकले कोरोना भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) उदयपुरको ३ हजार जनामा गर्नको लागि अनुमति माग गरेको चिठी आएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए । उनले चिठी आए पनि हामीलाई क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउन अनुमति दिने अधिकार छैन् । हामीसँग खोपको विशेषज्ञ हुँदैन्, त्यसको लागि विभाग र मन्त्रालयको लागि चिठी लेख्न भनेको हुँ, समन्वय गरिदिनेछौ भनेपनि ती संस्थाले फर्किर चिठी लिन नआएको निरौलाले बताए ।

हामीलाई क्लिनिकल ट्राइलको अनुमति दिने क्षेत्राधिकार छैन् तर हुरेण्डेकले चिठी नलेखि गुपगुप रुपमा विपन्न गरिव, डोम, मुसहर लगायत १० जनालाई क्लिनिकल ट्राइलको लागि लगेकोमा एक जना गम्भिर छ भनेर सुनेको छु । उनको जिल्ला अस्पताल बोक्सेमा उपचार पछि धरान रेफर गरिएको छ ।

The post हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण https://nagarikbahas.com/archives/18727 Mon, 19 Sep 2022 00:11:35 +0000 http://nagarikbahas.com/?p=18727 उदयपुर – उदयपुरमा अहिलेसम्म ३८ जनामा डेंगूको संक्रमण देखिएको छ । आइतबारसम्म दिउँसो १ बजेको रिपोर्ट अनुसार २६८ जनामा डेंगूको परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । त्रियुगा नगरपालिकाको जिल्ला अस्पाल उदयपुरमा ११ जना, बेलका नगरपालिका नगर अस्पतालमा १५ जना र कटारी नगरपालिकाको कटारी अस्पतालमा १२ जनामा डेंगूको संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका...

The post उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुरमा अहिलेसम्म ३८ जनामा डेंगूको संक्रमण देखिएको छ । आइतबारसम्म दिउँसो १ बजेको रिपोर्ट अनुसार २६८ जनामा डेंगूको परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्रियुगा नगरपालिकाको जिल्ला अस्पाल उदयपुरमा ११ जना, बेलका नगरपालिका नगर अस्पतालमा १५ जना र कटारी नगरपालिकाको कटारी अस्पतालमा १२ जनामा डेंगूको संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । उनका अनुसार सवै विरामीहरुको अवस्था सामान्य रहेको छ ।

त्रियुगा नगरपालिकामा ३३ जनामा ११ जना, बेलका नगरपालिकामा ७० जनामा १५ जना र कटारी नगरपालिकामा १६५ जनामा १२ जनामा डेंगूको विरामी पुष्टी भएको सूचना अधिकारी निरौलाले जानकारी दिए ।

The post उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण appeared first on Nagarik Bahas.

]]>
उदयपुरगढीको भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन https://nagarikbahas.com/archives/18669 Tue, 06 Sep 2022 02:16:44 +0000 http://nagarikbahas.com/?p=18669 नेपालटार – उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा ८ भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी नवनिर्मित बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । उदयपुरगढी गाउँपालिकाको १७ लाख ४५ हजार र वानहट वल्डवाईडबाट १७ लाख ५६ हजारको ३५ लाखको लागतमा बर्थिङ सेन्टर निर्माण...

The post उदयपुरगढीको भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन appeared first on Nagarik Bahas.

]]>
नेपालटार – उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा ८ भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी नवनिर्मित बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।
उदयपुरगढी गाउँपालिकाको १७ लाख ४५ हजार र वानहट वल्डवाईडबाट १७ लाख ५६ हजारको ३५ लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि सोमबार जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्मा र गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले भवनको उद्घाटन गरे । गाउँपालिका अध्यक्ष मगरले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी बर्थिङ सेन्टर भवन उपयोगी भएको बताए ।
‘गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले चाँडै नै स्वास्थ्य सामग्री सहयोग गर्ने छौँ’, पालिका अध्यक्ष मगरले भन्नुभयोे, ‘स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।’
यस बर्थिङ सेन्टरबाट हजारौँ महिलाहरुले लाभ लिने समन्वय प्रमुख गौरबहादुर विश्वकर्माले बताए । उनका अनुसार अवका दिनमा प्रसूति गराउन उदयपुरको सदरमुकाम गाईघाटसम्म जाने बाध्यताको अन्त्य भएको बताए । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेको थियो ।
बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा जनप्रतिनिधिका साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य कार्यालयका स्वास्थ्य कार्यालय उदयपुरका प्रतिनिधि, स्वास्थ्यकर्मी, प्रमुख प्रशासकीय अधिकृत रमेश राई लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

The post उदयपुरगढीको भलायडाँडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन appeared first on Nagarik Bahas.

