उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भू–राजनीतिकलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । सभामुखले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् ।
नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्यारोमा फस्ने बताए । सभामुख महराले संघीयता फर्किएला की भनेर चिन्ता लिन जरुरी नरहेको भन्दै संघीयता परिमार्जन र विकसित चाँही हुने तर, खारेज नहुने समेत बताए । उहाँले भने– ‘अहिले पनि खतरा के हुनसक्छ भने रहेको छ, आन्तरिक प्रजातन्त्र, लोकतन्त्र प्रसस्त रुपमा दिने तर भूराजनीतिलाई सन्तुलन मिलाउन नसके देश निकै ठूलो अपठ्यारामा पर्ने छ ।’
संघीयता लागु हुँदा पनि केही पुराना कानुनले समस्या पारेको उहाँ बताउुन हुन्छ । तीन सय भन्दा बढी कानूनमा छलफल नै हुन पाएको छैन् । कानूनको अभावमा संघ, प्रदेश र स्थानीय तह संचालनमा समस्या उत्पन्न भएको बताए । उनले ती पुराना कानुुनको समस्या संघीय संसदले विस्तारै हल गर्दै जाने बताए ।
नेपालमा संघीयता आफ्नै मौलिक शैलीको भएको दावी गर्दै उनले कार्यन्वयमा तीनै तहका सरकारले समन्वय गर्नुपर्ने औंल्याए । ‘नेपालमा नेपाली शैलीको संघीयता छ,’ उनले भने, ‘यहाँ अधिकार कम भयो, अधिकार कटौती गर्नु पर्ने भयो भन्ने हल्ला छ, यस्तो हुँदैन, सवै कुरा साझेदारीमा मिलाउँदै जानु पर्छ ।’ अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारले विकासमा जोड दिनुपर्ने उनले बताए ।
उनले हाम्रो संघियता हाम्रो मौलिकतामा आधारित हुन्छ कि हुँदैन, त्यहाँ शंका रहेको बताए । संघीयता हाम्रो मौलिकतामा आधारित छ त्यो ठिक छ, तर हाम्रो मौलिकता कतौ खोसियो भने संघियता लागू हुन नसक्ने समेत बताए । अहिले संघीयता असफल बनाउन केही तत्व लागि परिरहेकोले बाह्य शक्तिको चलखेल हुन नदिन निकै सचेत रहनुपर्ने उनले बताए। सभामुख महराले दुई विशाल मुलुककोबीचमा रहेको नेपालले दुवै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नुपर्ने बताए।

मुलुककै पिच्छे आ–आफनो मोडेलमा आधारित संघीयता रहे पनि नेपालले आफ्नै मौलिकता आधारित नभएमा संघीयता कार्यान्वयनमा जटिलता आउन सक्ने उनले बताए। जनतामा आधारित नभएकै कारण विगतका शासन व्यवस्था टिक्न नसकेकाले अहिलेको शासन व्यवस्था जनता आधारित हुनुपर्ने उनले बताए।

सभामुख महराले संघीयता पहिचान र स्थानीय जनताको अधिकारमा आधारित भएर चल्नु पर्ने बताए। वर्तमान संघीयता कुनैपनि हालतमा खारेज हुन नसक्ने बरु परिमार्जित हुँदै जाने उनले बताए।

उनले सरकारका कामहरु नै कठिनाई रहेकाले केही आलोचनाहरु आएको भएपनि सरकार सहि दिसाबाट अगाडी बढनु पर्ने बताउँनु भयो । सरकारलाई खबरदारी गर्ने र संविधान र संघीयता कार्यन्वयनको पाटोमा सहयोग गर्ने दायित्व अनुरुप काम भईरहेको बताए ।

सभामुख महराले निर्यात भन्दा आयात बढी भएकै कारण मुलुकले आर्थिक वृद्धि दर हासिल गर्न नसकेकोले देश सम्वृद्धितर्फ जान नसकेको बताए।

कार्यक्रममा एक नम्बर प्रदेशका सभामुख प्रदिप भण्डारी र उपसभामुख सरस्वती पोखरेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरपालिका चार नगरपालिका मेयर र उपमेयर, चार गाउँपालिका प्रमुख र उपप्रमुखको साथै सवै स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा अधिवक्ता काँशीराज दाहालले संघीय शासकको स्वरुप, अभ्यास, अवसर र चुनौतीको बारेमा र अधिवक्ता तथा संविधानसभा सदस्य रामबहादुर थापा मगरले संघीयताको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग बहादुर परियारले गरेका थिए ।

तपाईको प्रतिक्रिया