खेलकुद – Nagarik Bahas https://nagarikbahas.com . Fri, 13 Jun 2025 01:37:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी https://nagarikbahas.com/archives/19918 Sun, 01 Jun 2025 01:26:17 +0000 https://nagarikbahas.com/?p=19918 रामपुर — बेलका नगरपालिकामा जारी प्रथम अन्तर–माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आइतबार बेलका–६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो । फाइनल खेलमा कोशी मा.बि....

The post कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी appeared first on Nagarik Bahas.

]]>
रामपुर — बेलका नगरपालिकामा जारी प्रथम अन्तर–माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आइतबार बेलका–६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो ।
फाइनल खेलमा कोशी मा.बि. रामपुरले जनता नमुना मा.बि. गुरुङचौरीलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।

बिजेता टिमले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल किपर कोशी मा.वि.का सन्जु राई, उत्कृष्ट डिफेन्डर प्रबिन तामाङ, हाई स्कोरर हिमाल मगर रहेका छन् । यस्तै, जनता नमुना मा.वि.का अस्बिन थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्र, खेल प्रशिक्षकहरूलाई मायाको चिनो, तथा अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। खेलकुद शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।

नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की लगायत अतिथि निमित्त प्रमुख रबिकिरण आचार्य, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षा शाखा प्रमुख साथै कर्मचारीहरु, शिक्षक, बुद्दिजिबी, सुरक्षाकर्मी, पत्रकार, बिधार्थी लगायत खेलप्रेमीहरुको रंगशालामा भरीभराउ उपस्थिति रहेको थियो ।

The post कोशी माविले चुमे अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगरपालिकामा संचालित प्रथम वडाध्यक्ष गोल्ड कपको उद्घाटन खेलमा कटारी विजयी https://nagarikbahas.com/archives/19227 Sun, 29 Jan 2023 01:54:43 +0000 http://nagarikbahas.com/?p=19227 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितमा कटारी फुटवल क्लव विजयी भएको छ ।निर्धारित ६० मिटेको खेलमा चौदण्डिगढी नगरपालिकालाई ५–२ ले पछि पार्दै कटारीले जित निकालेको हो । पहिलो खेलमै सहजै जित निकालेको कटारीले अव १९ गते सेमिफाईनल खेल खेल्दैछ । मध्यान्न अघि लगातार तीन गोल गर्दै...

The post त्रियुगा नगरपालिकामा संचालित प्रथम वडाध्यक्ष गोल्ड कपको उद्घाटन खेलमा कटारी विजयी appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितमा कटारी फुटवल क्लव विजयी भएको छ ।निर्धारित ६० मिटेको खेलमा चौदण्डिगढी नगरपालिकालाई ५–२ ले पछि पार्दै कटारीले जित निकालेको हो । पहिलो खेलमै सहजै जित निकालेको कटारीले अव १९ गते सेमिफाईनल खेल खेल्दैछ ।

मध्यान्न अघि लगातार तीन गोल गर्दै अघि बढेको कटारीलाई व्रेकपछि चौदण्डिले दुई गोल जवाफी फर्कायो । खेल सुरु भएको १४ औँ मिनेटमा कटारीका प्रताप राईले खाता खोलेका थिए । लगत्तै २० औँ मिनेटमा थप एक गोल गर्दै कटारीका आकाश राईले टिमलाई अग्रता दिलाएका थिए ।

खेल सुरु भएको २५ औँ र ४० औँ मिनेटमा कटारीकै सुरन धामीले तेस्रो र पाँचौ गोल गर्दै टिमको जितलाई सुनिश्चित गराए । सुरुवातीचरणबाटै निकै दवावमा राखेको कटारीका लागि ३३ औँ मिनेटमा किरण दनुवारले चौथोँ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

मध्यान्न पछि खेल सुधार गरेको चौदण्डिले जवाफीमा दुई गोल गर्यो । चौदण्डिका लागि १६ औँ मिनेटमा विश्वास राईले एक गोल गर्दै खाता खोलेका थिए । लगत्तै २८ औँ मिनेटमा रितेश तामाङ्गले थप एक गोल गर्दै टिमलाई हौसला दिएका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच कटारीका प्रताप राई घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए । उनका अनुसार आईतबारको खेल गोलबजार स्पोर्टस क्लव सिरहा र नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेविच हुने छ ।

सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा टिम सहभागि रहेको प्रतियोगिताको वितेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ । वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता उदयपुरकै लागि यो सबैभन्दा ठुलो धनराशीको गोल्डकप हो । यसअघि वडाहरुले सामान्य राशीका वडास्तरीय प्रतियोगिताहरु हुँदै आएका छन् ।

वडाध्यक्ष किरण पाण्डेले आगामी बर्षलाई अझ बढाएर लैजाने बताए । उनले भने, ‘यो वडाको सानो वजेटबाट सुरुवात गरेका हौ यसलाई आगामी बर्ष राशी बढाउँदै निरन्तरता दिने लक्ष्य छ ।

प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले खेलकुद एउटा इज्जत र गौरवको बिषय भएकाले यसलाई राशी सँग नदाज्न आग्रह गरे । उनले भने, ‘निर्वाचित भएसँगै मुलुक लगातार चुनावमा होमिएकाले सोचेअनुरुप काम हुन सकेन यधपि विकासका केही तानावुना बुन्न सुरु भएका छन्, अव चाँडै विकासले गति लिन्छन् ।

उपमेयर महेश्वरी राईले खेलकुद क्षेत्रको वृहतर विकासका लागि नगर र वडास्तरीय युवा तथा खेलकुद समिति बनाई गतिविधि अघि बढाइएको बताए । उनले भनिन्, ‘खेलकुद क्षेत्रको विकास र दिगोपनाका लागि सबै वडामा खेलमैदान निर्माण गरी गतिबिधीहरु अघि बढाउँछौ ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणि राउतले खेल क्षेत्रको अनुशासन राजनीतिमा प्रयोगमा ल्याउन सके देश विकास सहजै हुने बताए ।

The post त्रियुगा नगरपालिकामा संचालित प्रथम वडाध्यक्ष गोल्ड कपको उद्घाटन खेलमा कटारी विजयी appeared first on Nagarik Bahas.

]]>
प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु https://nagarikbahas.com/archives/19205 Mon, 02 Jan 2023 13:19:43 +0000 http://nagarikbahas.com/?p=19205 उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको हो । पुस १८ गते देखि २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयले भाग लिएका छन् । एथेलेटिक्स, शटपुट, लंगजम्प, हाइजम्प, त्रिपल...

The post प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु appeared first on Nagarik Bahas.

]]>
उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको हो ।
पुस १८ गते देखि २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयले भाग लिएका छन् ।
एथेलेटिक्स, शटपुट, लंगजम्प, हाइजम्प, त्रिपल जम्प, ज्याब्लिंगथ्रो, भलिवल, कबडी, तेक्वान्दो र सितोरियो कराते पनि खेल समावेश गरिएको छ । खेलमा सामुदायिक विद्यालयका बढी विद्यार्थी सहभागी भएका छन भने संस्थागत विद्यालयहरुमा परीक्षा र तयारी अभावले सहभागिता कमैले जनाएको छ ।
सोमवार नगर प्रमुख वसन्त कुमार वस्नेत र उपप्रमुख महेश्वरी राई सहितले त्रियुगा माविमा कार्यक्रमको उद्घाटन गरेको थियो ।

The post प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु appeared first on Nagarik Bahas.

]]>
फ्युजन एफसी गाईघाटको प्रदेश १ जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात https://nagarikbahas.com/archives/18327 Fri, 10 Jun 2022 01:46:18 +0000 http://nagarikbahas.com/?p=18327 उदयपुर । बिहीबारदेखि शुरु प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको छ । इटहरी रंगशालामा भएको उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो । फ्युजनको जितमा खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेको फ्युजन फुटबल क्लव गाईघाटका व्यवस्थापक सरोज...

The post फ्युजन एफसी गाईघाटको प्रदेश १ जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात appeared first on Nagarik Bahas.

]]>
उदयपुर । बिहीबारदेखि शुरु प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको छ । इटहरी रंगशालामा भएको उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो ।
फ्युजनको जितमा खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेको फ्युजन फुटबल क्लव गाईघाटका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए ।

त्यस्तै खेलको अन्तिमतिर ८१ औं मिनटमा सुदिप श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । खेलमा फ्युजनका प्रविन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र मेडल हात पारे फ्युजन फुटबल क्लवका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए ।
यो जितसँगै फ्युजन प्रतियोगिताको क्वाटर फाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ २७ गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा कोदार एफसी, भोजपुर र देउराली एफसी, धनकुटा भिड्ने छन् भने दोस्रो खेलमा बाक्सिला एफसी, खोटाङ र मानभरा स्र्पोटिङ क्लब, ताप्लेजुङ आमने सामने हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रदेश १ का सामाजिक मन्त्री राजन राईले गरेका थिए । प्रदेश खेलकुद बोर्डको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहत नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार १ गतेका दिन हुनेछ ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री तथा प्रमुख अतिथि राजन राईले खेलको उद्घाटन गरेका थिए ।

The post फ्युजन एफसी गाईघाटको प्रदेश १ जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात appeared first on Nagarik Bahas.

]]>
उदयपुरका पाँच खेलाडीको सफलता, प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा https://nagarikbahas.com/archives/18317 Sat, 04 Jun 2022 02:39:03 +0000 http://nagarikbahas.com/?p=18317 काठमाडौं । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल...

The post उदयपुरका पाँच खेलाडीको सफलता, प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरे ।

फागु रामले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्जुन कुमार रानाले ५३ औं मिनेटमा तथा ओम प्रकाहले ८२ औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘सी डिभिजन लिगको अन्तिम खेलमा सानदार जित दिलाउँदै दोस्रो डिभिजनमा बढुवा गराए ।

राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा उदयपुरका पाँच खेलाडी अनुबन्धनमा छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक/ एक जना गरी पाँच जना रहेका छन् ।

प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर रहेका छन् भने गाईघाट फुटबल क्लवका खेलाडी प्रविन श्रेष्ठ र कटारी फुटबल क्लवका खेलाडी प्रताव राई रहेका छन् ।

फ्युजन फुटबल क्लवको कप्तान रहेको सुदिप श्रेण्ठले यस अघिका ’सी’ डिभिजन लिगको खेलमा चर्च ब्वाइज क्लबबाट खेलेका थिए । सो टिमलाई विजय गराई “बी” डिभिजनमा पु¥याउन सफल भएका खेलाडी हुन फ्युजन फुटबल क्लबका कप्तान सुदिप श्रेष्ठ ।

The post उदयपुरका पाँच खेलाडीको सफलता, प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा appeared first on Nagarik Bahas.

]]>
उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध https://nagarikbahas.com/archives/17731 Tue, 15 Mar 2022 11:28:11 +0000 http://nagarikbahas.com/?p=17731 उदयपुर । उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन भएका छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक÷एक जना गरी पाँच जना उदयपुरका खेलाडी प्लानिङ ब्वाईज काठमाडौंको क्लबमा अनुबन्धन भएका हुन् । प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा  फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स...

The post उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन भएका छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक÷एक जना गरी पाँच जना उदयपुरका खेलाडी प्लानिङ ब्वाईज काठमाडौंको क्लबमा अनुबन्धन भएका हुन् ।
प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा  फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर रहेका छन् भने गाईघाट फुटबल क्लवका खेलाडी प्रविन श्रेष्ठ र कटारी फुटबल क्लवका खेलाडी प्रताव राई रहेका छन् ।
फ्युजन फुटबल क्लवकाे कप्तान रहेकाे सुदिप श्रेण्ठले यस अघिका ’सी’ डिभिजन लिगको खेलमा चर्च ब्वाइज क्लबबाट खेलेका थिए । सो टिमलाई विजय गराई “बी” डिभिजनमा पुर्‍याउन सफल भएका खेलाडी हुन फ्युजन फुटबल क्लबका कप्तान सुदिप श्रेष्ठ ।
आसन्न सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबल खेलको लागि उनीहरु सो क्लवमा अनुबन्धन भएको फ्युजन फुटबल क्लवका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले झापामा बन्द प्रशिक्षणमा भइरहेको जनाएको छ ।
सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबल प्रतियोगिता चौत्र २९ गतेदेखि एन्फा कम्प्लेक्समा सातदोबाटोमा हुनेछ ।
फ्युजन फुटबल क्लवले विगत र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने पक्षमा रहेको व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए । फ्युजन फुटबल क्लव बोक्सेले प्रदेश नं. १ र २ मा  अधिकांश फुटबल खेलहरुको उपाधिहरू चुमि सकेका छन् ।

The post उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध appeared first on Nagarik Bahas.

]]>
त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप https://nagarikbahas.com/archives/17520 Tue, 18 Jan 2022 02:15:48 +0000 http://nagarikbahas.com/?p=17520 गाईघाट । त्रियुगा नगरपालिकाले नगर युवा तथा खेलकुद विकास समिति पुर्नगठन गरेको छ । त्रियुगा नगरपालिकाको पुस १९ गते बसेको कार्यपालिकाको बैठकले प्रदिप श्रेष्ठलाई पुन नगर युवा तथा खेलकुद विकास समितिको नेतृत्वमा ल्याउदै समिति पुर्नगठन गरेको हो । कार्यपालिकाको बैठकको निर्णयानुसार पुर्नगठन गरिएको समितिमा अध्यक्ष श्रेष्ठ र कोषाध्य सन्तोषी चौधरी कायम छन भने उपाध्यक्ष, सचिव...

The post त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप appeared first on Nagarik Bahas.

]]>
गाईघाट । त्रियुगा नगरपालिकाले नगर युवा तथा खेलकुद विकास समिति पुर्नगठन गरेको छ । त्रियुगा नगरपालिकाको पुस १९ गते बसेको कार्यपालिकाको बैठकले प्रदिप श्रेष्ठलाई पुन नगर युवा तथा खेलकुद विकास समितिको नेतृत्वमा ल्याउदै समिति पुर्नगठन गरेको हो ।

कार्यपालिकाको बैठकको निर्णयानुसार पुर्नगठन गरिएको समितिमा अध्यक्ष श्रेष्ठ र कोषाध्य सन्तोषी चौधरी कायम छन भने उपाध्यक्ष, सचिव र सहसचिवमा नयाँ अनुहार भित्रिएका छन ।

त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजित राईका अनुसार नया समितिको उपाध्यक्षमा जलजलेका निरबहादुर कार्की, सचिवमा आसन दाहाल र सहसचिवमा राजेन्द्र राई नियुक्त भएका हुन ।

नगर कार्यापालिकाले नयाँ समितिको म्याद नियुक्ती पाएको दिन देखि तिन बर्ष सम्म हुने उल्लेख तोकेको छ ।

नगर खेलकुदमा अहिले पाँच जना मात्र निर्णय भएको छ, चाडै नै वडा वडाबाट समेत प्रतिनिधी राख्ने गरि समितिलाई पुर्णता दिईने अध्यक्ष श्रेष्ठले बताए । नगरपालिकाका पदाधिकारी र नगर खेलकुदका पदाधिकारीहरुको बैठक बसेर सदस्यहरुको बारेमा टुङ्गो लगाउने तयारी रहेको श्रेष्ठको भनाई छ ।

The post त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप appeared first on Nagarik Bahas.

]]>
उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित) https://nagarikbahas.com/archives/17361 Wed, 22 Dec 2021 02:17:08 +0000 http://nagarikbahas.com/?p=17361 उदयपुर । उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि पुस २४ गतेसम्म संचालन हुने छ । “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बगहा युवा समूह, गाईघाट फुटबल क्लब, लालीगुराँस नव युवा क्लब, फ्युजन फुटबल क्लब, नव प्रभात नेपाल, बेल्टार एकता...

The post उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि पुस २४ गतेसम्म संचालन हुने छ ।

“ए” डिभिजन लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बगहा युवा समूह, गाईघाट फुटबल क्लब, लालीगुराँस नव युवा क्लब, फ्युजन फुटबल क्लब, नव प्रभात नेपाल, बेल्टार एकता युवा क्लब, फुटबल क्लब बगहा र घेधावी युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष रंजन कार्कीले जानकारी दिए ।

लिग प्रतियोगिता छ राउण्डमा २४ वटा खेल खेलाइने छ भने खेलको सातौं राउण्ड नकाउट सिस्टमले खेलाईने छ । प्रतियोगिताको फाइनल खेल पुस २४ गते हुने छ । खेल विहान र दिउँसो दुई चरणमा खेलाइने छ ।

The post उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित) appeared first on Nagarik Bahas.

