ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सामूहिक दाह संस्कार, गम्भिर घाइते प्रतिक्षाको होस अझै खुलेन
उदयपुर / ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सोमबार हिन्दू परम्प्र अनुसार एकसाथ दाह संस्कार गरिएको छ ।
मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलको उकालोमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो ।
वनभोज खाएर फर्कदै गरेको ट्याक्टर...







