उदयपुर / उदयपुरमा समा चकेवा महोत्सव २०७५ हुने भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित फुलवारी टोल विकास संस्था र सरस्वती युवा कलव उत्तरवारिटोल देउरीको संयुक्त आयोजनामा समा चकेवा महोत्सव हुने भएको छ ।
थारु पत्रकार संघ, नेपाल जिल्ला कार्य समिति उदयपुरको समन्वयमा महोत्सव हुने छ । महोत्सवमा थारु जातिहरुको मौलिक, संस्कृतिक समा चकेवाको प्रर्दशनी तथा आधुनिक तथा पौरानिक थारु नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको संस्थाको अध्यक्ष श्रवण चौधरीले वातए । थारु समुदायको नृत्य तथा गित जटा जाटिन पछिलो समयामा लोप हुने अवस्थामा पुगेको हुँदा उक्त नाच तथा गीतलाई जर्गेन गर्ने उद्देश्यले नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चौधरीले वताए । महोत्सव मंसिर ७ गते शुक्रवार विहान ११ वजेबाट शुरु हुने कार्यक्रममा थारु जातिको संस्कृति झल्किने झाँकी प्रदर्शनी, समा चकेवा विशेष जटा जाटिन नाच तथा नाटक प्रस्तुत, गायन तथा जिल्ला स्तरिय खुल्ला नृत्य प्रतियोगिता प्रमुख आकर्षण हुने उनले वताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई २ हजार पाँच सय र सान्त्वनालाई एक हजार पुररस्कार र प्रमाण पत्र वितरण गरिनेछ ।
यस कारणले थारु महिला दिदी बहिनीहरुले समा चकेवा खेलिन्छ
यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो। आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो ।
यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ ।
भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्ण समक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए । सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।
यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जंगल, झुठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।
यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफुलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।