]]>
थारुहट रंगशालामा ओपन जिम संञ्चालन https://nagarikbahas.com/archives/16920 Tue, 12 Oct 2021 02:47:39 +0000 http://nagarikbahas.com/?p=16920 गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए । ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा...

The post थारुहट रंगशालामा ओपन जिम संञ्चालन appeared first on Nagarik Bahas.

]]>
गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए ।
ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा गर्न यस ओपन जिमले थप सहयोग पुगेको बताए । मानव जिवनमा स्वास्थ्य अत्यावश्यक क्षेत्र रहेको भन्दै अव थप स्वास्थ्यका लागि यस जिमले ठुलो महत्व राख्ने चौधरीले बताए ।
मान्छेले स्वास्थ्यको लागि धेरै खर्चेर निजि जिम हलरुमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै यसलाई व्यवस्थीत तरिकाले सबैले प्रयोग गर्न पाउने मेयर चौधरीको भनाई छ ।
जिमले पनि मानिसलाई स्वस्थ्य राख्न मद्दत पुग्ने भएकोले यसको आवश्यकता रहेको बताए । जिमका लागि आवश्यक सम्पूर्ण भौतिक साधनहरुलाई खुल्ला फिल्डमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न धारबारको कार्यलाई अग्रता दिईने अध्यक्ष श्रेष्ठले जनाए ।

The post थारुहट रंगशालामा ओपन जिम संञ्चालन appeared first on Nagarik Bahas.

]]>
उदयपुर कोरा साइकलिंग च्यालेज हुने https://nagarikbahas.com/archives/16413 Wed, 14 Jul 2021 11:07:41 +0000 http://nagarikbahas.com/?p=16413 उदयपुर । उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्कको आयोजनामा कोरा साइकलिंग च्यालेज हुने भएको छ । गाईघाट जलजले मुकुर्ची, सुकौरा, बोक्से र फेरी गाईघाटमै आएर सकिने ५० कि.मि.कोरा साइकलिंग च्यालेज आउने शनिवार हुने उदयपुर जिल्ला साइकलिंग संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनु भयो । “बढ्दो प्रदुर्शन, अब्यबस्थित जिबन शैलीलाई मध्य नजर गर्दै...

The post उदयपुर कोरा साइकलिंग च्यालेज हुने appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्कको आयोजनामा कोरा साइकलिंग च्यालेज हुने भएको छ । गाईघाट जलजले मुकुर्ची, सुकौरा, बोक्से र फेरी गाईघाटमै आएर सकिने ५० कि.मि.कोरा साइकलिंग च्यालेज आउने शनिवार हुने उदयपुर जिल्ला साइकलिंग संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनु भयो ।
“बढ्दो प्रदुर्शन, अब्यबस्थित जिबन शैलीलाई मध्य नजर गर्दै जिल्लामा यस्ता गतिबिधि भैरहनु राम्रो हो, साइकल चलाउनु हरेक कोणबाट फाईदाजनक हुने हुदा बेला बेल्लामा हुने यस्ता गतिबिधिले साइकल प्रयोगकर्ता बढ्ने विश्वास गर्न सकिन्छ ।” अध्यक्ष रोइलाले भने ।

कोरोना प्रकोप ले गर्दा यस पटकको कोरा साइकलिंग च्यालेज उदयपुरको तिन ठुला शहरमा हुने र एक समुहमा १५ जना भन्दा बढी सहभागी नहुने गरि गराउने उदयपुर साइकलिंग संघका सचिब शन्तोष गुप्ताले बताए ।

चौदण्डी साइकल सिटिले बेल्टारमा, जिल्ला साइकलिंग संघले गाईघाटमा र कटारी राइडब्रदर्शले कटारीमा स्वास्थ्यको मापदण्डलाई अपनाएर कोरा साइकलिंग च्यालेज सम्पन्न गर्ने साइकिलिगं सचिव गुप्ताले जानकारी दिए ।

The post उदयपुर कोरा साइकलिंग च्यालेज हुने appeared first on Nagarik Bahas.

]]>