]]>
फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा स्थानीय नेताविरुद्ध उजुरी https://nagarikbahas.com/archives/18617 Mon, 15 Aug 2022 11:20:21 +0000 http://nagarikbahas.com/?p=18617 काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।...

The post फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा स्थानीय नेताविरुद्ध उजुरी appeared first on Nagarik Bahas.

]]>

काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।

नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक(एसपी) रमेश पण्डितले इकान्तिपुरलाई जानकारी दिए ।

गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

उजुरी परेका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । एसपी पण्डितले प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन सुरु गरिएको बताए ।

The post फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा स्थानीय नेताविरुद्ध उजुरी appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा ४ जना कालाजारको रोगी फेला https://nagarikbahas.com/archives/18342 Mon, 13 Jun 2022 01:01:32 +0000 http://nagarikbahas.com/?p=18342 उदयपुर । तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ । त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको...

The post उदयपुरमा ४ जना कालाजारको रोगी फेला appeared first on Nagarik Bahas.

]]>
उदयपुर । तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ ।
त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । उनको अहिले उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।

यस्तै रौतामाई गाउँपालिका ५ आँपटारमा पनि ५० वर्षिय अरि रत्ना राईमा कालाजार देखा परेको छ । उनलाई पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुष्टी गरेको निरौलाले जानकारी दिए ।

यस्तै ताप्ली गाउँपालिका ५ रुपाटारमा दुई जनामा पनि कालाजारको विरामी फेला परेको छ । ताप्ली गाउँपालिका ५ रुपाटारका ११ वर्षिय बालिका शेसुका राई र ६२ वर्षिय पुरुष कल बहादुर खिलिङ्गेमा कालाजार भेटिएको छ । शेसुका राईलाई कान्ति बाल अस्पताल काठमाण्डौ र खिलिङ्गेलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले कालाजारको विरामी भएको पुष्टी गरेको सुचना अधिकारी निरौलाले जानकारी दिए ।

त्रियुगा नगरपालिका १२ डिएमगेटका कालाजारका विरामीको छरछिमेकी ८१ जनाको ट्रेसिङ गरिएको छ भने ३१ जनाको चेकजाँच गर्दा सवैमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय उदयपुरका ल्याब इन्चार्ज लौकाजी राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयका कालाजार परीक्षण गर्ने क्षेत्रिय कोअर्डिनेटर रामनारायण पण्डितको नेतृत्वमा आएको टोलीले डिएमगेट आसपासका ३१ ज्नामा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको ल्याव इन्चार्ज लौकाजी राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयको टोली र स्वास्थ्य कार्यालय उदयपुरका ल्याब टोली रौतामाई गाउँपालिका ५ आँपटार र ताप्ली गाउँपालिका ५ रुपाटारमा कन्ट्राक्ट ट्रेसिङ्गमा रहेका आफ्न्त वा वरिपरिका व्यक्तिहरुलाई परीक्षणको लागि टोली परिचालन भएको छ ।

यस अघि ताप्ली गाउँपालिका ५ मा एक बालकमा पनि कालाजारको विरामी पुष्टी भएको थियो । अहिले उनको उपचार पछि निको भएको ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।

भुसुनाको टोकाई माध्यमबाट सर्ने भएकाले यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्न सके रोग चाँडै नै नियन्त्रणमा आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख बृज कुमार दासले जानकारी दिए । कालाजारका लक्षण विषेश गरी हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो कढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्तो हुने भएकाले बेलुकी पख उड्ने भुसनाबाट बच्नु पर्ने स्वास्थ्य कार्यालय प्रमुख दासले जानकारी दिए ।

‘कालाजार विशेषगरी तराईमा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसुनाको टोकाइबाट सर्ने रोग हो’, स्वास्थ्य कार्यालय प्रमुख दासले भने, ‘यो रोगको लक्षण ज्वरो आउने, तौल घटने आदि हो । यसले कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्छ ।’

The post उदयपुरमा ४ जना कालाजारको रोगी फेला appeared first on Nagarik Bahas.

]]>
पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल अझै सञ्चालनमा आएनन् https://nagarikbahas.com/archives/18069 Tue, 10 May 2022 10:55:44 +0000 http://nagarikbahas.com/?p=18069 उदयपुर । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत...

