उदयपुर । नेकपा एमाले माधव समूहले अन्तरपार्टी संघर्षलाई तीव्र बनाउँदै जिल्ला कमिटीमा थप जिम्मेबारी दिइएको छ ।
सो समितिमा साविककै एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउतले नेतृत्व लिएका छन । उपाध्यक्षमा कैलाश बस्नेत, सचिवमा जयराम पंजियार, उपसचिवमा गीता खड्काले जिम्मेवारी पाएका छन् । कमिटी २०५ जनाको बनेको जिल्ला सचिव पंजियारले जानकारी दिए ।
नयाँ जिम्मेवारीका साथ जिल्ला नेतृत्वमा स्थापित सबैलाई एमालेका पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले सपथ गराएका छन् । ३ महिनाभित्र जिल्लाका आठ पालिका र ७५ वडा समिति गठन गर्ने निर्णय छ । यस्तै जन वर्गिय संगठनहरु पनि निर्माण गरेको छ ।
युवाको नेतृत्व ओम श्रेष्ठलाई दिइएको छ भने विद्यार्थीको नेतृत्व प्रवेश ठकुरीले पाएका छन् । यस्तै गंगा राईको नेतृत्वमा अखिल नेपाल महिला संघ निर्माण भएको छ भने किसान महासंघको जिम्मेबारी शिवकान्त चौधरीलाई दिइएको छ । अहिले स्थानीय र जनवर्गिय संगठन आआफनो कमिटि बैधानिक भएको भन्दै वडासम्म पुगेका छन्।

तपाईको प्रतिक्रिया