उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् ।
त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर अलकत्रा पकाएको, डबल बिटविन सर्फेस टिटमेन्ट प्रणालीमा कालोपत्रे नभएको स्थानीयको गुनासो गरेका छन । अलकत्रा छरेको दुई दिनसम्म पनि मट्टीतेल र डढेको मोविलको भाग तेतिकै छुटिएर बसेको, अलकत्रा जाम नभएपछि सुख्खा बालुवा प्रयोग गरेको, कालोपत्रेको मोटाई कम भएको, कालेपत्रेको चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएपछि स्थानीयले विरोध जनाएका हुन् । विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको हो ।

चुहाडे चोक आसपासमा करिब १५ सय मिटर सडकमा यस्तो हर्कत देखिएको हो । त्यस क्षेत्र बाहेकका ठाउँमा ११ मिटरको काम हुने तर आफ्नो ठाउँमा १० मिटरमात्र भएपछि स्थानीयको चित्त नबुझेको हो । उनीहरुले ११ मिटर नै कालोपत्रे नभए आन्दोलन गर्ने स्थानीय राजेश कार्कीले बताए ।
सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको आरोप स्थानीयको छ । सडक आयोजना र ठेकेदारले जनताबीच पारदर्शी काम नगरेकाले पनि आर्थिक चलखेलको आशंका गरेका स्थानिय बासु थापाले बताए ।
कालोपत्रे ११ वा १० मिटर, कति हो भन्ने प्रश्नमा सडक आयोजनाबाट खटेका इन्जिनियरहरुको स्पष्ट जवाफ छैन भने ठेकेदार कम्पनीका प्रतिनिधिले ११ मिटर नै हुनुपर्ने भएपनि सडकले १० मिटरमात्र कालोपात्रे गर्न निर्देशन गरेको जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सन प्रतिनिधि छिरिङ लामाले बताए । ‘हामीले सडक कार्यालयले नै भने बमोजिम गरेका छौँ’, उनले भने । धरान–चतरा–सिन्धुली–हेटौँडा सडक (मदन भण्डारी राजमार्ग) अन्तर्गत पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ । सरकारको पहिलो प्राथमिकतामा परेका धरान–चतरा–सिन्धुली–हेटौँडा सडक (मदन भण्डारी लोकमार्ग) अन्तर्गत पूर्वी खण्डको त्रियुगा नगरपालिकाको चुहाडे–गाईघाट खण्डबाट कालोपत्रे थालिएको हो । त्यही कालेपत्रे गुणस्तरहीन नभएको सडक आयोजनाको कार्यालय पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘हामीले जुन काम गर्न निर्देशन दिएका छौँ, त्यही काम भएको छ’, उनले भने, ‘चर्चा गरिएको जस्तो कुनै पनि काम गुणस्तरहीन भएको छैन ।’ कटिङ गरिएको भागमा ११ मिटर हुने र जुन ठाउँमा माटो भरेर सतह उठाइएको हुन्छ, त्यो ठाउँमा केही कम पिच भएको हुने खनालको भनाइ छ । सडक आयोजनाको पूर्वी खण्डमा सडक र पुल दुवै निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

निर्माण सुरु भएको झन्डै अढाई वर्षपछि कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेसँगै करिव सडक निर्माणको ५० प्रतिशत काम सकिएको आयोजना कार्यालय प्रमुख खनालले जानकारी दिए । भित्री मधेसको उयदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दुन क्षेत्रलाई जोड्ने यो सडक पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको हो । पुलको ६० प्रतिशत काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौँडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ । दुई खण्डमा विभाजन गरी लोकमार्ग निर्माण भइरहेको छ । पूर्वी खण्डको १३५ किलोमिटर सिन्धुलीको भीमानदेखि धरान खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्टलगायत संरचना निर्माण धमाधम भइरहेको आयोजना पूर्वी खण्ड कार्यालय गाईघाटका प्रमुख खनालले जानकारी दिए । पूर्वी खण्डको १३४ किलोमिटरमा ४३ वटा पुल निर्माण हुँदै छन् । तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको लोकमार्गको पूर्वी खण्डतर्फ जेडआइसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको हो । ११ मिटर चौडाइको सडकमा दुई पत्रमा पिच सुरु भएको छ । पहिलो लेयरमा ११ मिटर चौडाइ, छ सेन्टिमिटर मोटाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइ, चार सेन्टिमिटर मोटाइमा पिच हुने खनालको भनाइ छ ।
यस्तै निर्माण कम्पनीले सडकमा पानी नहालेको भन्दै उदयपुरका स्थानीयले मदन भण्डारी लोकमार्ग निर्माणको काम अवरोध गरेका छन । त्रियुगा नगरपालिकाको ११ को बजार क्षेत्रमा चल्ने टिफरले धुलो उढाएको भन्दै स्थानीयले टिपर संचालनमा रोक लगाएका हुन ।
स्थानीयले सोमबार विहानै देखि सडकमा ढुगाँ थुपारेर सडक अवरुद्ध गरेका छन । सडकमा टिपर संचालन भएको छैन । बजार क्षेत्रमा संचालन हुने टिपरले धुवा धुलो उढाएको र निर्माण कम्पनीले नियमित पानी नहालेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको स्थानीय राजकुमार थापाले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया