काठमाडौं। देश अहिले कनूनी र संवैधानिक बहसले तातेको बेला प्रधानमन्त्रीको पक्षमा बसह(पैरवी गर्नुपर्ने उनका खास कानूनी सल्लाहकारकै मुड खराब छ। यदि, उनले आजभोलिमै पदबाट राजीनामा दिए भने अचम्मा नमान्दा हुन्छ। कनिभने, उनकै मुखाराबिन्दबाट यस्तो घोषण भइसक्यो। संसद विघटनसम्बन्धी मुद्धमा विपक्षी (राष्ट्रपति र प्रधानमन्त्री)को तर्फबाट बहस गर्न गएको पहिलो दिन अघिल्लो सोमबार महान्यायाधिवक्ता अग्नि खारेलको जन्मदिन थियो।शुरुदेखि नै सर्वोच्च गएर निवेदकतर्फको बहस सुनिरहेका खरेल ‘जर्साब’ दिउँसो चिया खाने समयमा नजिकै रहेको आफ्नो कार्यालयतिर फर्किए । जन्मदिनको अवसरमा त्यहाँका करीव डेढ सय सहकर्मीलाई खाजा खुवाए। उनले भने, ‘उमेरले ६० वर्ष कटे। त्यो त प्रधानमन्त्रीले चाहँदासम्म यो पदमा रहने अधिकार मसँग सुरक्षित छ।’

तर, म आफ्नो निजी कारणले यहाँ अब लामो समय बस्दिँन।’ यसपछि उनीसँगै बसेका र प्रधानमन्त्रीको पक्षमा वकालत गर्न ठिक्क परेका शाहीकालीन महान्यायाधिवक्त सुशील पन्तले साधे, ‘मान्य हुने सुर हो कि क्या हो रु’ सहन्यायाधिवक्ता पदम पाण्डेले नेपालको नक्सा उपहार दिएको भक्त खाजापानीका क्रममा अग्निले मान्य हुने वा अन्य भूमिकामा आउनेबारे केही बताएनन्।

उनको त्यसदिनको अभिव्यक्तिका अनेकन अर्थ लगाइएको छ। उनी त्यसै पनि क्याबिनेट मन्त्री भइसकेको मान्छे, प्रधानमन्त्रीलाई सहयोग गर्नका लागि एक तह झरेर राज्यमन्त्रीस्तरको महान्यायाधिवक्ता स्वीकारेको र आफ्नो नैतिकताविरुद्धको निर्णयमा उभिन नसक्ने मान्छे पनि मानिन्छ उनलाई । कार्यालय पुगेर सहकर्मीहरूसँग ‘यहाँ लामो समय बस्दिन’ भन्नुअघि इजलाशमा बहस गर्दाको उनको प्रस्तुतिकरण हेर्दा अगाडि र पछाडिका कुराले केही संकेत गर्छ।

त्यसदिन इजलाशमा बहस थाल्नुअघि भनेका थिए, ‘साथीहरूले कसरी बहस गर्लान् भन्थे । त्यसैले श्रीमान्, अहिले म संवैधानिक दायित्व निर्वाह गर्न उभिएको छु । म प्रधानमन्त्रीको कानूनी सल्लाहकार हुँ । यस कारण उहाँको कदमको समर्थन गर्दछु ।’ जनआस्था साप्ताहिकले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया