रिङ रोडको लागि वर्ड बैंकसँग सय करोडको रिफर्ममा हस्ताक्षर
उदयपुर । उदयपुरकै पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको रजत महोत्सव आईतबार भव्य रुपमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका स्थापनाको २५ औँ वर्ष पुरा गरेर २६ औं वर्षमा प्रवेश गरेको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि महोत्सब मनाएको हो । २०५३ साल चैत्र १३ गते आर्दश गाईघाट, भुमरसुवा र देउरी गाउँ विकास समितिलाई मिलाएर त्रियुगा नगरपालिकाको घोषणा भएको थियो ।
त्रियुगा नगरपालिकाको गेटबाट शुरु भएको राष्ट्रि कलाकार सहितको विभिन्न जातजातिको झाकी, जन प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी, टोल विकास संस्थाका व्यक्ति लगायत सहितले बजार परिक्रमा गरी पूर्व पश्चिम बसपार्कमा समारोहमा परिणत भएको थियो ।
समापन कार्यक्रममा जेष्ठ नागरिक, खेलाडी, कलाकार साहित्यकार उद्यमी, पूर्व प्रध्यानाध्यापक, लेखक, कृषक तथा सर्जकहरुलाई सम्मान र बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।तीन दिन सम्म सञ्चालित महोत्सबको अबसरमा त्रियुगा नगरपालिकाले खेलकुद, निःशुल्क स्वास्थ्य शिविर, सम्मान कार्यक्रम सांस्कृतिक कार्यक्रम र प्रभातफेरी ¥याली लगायतको कार्यक्रमहरु आयोजना गरेको थियो ।
महोत्सबमा बिभिन्न परम्परागतका तथा लोपउन्मुख खेलहरु डोरी तनाई, डण्डीबियो, म्युजिकल चियर, हण्डीफोर, भाले समाई र तातो आलु जस्ता ६ खेलहरु खेलाइएको थियो । खेलका बिजेता खेलाडीहरुलाई सम्मान पत्र र पुरस्कार समापन कार्यक्रममा वितरण गरिएको थियो ।
समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले २५ बर्ष सम्मको यात्रामा त्रियुगा नगरपालिका निकै आधुनिकीकरण र बिकसित शहर भएको जनाए ।
उनले त्रियुगा नगरपालिकाको संस्थापक तथा जनताबाट निर्वाचित पहिलो नगर प्रमुख लालसेर राईलाई सम्झँदै त्यसबेला देखिएको सपना अहिले आएर पुरा हुन लागेको बताए । उनले अब नगरपालिकाबाट उपमहानरपालिका बनाउने लक्ष्यलाई आधारहरु तयार गरि सकेको र अब यो चाँडैनै पुरा हुने जनाए ।
नगर प्रमुख चौधरीले अब त्रियुगामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उद्योग, विकास जस्ता महत्वपूर्ण कुरालाई ध्यानमा राखी आधारहरु तयार बनि सकेको हँदुा सोही मापदण्ड अनुरुप उपमाहानगरपालिका बनाउने जनाए । त्रियुगा नगरपालिका निर्माण भएको २५ वर्षमा हामीले धेरै आरोह अबरोह खेपेकाछौं । हामीले देखेका धेरै सपना पुरा हुन सकेको छैनन । केही सपना पुरा हुने चरणमा रहेको बताए ।
त्रियुगा नगरपालिकाले भौतिक पूर्वाधार विकासको लागि वर्ड बैंकसँग सम्झौता गरेर रिङ रोडको काम अगाडी बढाइएको छ । वर्ड बैंकसँग सय करोड लगानीको लागि रिफर्ममा हस्ताक्षर भएको छ । यसले भौतिक पुर्वाधारमा बाहिरी र भित्रि रिङरोड निर्माण गर्ने चरणमा रहेको मेयर चौधरीले बताए ।
त्रियुगा नगरपालिकालाई शैक्षिक हब बनाउने योजना पुरा हुने चरणमा रहेको बताए । नगरपालिकाले त्रियुगा नगरपालिका– ४ फर्सेटमा ५० बिगाहा जग्गा मेडिकल कलेज निर्माणका लागि छुट्टयाएको बताए । त्यसका लागि आवश्यक प्रक्रिया भई रहेको छ ।
उपमहानगरपालिकासँगै यहाँ औद्योगिक हब निर्माण गर्न लागेकाछौं । सुकौरामा ८ हजार मेट्रिकटनको सिमेन्ट कारखाना सञ्चालन गर्ने अध्यायन भई रहेको छ । त्रियुगा बसपार्क पुर्व सपिङ कम्प्रेस निर्माण गर्ने तयारीमा छौं । ऐलानी जग्गा नापी गरि राखेकोले एलानी जग्गा हुनेहरुलाई जग्गाको निस्सा दिने बताए ।
कृषिलाई पकेट क्षेत्र घोषणा गरेकाछौं । त्रियुगा नगरपालिकालाई क्लिन सिटी र ग्रिन सिटी बनाउने अभियानमाछौं । बरुवा बसपार्कमा मेयर्सपार्क निर्माण भई रहेको छ । राजनितिक दलहरुलाई कार्यक्रम गर्न भाषा गर्न मेयर्सपार्क निर्माण गर्न लागेको बताए ।
कोरोनाको कारणले गर्दा एलानी जग्गा नापीमा ढिलाई भएपनि चार वटा वडामा काम भएपनि बाँकी सवै वडाहरुमा नापीको कामकाज शुरु भएको बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिका– ४ का जेष्ठ नागरिक गंगामाया बास्तोलाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । कार्यक्रममा नगर भरिका १ सय ५० जना ९० वर्ष माथिका जेष्ठ नागरिकलाई टंच, छाता, लौरो र रेडियो उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादब, नेपाली काग्रेस त्रियुगा नगर सभापति तथा त्रियुगा नगरपालिका वडा १० का वडाध्यक्ष प्रकाशकुमार खड्का, नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी त्रियुगा नगर कमिटी अध्यक्ष जर्नादन रेग्मी, वडाध्यक्ष मानबहादुर राई लगायतले आ आफनो धारण राखेका थिए ।
प्रशासकीय भवनको शिलान्यास
त्रियुगा नगरपालिको २५ औँ रजत महोत्सबको अबसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएकोछ । अहिलेको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका– १० बाँसबारी बोक्सेमा अत्याधुनिक भवन निर्माणको शिल्यान्यास गरेको हो ।
नव निर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देबीकुमरी चौधरी र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत ढकालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन । नगरपालिकाको करिब आफनै २ बिगाहा जग्गामा अत्याधुनिक सुबिधा सम्पन्न लिफ्ट सहितको ८४ कोठाको चार तले भवन निर्माण हुने सहरी पुर्वाधार शाखाका ईन्जिनियर निर्मलकुमार चौधरीले जानकारी दिए । ईन्जिनियर चौधरीका अनुसार करिब १६ करोड ५० लाख लागत अनुमान रहेको बताए ।
भवन शिल्यान्यास गर्दै नगर प्रमुख चौधरीले नगरको अत्याधुनिक सुबिधा सम्पन्न भवन निर्माण गर्न ६ करोड संघिय सरकारको र बाँकी रकम नगरपालिकाको रहेको बताए । एक महिना भित्रमा निर्माण सुरु गरिने नगर प्रमुख चौधरीले बताए । उनले अहिलेको भवन सानो र अव्यवस्थित भएकाले जनतालाई सेवा दिन समस्या भएको जनाए । नयाँ भवन निर्माणसँगै जनताहरुको कामलाई थप सहजताका साथ सेवा प्रवाह गर्ने उद्देश्य सहित भवन निर्माण गरिने चाौधरीले जनाए । यहाँ सुबिधा सम्पन्न भवन बन्ने छ । नगर प्रहरीको आबास सहित फोहोर मैला ब्यवस्थापन गर्ने शाखा यहाँ रहने बताए । बिगत पाँच वर्ष देखि नगर सभाले नगर प्रशासनिक भवन निर्माणको योजना पास गर्दै आएता पनि रकम सुनिश्चित नभएकाले निर्माण हुन सकेको थिएनन । पहिलो वर्ष योजना पास गरे पनि कानुन निर्माणमा जुटेकाले भवन छुटेको थियो । दोश्रो वर्ष श्रोत सुनिश्चित हुन सकेनन । तेश्रो र चौथो वर्ष कोरोनाले गर्दा बजेट अभाब हुदा बन्न नसकेको बताए ।