मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने
उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो । असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग...

उदयपुरमा प्राकृतिक ताज महल हेर्न आउनेको भीड (तस्विर सहित)

उदयपुरमा प्राकृतिक ताज महल हेर्न आउनेको भीड (तस्विर सहित)
रिता राउत, उदयपुर /उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ । स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजालमार्फत पोस्ट गरे...

पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता
उदयपुर/उदयपुरमा एक जनाले पार्टीको आस्था कहिल्यै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशी नदीमा वेपत्ता भएका छन् । नेकपाका कार्यकर्ता रहेका बेलका नगरपालिका–४ का ५२ वर्षिय ज्ञानेन्द्र आचार्य शनिबार साँझ सप्तकोशीको चतरा पुलबाट हाम फालेर वेपत्ता भएका हुन् । उनले नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेपत्ता भएको छिमेकी धनपत्ति आचार्यले बताए । नेकपाका कार्यकर्ता समेत रहेका आ...

लागूऔषध गाँजा सहित एक जना पक्राउ

लागूऔषध गाँजा सहित एक जना पक्राउ
उदयपुर/उदयपुरमा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । शनिबार त्रियुगा नगरपालिका–८ का ७५ वर्षिइ पूर्णबहादुर विष्टलाई लागूऔषध आधा केजी गाँजासहित पक्राउ परेका हुन् । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले साँझ ५ बजेको समयमा बिष्टको घर खानतलासी गर्ने क्रममा आधा केजी गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । ...

लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ
उदयपुर/उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । शुक्रबार त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ का १८ वर्षिय विशाल मग्राती रहेको छ । उनले कालो झोला बोकेर हिंडिरहेकाले प्रहरीलाई शंका लागि चेक जाँच गर्दा लागुऔषध नाईट्रोभेट ट्याब्लेट ३१ थान फेला परेको एसपी चन्द्रदेव राईले जनाएको छ ।

प्रदेश नं १ मुख्यमन्त्रीद्वारा बडादशैँको शुभकामना

प्रदेश नं १ मुख्यमन्त्रीद्वारा बडादशैँको शुभकामना
विराटनगर/प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको शुभकामना दिएका छन् । वडा दशैंको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक...

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आर्शिवाद ग्रहण गरिँदै : साइत विहान ९:५१ बजे

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आर्शिवाद ग्रहण गरिँदै : साइत विहान ९:५१ बजे
उदयपुर/मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी आज शुक्रबार वडा दशैं मनाइँदैछ । दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ । देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक ...

देशभर हर्षोल्लासका साथ आज महानवमी मनाइदै

देशभर हर्षोल्लासका साथ आज महानवमी मनाइदै
आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभ...

आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै

आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै
उदयपुर/ नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिन भएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालर...

जनताले फालेको राजतन्त्र फर्किदैन

जनताले फालेको राजतन्त्र फर्किदैन
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेका राजतन्त्र नफर्किने बताएका छन् । उनले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी समेत दिएका छन् । सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए । ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्...