डि.एन. चौधरी, उदयपुर । उदयपुरमा सिरुवा सांस्कृतिक महोत्सव २०७६ धुमधामका साथ सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा उदयपुरको आयोजनामा “थारु संस्कृती जर्गेना, कला क्षेत्रको सम्मान र प्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ त्रियुगा नगरपालिका ८ उत्तरवारीटोल देउरी देखि दक्षिण तर्फ रहेको कृष्ण सवरण खाट मन्दिर(गढी)मा सिरुवा मेला संगै तेश्रो सिरुवा महोत्सव आइतबार सम्पन्न भएको हो ।
सिरुवा महोत्सवलाई सम्बोदन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरीले त्रियुगा सभ्यता बिकाससँगै यो क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटनको रुपमा बिकास गरि त्रियुगा धामको रुपमा पहिचान गर्नु पर्ने बताए । मेयरले त्रियुगा नगरपालिका भित्र धेरै मठ, मन्दिरहरु मध्ये कृष्ण सवरण खाटमन्दिर छुट्टै पहिचान र प्रयाप्त पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए ।


त्यस्तै नगरपालिकाले जग्गा खरिद गरेर कृष्ण सबरण खाटमन्दिलाई अझै व्यवस्थित पर्यटन क्षेत्र बनाउन नगरपालिकाले योजना बनाएको उपमेयर देवी चौधरीले बताईन । उनले मन्दिर परिसर छेउ छाउमा नगरपालिकाले १० कठ्ठा जग्गा खरिद गरेर पार्किङ, चर्पी र खानेपानीको व्यवस्था र बोट बिरुवा रोपेर हराभरा बनाउने योजना रहेको बताईन् ।
त्यस्तै महोत्वसमा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने सहभागी समुहलाई पुरस्कृत गरिएको थियो । प्रथम स्थान शिर्जनशिल बाल युवा समुह, दोस्रो स्थान शिवशत्ति युवा समुह र तेश्रो स्थान सरस्वती कृतन मन्डली भएका थिए । सहभागी समूहलाई नगद रकम र प्रमाण पत्र प्रदान गरिएको थारु कल्याणकरणी सभा उदयपुरको अध्यक्ष शिवकान्त चौधरीले बताए ।


अघिल्लो वर्षको रातीको मिठो मिठो खानेकुरालाई भोली पल्ट नयाँ बर्षको पहिलो दिन खाने र पोखरी तलाउमा पुजा आजागरी मिठो खाने, सफा लुगा लगाउने तथा आफन्त इष्टमित्र कहाँ गएर आर्शिवाद थाप्ने चलन मुख्य बिशेषता यो पर्वको हो । यो पर्वमा अफु भन्दा सानालाई टाउँकोमा जलदिई आशिर्वाद दिने चलन छ भने आफु भन्दा ठूला बडा अग्रजहरुको खुट्टामा जल चढाई अर्शिवाद लिई नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ ।
बिशेषगरी थारु, राजवंशी समुदायले मनाउने सिरुवा पर्व अहिले आएर तराईका धिमाल एवं मधेसी समुदायहरुले समेत भव्य रुपमा मनाउने गर्दछन् । उदयुपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी झापा तथा तराईका जिल्लाहरुमा भव्य रुपले सिरुवा पर्व मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया