थारु संग्राहलय कहिले बन्ने ?

थारु संग्राहलय कहिले बन्ने ?
डि.एन चौधरी,उदयपुर । उदयपुरमा थारु संग्राहलयको भवन निमार्ण भइरहेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १३ जोगि पोखरी स्थीत थारु संग्राहलय भवनको निमार्ण कार्य भइरहेको छ।  तर कहिले पुर्ण रुपमा निमार्ण सम्पन्न भइ थारु संग्राहलयको रुपमा स्थापित भएको हेर्न पाउनु थाहा छैन । ५ बर्षदेखि निर्माण कार्य भइरहेको छ ।पुर्ण रुपमा कहिले बन्ने हो थाहा छैन त्रियुगा नगरपालिका १३ का मनोज चौधरीले बताउनुभयो ।...

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासन गुहारे

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासन गुहारे
उदयपुर । उदयपुरमा बाँदर आतंक मचिएको छ । केही दिनदेखि त्रियुगा नगरपालिका १५ खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुको साथै महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्रियुगा नगरपालिका १५ का वडाध्यक्ष निरबहादुर मगर सहितको टोलीले अन्नबाली, फलफुल र तरकारीबाली संरक्षणक...

एनआरएन अमेरिका निर्वाचन : राज्य र बर्णानुक्रम अनुसार मतदाता नामावली सच्याउन अध्यक्षका प्रत्यासी सञ्जय थापाको आग्रह

एनआरएन अमेरिका निर्वाचन : राज्य र बर्णानुक्रम अनुसार मतदाता नामावली सच्याउन अध्यक्षका प्रत्यासी सञ्जय थापाको आग्रह
न्यूयोर्क  । गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी निर्वाचनका लागि निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेलगत्तै कार्यसमितिभित्रैबाट समेत बिरोध भएको छ । मतदाताले नामावली हेर्न अत्यन्तै जटिल प्रकृया गरिएको भन्दै कार्यसमितिकै सदस्यदेखि एनआरएन अभियन्ताहरुले बिरोध जनाएका हुन । उनीहरुले मतदाता नामावलीलाई सहज रुपमा हेर्न सक्ने ब्यवस्था मिलाउन निर्वाचन समितिसँग माग गरेका छन ।...

रोकियो ‘वंशजको आधारमा नागरिकता’, गृहको सर्कुलर रोक्न सर्वोच्चको अन्तरिम आदेश

रोकियो ‘वंशजको आधारमा नागरिकता’, गृहको सर्कुलर रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो। गृह मन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता...

महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्ने : डा. कोइराला

महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्ने : डा. कोइराला
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०७६ सालको फागुन भित्रमा १४ औ महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्न सक्ने खतरा रहेको बताएका छन् । जीपी कोईराला फाउण्डेशनको सोमवार गाईघाटमा उदयपुर जिल्ला कार्यालय उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले आगामी महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णयस...

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण
उदयपुर । उदयपुरमा ३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ । उदयपुरगढी ३ बर्रेको पहलमा इलाका प्रशासन कार्यालय कटारीले १ दिने नागरिकता शिविर संचालन गरेको थियो । शिविरमा २६ महिला र ८ पुरुष गरी ३४ जना फरक क्षमताका व्यक्तिहरुलाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले जानकारी दिए । उनले भने, ‘फरक क्षमता भएका व्यक्तिहरु कटारीमा आई नागरिकता ...

निर्माण व्यावसायी संघको अध्यक्षमा रासलाल राय निर्वाचित

निर्माण व्यावसायी संघको अध्यक्षमा रासलाल राय निर्वाचित
राजेन्द्र महतो लहान । निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन। ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको...

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ । नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार ४ सय २२ वटा निवेदन दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ । नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन ...

‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत

‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत
काठमाडौँ – जनमत पार्टीका संयोजक डा. सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर आलोचना गरेका हुन्। आइतबार बेलुका बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्वको प्रदेश सरकार भ्रष्ट भएको टिप्पणी गरेका छन्। उनले पर्सा र बारा ...

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । रमाइलो डाँडाका ११ घर मध्ये चार घर दलित घरपरिबार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । लेखानीको रमाइलो डाँडाका फु...