काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाल समूह र ओली खेमाले एकार्कालाई जति लल्कारे पनि अन्तिम घडीमा आएर बालुवाटारले मिल्नै पर्नेगरी गृहकार्य गरिरहेको देखिएको छ । एकले अर्कोलाई किनारामा धकेल्दा वर्षौंसम्म आफ्नो पार्टी पनि किनारा लाग्ने राजनीतिक जोड घटाउपछि फेस सेभिङको फर्मुलामा गृहकार्य शुरु भएको स्रोतको दाबी छ ।विपक्षी गठबन्धनमा बन्ने सरकारको लागि आज राति ९ बजेसम्मको समयसीमा रहेको र नेपाल समूहले राजीनामा दिनसक्ने अवस्था बढ्दै गएपछि बालुवाटारले मध्यस्थताको निम्ति नयाँ उपाय सुझाएको हो । अर्थमन्त्री समेत रहनुभएका नेता विष्णु पौडेलसमेत भएर पार्टीको तल्लो तहका निर्वाचित स्थानीय नेता र कार्यकर्तादेखि उपल्लो तहसम्मको ब्यवस्थापनवारे अहिले घनिभूत छलफल थालिएको छ ।
त्यहि विषयलाई लिएर हिजो राति पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा र आज बिहान सबेरै पौडेल कोटेश्वर पुग्नुभएको थियो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै पटक गर्नुभएको फोन नेपालले रिसिभ नगरेपछि राति बाँस्कोटा र बिहान पौडेल उहाँलाई भेट्न जानुभएको बताइन्छ ।

सबै तहका निर्वाचित पदाधिकारीलाई सहिद बनाएर नयाँलाई जिम्मेवारी दिइएको सम्बन्धमा कार्यदल बनाएर टुंग्याउने योजना अघि सारिएको स्रोतको दाबी छ । यसनिम्ति अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाउने मनस्थिति बनेको छ ।
जो(जो जिल्ला अध्यक्ष अधिवेशनबाट चुनिएका हुन् उनैको नेतृत्वमा जिल्ला अधिवेशन आयोजक समिति बनाउने र तीनदेखि पाँच महिनामा अधिवेशन सकाउने भनिएको छ । त्यसो गर्दा नेपाल पक्षलाई मात्र फाइदा पुग्ने देखिँदैन । किनभने नेपालका ३५ जिल्लामा जिल्ला अध्यक्ष छन् भने केपीको ४० देखि ४२ जिल्लामा । यसबाट स्वतः अध्यक्ष केपी ओलीलाई नै धेरै फाइदा पुग्ने देखिन्छ ।

अर्कोतर्फ माधव समूहले राजीनामा दिएपनि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न गाह्रो छ भन्दै पौडेल आज बिहान कोटेश्वर जानुभएको बताइन्छ । संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको सरकार गठनबारे उल्लेख छ । त्यसमा काँग्रेस,माओवादी जस्तै जनता समाजवादी दल ९जसपा० पनि आधिकारिक हुनुपर्ने देखिएको हो । जबकि महन्थ९राजेन्द्रले हिजो रास्ट्रपतिलाई भेटेर उपेन्द्रको पत्रलाई मान्यता नदिन आग्रह गरेको बताइन्छ ।
त्यसो हुँदा अब नेपाल खेमाले राजीनामा दिएपनि राष्ट्रपतिले हिजोको गण्डकी मोडलमा देउवालाई उक्त धाराबमोजिम सत्ता नदिने तयारी छ । अब बहुमत सांसदको संख्या जुटाएर प्रधानमन्त्री नियुक्त गर्नको लागि धारा ७६ (५) मा जानुपर्छ । जुन अहिले आह्वान गरिएको सन्दर्भसँग मेल खाँदैन ।

केपी ओलीले साविक नेकपाको स्थायी समिति बैठक बोलाउने भन्नुको अर्थ एमालेका सबै र नेकपाका रामबहादुर थापा बादल, मणि थापा,टोपबहादुर रायमाझी सहितको बैठक बस्ने भन्ने अर्थ लगाइएको छ ।
त्यसपछि साविक नेकपाको एमाले पक्षीय केन्द्रीय समितिको बैठक बोलाउने भन्नुको अर्थ माओवादीका सहित २३ जना नयाँ र एमालेका सबै रहने भन्ने बालुवाटारको दावी छ । एक नेताका अनुसार ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’ । जनआस्थाडटकमबाट

तपाईको प्रतिक्रिया