उदयपुर । प्रेस स्वतन्त्रताको रक्षाको लागी आसन्न पत्रकार महासंघको निर्वाचनमा उदयपुरको निर्वाचन कार्यक्रम स्थगित गर्न माग गरीएको छ।

यही चैत्र २५ गते देश भर एक साथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले अग्रज बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिती गठन गरेकोमा निर्वाचन समितीकै संयोजक बद्री प्रसाद काफ्ले स्वयमले यही चैत्र २२ गते निर्वाचनको मर्यादा विपरित कुनै अमुक संगठनको समिकरणमा हस्ताक्षर गरी पत्रकार महासंघ भित्रको राजनैतीक प्रकृयामा संलग्न भएको भन्दै संयोजक बद्री प्रसाद काफ्ले बाट निष्पक्ष निर्वाचन नहुने जिकिर सहीत तत्काल नयाँ निर्वाचन समिती गठन गरी नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गर्न उदयपुर शाखा संग जोड्दार माग गरी प्रेस विज्ञप्ती निकालिएको छ।

तत्काल नयाँ निर्वाचन समिती गठन गरी नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक नगरेको खण्डमा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ। उदयपुरमा केपी ओली निकट प्रेस चौतारीको अध्यक्ष रहने गरी प्यानल बनाईएको छ ।

प्रेस विज्ञप्तीमा प्रेस युनियनका केन्द्रिय सदस्य तथा प्रदेश १ निर्वाचन समन्वय समिती सदस्य नविन राइ, प्रेस संगठन नेपालका इन्चार्ज तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष इस्वर बलम्पाकी, क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ सम्योजक मधुकर थापा, स्वतन्त्र पत्रकार राजेन्द्र राइ र प्रेस संगठन नेपाल केन्द्रिय सदस्य हरिकुमार राइले संयुक्त हस्ताक्ष्यर गर्नु भएको छ।

 

तपाईको प्रतिक्रिया