उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवाद–लेलिनवादी) का अध्यक्ष खड्ग प्रसाद ओली आफै अवैधानिक छ र उनले गरेको कारबाहीको कुनै औचित्य नरहेको स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले बताए । शनिबार नेकपा एमाले जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आईपुगेको नेता पाण्डेले यस्तो बताएका हुन् ।
अदालतको फैसलाले २०७५ जेष्ठ अगाडीकै अवस्थामा पुर्याएकोले त्यहिबाट अगाडी बढ्नु पर्ने बताए । वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव धनश्याम भुसाल र मलाई अध्यक्ष केपी ओलीले स्पष्टिकरण सोध्यो त्यसको जवाफ सहित प्रतिप्रश्न गरेका छौ त्यो प्रश्नको जवाफ नदिई कारबाही गरेको प्रति आपति जनाउँदै यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र मलाई गरेको कारबाहीको कुनै औचित्य नहुने बताए । उनले पहिले प्रधानमन्त्री आफै सच्चिएर आउन अनुरोध गर्दै झ्याल र ढोका थुनेर गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुने बताए ।
यस्तै फरक प्रशंगमा राजा ज्ञानेन्द्र शाहलाई पनि प्रधानमन्त्री केपी ओली मन पर्छ भनेपछि केपी ओलीको सत्ता कता जाँदैछ भन्नेमा आशंका व्यक्त गरेका छन् । केपी ओली देशी विदेशी शक्तिको चलखेलबाट पार्टी फुटाउनुले कम्युनिष्टको अस्तित्व समाप्त गर्न खोजेको बताए ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य जगनाथ खतिवडा, केन्द्रिय सदस्य बलदेव चौधरी लगायत कार्यकर्ताले सम्बोधन गरेको थियो । कार्यक्रमको अध्यक्ष इश्वरमणि राउत र संचालन दिल बहादुर तामाङले गरेको थियो ।

तपाईको प्रतिक्रिया