The post पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल अझै सञ्चालनमा आएनन् appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सहित स्वास्थ्यकर्मिको कुनै अत्तोपत्तो छैनन् । प्राविधिक र स्वास्थ्यकर्मीको टुङ्गो नलगाई आँखा अस्पतालका अध्यक्ष तथा मेयरका उम्मेदबार भागवत राउत स्थानीय तहको चुनावको मुखमा टिकट हत्याउन हतार हतार उद्घाटन गर्न भ्याए ।

मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएका दिन बाहेक एक जना बिरामीले पनि चेक जाँच नगराएको स्थानीयबासीको भनाई रहेको छ । उदयपुरमा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघको ब्यवस्थापन र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राबिधिक सहयोगमा गाईघाट २०६५ सालबाट आँखा अस्पताल स्थापना भई सेवा दिन थालेको हो ।

सञ्चालनमा रहेको प्राथमिक आँखा अस्पताललाई नयाँ भवन निर्माणपछि आँखा अस्पतालमा स्तरोउन्नी गरिने भनिएता पनि उद्घाटनपछि नयाँ भवनबाट सेवा सुचारु हुन सकेको छैनन् । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिगाहा जग्गामा आँखा अस्पताल निर्माण गर्न नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको बिशेष पहलमा जापानी राजदूताबासले ९० लाख ५० हजार, साँसद मन्जुकुमारी चौधरीको संसदीय कोष निर्वाचन पुर्वाधार कार्यक्रमबाट ४० लाख, प्रदेश १ सरकारबाट ५० लाख, अस्पताल आउँने सडक कालोपत्रे २२ लाख, अस्पताल पुर्व तर्फको सडक निर्माण प्रदेश सरकारबाट ३२ लाख उपलब्ध गराएको थियो ।

त्यसैगरी आँखा अस्पतालका लागि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको बिशेष पहलमा भारतीय राजदूताबासबाट एम्बुलेन्स उपलब्ध गराएको छ । जापानीज राजदुताबास लगायतको करिब २ करोड ५ लाख ७० हजारको लागतमा ४२ कोठाको ३० बेडको आधुनिक तीन तले आँखा अस्पताल निर्माण गरिएको छ । तर भवन निर्माण गरेसँगै नेपाल सरकारले २ करोड मुल्य बराबरको उपकरणहरु उपलब्ध गराएको भएता पनि चिकित्सकको ब्यवस्थापन गर्न नसक्दा सञ्चालन हुन सकेको छैनन् ।

गाईघाटमा नै आँखा सम्बन्धि अप्रेसन गर्ने सुबिधा सहित नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित नयाँ भवन नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ११ गते उदघाटन गरेको थियो । मदन भण्डारी आँखा अस्पताल र धरहरा उस्तै भएका छन । उदघाटन गर्न सतारो सञ्चालन भने अत्तोपत्तो छैनन् । उदघाटन हुने दिन बाहेक त्यस भवनबाट अन्य कुनै पनि सेवा सुचारु हुन सकेको छैनन् । अस्पतालमा आवश्यक उपकरण सहित भवन निर्माण गर्न ४ करोड ५ लाख ७० हजार अनुमानित लागत खर्च भएको जनाएका छन ।

 

The post पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल अझै सञ्चालनमा आएनन् appeared first on Nagarik Bahas.

]]>
उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै https://nagarikbahas.com/archives/17839 Tue, 19 Apr 2022 06:28:54 +0000 http://nagarikbahas.com/?p=17839 उदयपुर । उदयपुरमा आज र भोली ५ महिना देखि पाँच वर्षसम्मका ३२ हजार ८ सय ६९ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । ६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने...

The post उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरमा आज र भोली ५ महिना देखि पाँच वर्षसम्मका ३२ हजार ८ सय ६९ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुईटेलले जानकारी दिए ।

उनका अनुसार बेलका नगरपालिकामा ३ हजार ९ सय ८४ बालबालिका, चौदण्डीगढी नगरपालिकामा ४ हजनार ६ सय ४६ बालबालिका, त्रियुगा नगरपालिकामा ८ हजार ४१ बालबालिका र कटारी नगरपालिकामा ६ हजार २ सय ८० बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

यस्तै उदयपुरगढी गाउँपालिकामा ३ हजार ६ सय ५५ बालबालिका, रौतामाई गाउँपालिकामा २ हजार ८ सय ३१ बालबालिका, लिम्चुङबुङ गाउँपालिकामा १ हजार ५ सय २४ बालबालिका र ताप्ली गाउँपालिकामा १ हजार ९ सय ८ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको तथ्याङ्क अधिकृत लुइटेलले जानकारी दिए ।

भिटामिन ए र जुकाको औषधि खुवाउन ५ सय ३१ जना स्वयंसेविका परिचालन गरिने छ भने स्थानीय तहले आफ्नै तरिकाले स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

The post उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै appeared first on Nagarik Bahas.

]]>