उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा शनिबार चेकजाँचको क्रममा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने वर्षीय १८ आयुस आयुस चौधरी र सोही ठाउँका वर्षीय १९ दिपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध फेनार्गन ४१ एम्पुल, डाईजेपाम...













