उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवाद–लेलिनवादी) को कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता जनाएको थियो । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले उदयपुर कार्यकर्ता भेला सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसला पछि नेपाल निकट नेकपा एमालेको सवैभन्दा ठूलो भेला हो । कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा करिव १२ सय भन्दा बढी कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य जगनाथ खतिवडा, केन्द्रिय सदस्य बलदेव चौधरी लगायत कार्यकर्ताले सम्बोधन गरेको थियो । कार्यक्रमको अध्यक्ष इश्वरमणि राउत र संचालन दिल बहादुर तामाङले गरेको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया