The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.
]]>उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ ।
स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना, विराट मेडिकल टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सो शिविर संचालन भएको हो ।
स्वास्थ्यमा समस्या रहेका एकेडेमीका करिव २ सय भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ७५ जना बढी अभिभावकले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार बालबालिकामा देखिएको समस्याहरुको बारेमा बाल रोग विशेषज्ञ डा. रमेश कुमार यादवले स्वास्थ्य परीक्षण गरेको थियो भने अभिभावकहरुको स्वास्थ्य परीक्षण फिजिसियन विशेषज्ञ डा. रोहित कुमार कर्णले गरेको थियो । निःशुल्क स्वास्थय शिविरमा डा. अविनिस साह, मार्केटिङ अफिसर चन्दन पासवान सहित ७ जनाको प्राविधिक टोलीले एकेडेमीमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
विराट मेडिकल टिचिङ्ग हस्पिटलका बाल रोग विशेषज्ञ रमेश कुमार यादवले यस एकेडेमीमा अध्ययनरत १० वर्षमुनीका बालबालिकालाई हस्पिटलले बालबालिकाको जन्मदर्ता, बालबालिकाको बुवा वा आमाको नागरिकताको फोटोकपी र स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य केन्द्रको अनुसूची ४ बमोजिमको फारमको आधारमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ ।
विज्ञान, कला प्रदर्शनमा विद्यार्थीहरुले बनाएर ल्याएको सामग्रीहरुको प्रदर्शन गरिएको थियो भने एकेडेमीले उपलब्ध गराइएको विज्ञानको सामग्रीहरुबाट केहि परीक्षणहरु गरेको थियो । यस्तै विद्यार्थीहरुले ल्याएको खाना परिकारको पनि प्रदर्शनी गरेको थियो । खाना परिकार मेला विभिन्न जातजातिको खाना परिकारहरुको प्रदर्शनी गर्नुको साथै बेचविखन गरेको थियो । खाना परिकार मेलामा राई, मगर, थारु, नेवारी, तामाङ परिकारको साथै अन्य जातजातिको खाना परिकारहरुको पनि प्रदर्शनी गरेको थियो ।
विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथिमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तिलक बहादुर कटुवाल रहेको थियो । विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविर सम्बन्धीको प्रकाश एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले गरेको थियो । कार्यक्रमको अध्यक्षता एकेडेमीका संचालक अध्यक्ष सुखिलाल चौधरीले गरेको थियो भने कार्यक्रममा स्वागत एकेडेमीका प्रिन्सिपल बाबुराम कार्कीले गरेको थियो । कार्यक्रमको संचालन शिक्षिका सीता मगरले गरेका थिईन् ।
कार्यक्रमको तस्विरहरु
The post स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन appeared first on Nagarik Bahas.
]]>The post हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने appeared first on Nagarik Bahas.
]]>“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागिएको हो ।
‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ मेला संयोजक देउजाले । उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ ।
एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको संयोजक देउजाले बताए ।
कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, विभिन्न जातजातिको नेपाली संस्कृति र परम्पराको राष्ट्रिय स्तरको प्रदर्शनी, खाना परिकार महोत्सव पनि हुने आयोजकले जनाएको छ ।महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने लक्ष्य लिइएको जनाएको छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन १/१ जनालाई एन्ड्रोइड मोबाइल र अन्तिम दिन बजाजको पल्सर मोटर साइकल जित्ने अवसर प्रदान गरिने छ ।
स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, साहित्य (कविता, निवन्ध, गजल) प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । हेलिकोप्टर उडान, रामाइलो मेला (बाल मनोरञ्जन पार्क), वाटर फाउन्टेन, सेल्फीजोन, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।
हरेक नागरिकको जिम्मेवारी दुव्र्यसन विरुद्ध खबरदारी भन्ने नाराका साथ यस उदयपुर महोत्सवमा पोष्टर, पम्प्लेट, ब्रोसरका साथै जनचेतना मुलक प्रचार सामग्री तयार गरी स्टल समेत राखी जनचेतना एवं परामर्श सेवा कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।
एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ८ः०० बजेसम्म संचालन हुनेछ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय पत्रको आधारमा प्रवेश निःशुल्क गरिने छ ।
स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।उदयपुर एक्स्पो २०८० हुने स्थलको शिलान्यास माघ १ गते त्रियुगा नदी किनारमा सम्पन्न भईसकेको छ भने महोत्सवमा २ सय बढी स्टल हुने छ । महोत्सवमा आन्तरिक तथा बाह्य गरि २ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ ।
The post हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने appeared first on Nagarik Bahas.
]]>The post कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न appeared first on Nagarik Bahas.
]]>बुधवार प्राधिकरण कार्यकारी निर्देशकलाई भेट गरी मेयर श्रेष्ठ सहित कटारी ७ वडा अध्यक्ष सुबिन ढुंगानाले विद्युत नियमित गराउन, कटारीमा १३२ केभिको सब– स्टेशन राखिदिन र कटारी उप शाखालाई वितरण केन्द्र बनाउन ध्यानाकर्षण गराएका छन् । टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुँदा स्थानिय जनताले सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधान गरिदिन समेत अनुरोध गरेका थिए ।
हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने, मेन लाईनमा समस्या हुँदा पटक पटक लाइन काट्नु परेको विद्युत प्राधिकरण कटारी उप शाखा प्रमुख सन्तोष कार्कीले बताए ।
The post कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न appeared first on Nagarik Bahas.
]]>The post उदयपुरमा आज ठाडीदेखि हडियासम्मको विद्युत सेवा अवरुद्ध हुने appeared first on Nagarik Bahas.
]]>The post उदयपुरमा आज ठाडीदेखि हडियासम्मको विद्युत सेवा अवरुद्ध हुने appeared first on Nagarik Bahas.
]]>The post सिरहा लहानको विद्युत पावर हाउसको ट्रान्सफर्मर जल्दा उदयपुरमा विद्युत आपूर्ति बन्द appeared first on Nagarik Bahas.
]]>लहानमा रहेको विद्युत स्टेशनमा गत विहिबार वर्षातसँगैको चट्याङले ६३ एमभिए पावर ट्रान्सफर्मर जलेपछि सिरहा र उदयपुरमा विद्युतमा समस्या आएको हो । सो ट्रान्सफर्मर मर्मतको लागि अझै दुई हप्ता लाग्ने विद्युत प्राधिकरण उदयपुर शाखाका प्रमुख पंकज गोइतले जानकारी दिए । लहान विद्युत स्टेशनको ६४ एमभिए पावर ट्रान्सफर्मर जलेको छ त्यसको ठाउँमा अर्को ट्रान्सफर्मर लगाउन करिव दुई हप्ता लाग्ने प्रमुख गोइतले बताए । ट्रान्सफर्मर बुटबलबाट ल्याएर जडान गर्नु पर्ने छ । सप्तरीको रुपनी सव स्टेशनबाट पनि विद्युत आपूर्तिको लागि काम अगाडी बढिरहेकोले यो समस्या चाँडै हट्ने प्रमुख गोइतले बताए ।
विद्यूत आपूर्तिमा समस्या भएपछि अहिले विद्युत आपूर्ति बैकल्पिक माध्यम ल्याएर दिईरहेको विद्युत प्राधिकरण गाईघाटका सूचना अधिकारी इन्जिनियर सत्य नारायण साहले जानकारी दिए । त्रियुगा नगरपालिकाको लागि अहिले सोलुखुम्बु, ओखलढुंगा हुँदै दिक्तेलको बुइपा सवस्टेशन हुँदै जलजलेबाट वितरण गरिरहेको इन्जिनियर साहले बताए । राष्ट्रिय प्रसारण लाइनको विद्युत नभएकोले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको भोल्टेज तलमाथि भइरहेकोले अहिले सोचे अनुसार विद्युत आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले भोल्टेज तलमाथि भएकोले अनावश्यक विद्युतिय सामग्री नचलाई दिन ग्राहकहरुलाई इन्जिनियर साहले अनुरोध गरेको छ । त्रियुगा नगरपालिकामा अहिले सोलुबाट ३३ केभिए पावरको विद्युत आपूर्ति भईरहेको छ ।
The post सिरहा लहानको विद्युत पावर हाउसको ट्रान्सफर्मर जल्दा उदयपुरमा विद्युत आपूर्ति बन्द appeared first on Nagarik Bahas.
]]>The post काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो appeared first on Nagarik Bahas.
]]>The post काकाकुल माथिल्लो कटारीबासीलाई नगरको २५ लाख सहयोगले पानी खाने आश जगायो appeared first on Nagarik Bahas.
]]>The post नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि appeared first on Nagarik Bahas.
]]>ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन् ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति
The post नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि appeared first on Nagarik Bahas.
]]>The post उदयपुरबाट ईपासपोर्ट सेवा सुरु appeared first on Nagarik Bahas.
]]>‘जिल्ला प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिष्टममा अपलोड गर्नु पर्ने हुन्छ ।’ अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरु ४०० किलो वाईट भन्दा कम साईजको हुनु पर्ने भएकाले र राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेकाले मात्र ई पासपोर्ट बनाउन सक्नेछन ।’
नयाँ प्रविधी भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जादा समय लिएर मात्र आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले अनुरोध गरे ।
सहायक प्रजिअ पोखरेलका अनुसार हामीलाई प्राप्त जानकारी अनुसार ई पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिन भित्र विद्युतिय पासपोर्ट बनेर प्राप्त हुने छ ।
के हो ई पासपोर्ट ?
ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुन्छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । यसको ‘सेक्युरिटी फिचर’ कसिलो हुने गर्छ । यो पासपोर्टलाई मेसिन÷कम्प्युटरले सहजै रिड गर्नसक्छ ।
ई–पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ, किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन । त्यसैकारण अहिले जस्तो अर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान गर्ने अपेक्षा सरकारको छ ।
सरकारले राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नागरिकको बायोमिट्रक विवरण लिने भएकाले बायोमट्रिक म्याच नभएको खण्डमा अन्यको नाममा पासपोर्ट बनाउन निकै कठीन हुनेछ । अझै अर्काको पासर्पोट बोकर विमानस्थलमा पुग्दा मेसिनले सिधै बायोमिट्रक फेल गराउने अवस्था आउँछ । यसो गरिए विभिन्न अपराध गरेर अन्यको पासपोर्टमा विदेश उड्नेहरुलाई रोक्न सहज हुनेछ ।
The post उदयपुरबाट ईपासपोर्ट सेवा सुरु appeared first on Nagarik Bahas.
]]>The post कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित appeared first on Nagarik Bahas.
]]>गत आर्थिक वर्षमा कालिखोलासम्म ४२ वटा पोल र चालु आर्थिक वर्षमा ६० वटा पोल हाइटेन्शन पोल विस्तारसँगै विद्युत पोखरियामा पुगेको सूचना अधिकारी साहले जानकारी दिए ।
यस्तै ५० केभिको ट्रान्सफर्मर मार्फत ६० वटा लोटेन्शन पोलमा विद्युत प्रवाह गरिएको कटारी शाखा प्रमुख लक्ष्मण साहले जानकारी दिए । अहिले ३० घरमा मिटर जडान गरी विद्युत वत्तिको उद्घाटन गरिएको छ केहि दिनमा थप ३० घरमा मिटर जडान गरिने विद्युत उनले बताए ।गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । लामो समयदेखि टुकिको भरमा उज्यालो बनाउँदै आएका गाउँमा विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको स्थानीय समाजसेवी जग्गु साहले बताए ।
बल्ल दिगो र परभर्दो विद्युत सेवा आइपुगेको छ । यसले हामी गाउँलेको मन नै उज्यालो भएको स्थानीय समाजसेवी सालले बताए । गाउँमा विद्युत पुगेपछि मोबाइल चार्ज गर्न, टिभी हेर्न, फर्निचर उद्योग खोल्न, कुखुरा पालन गर्न सहज हुने स्थानीय समाजसेवी साहले बताए । गाउँमा विद्युत पुगेपछि केटाकेटीहरुलाई पठनपाठन गर्न सजिलो हुने भएको छ ।
भौगोलिक विकटताका कारण नगरपालिकाको पहलमा विजुली पोखरियासम्म पुगेको मेयर श्रेष्ठले बताए । उनका अनुसार ट्रान्सफर्मर, पोल ढुवानी लगायतको कामको लागि नगरपालिकाले सहयोग गरेको बताए । लामो प्रयास स्वरुप पोखरियामा विद्युत पुगेको छ । गाउँमा विद्युतको पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज भएको मेयर श्रेष्ठले । मेयरले भने, ‘यस्ता कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच यस गाउँका जनताका लागि आवश्यक थियो । अब लाइन आइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ ।’ यस वर्षको तिहार गाउँ नै झिलिमिली हुने मेयर श्रेष्ठले बताए ।
पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घलेले सवैको साथ सयोगले आज पोखरिया गाउँ झिलीमिली भएको बताए । गाउँमा विजुली पुर्याउन सहयोग गर्न सवैको साथ सहयोग रहेकोले पछिल्लो दिनमा पनि साथ सहयोग रहने बताईन् ।
चुरेको टुप्पोमा बाटो पुग्यो उदयपुरको कटारी नगरपालिका १ विकट गाउँ चुरेको टुप्पोमा रहेको बस्ती पोखरियासम्म बाटो पुगेको छ । पूर्व प्रदेश कृषि सहकारी राज्यमन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बुधबार एक कार्यक्रम विच बाटोको उद्घाटन रिवन काटेर गरेका छन् ।
कटारी नगरपालिका बन्नु अघि नै ट्राक खोल्ने काम भएपनि पूर्ण रुपमा सफल भएको थिएन । सफल नभएपछि चालु आर्थिक वर्षको बजेटबाट ट्राक खोलेर गाडी चलाउनको लागि बाटोको उद्घाटन गरिएको नगरपालिका इन्जिनियर ओम मिश्राले जानकारी दिए । उनका अनुसार नगरपालिकाको ५ लाख र अरु श्रमदान गरी करिव १२ लाखको लागतमा ट्राक खोल्ने काम भएको छ । जेसिवी मेसिन खर्च बापत नगरपालिकाले भुप्तानी गरेको छ भने बाँकी कामहरु गाउँलेले गरेको स्थानीय समाजसेवी जग्गु साहले बताए ।
बाटो नहुँदा हिडडुल गर्न अप्ठयारो समेत भएपछि गाउँलेहरु आफैले पनि ऋणपान गरेर बाटोको ट्राक खोल्ने काम भएको छ । उनका अनुसार कालीखोलाबाट पोखरियासम्म ५ किलो मिटर रहेको छ ।
The post कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित appeared first on Nagarik Bahas.
]]>The post उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्नमा रोक लगाए appeared first on Nagarik Bahas.
]]>त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगल र त्रियुगा नपा १६ आपसोतको रातोमाटो सकिन लागेको छ । उद्योगलाई त्यस ठाउँहरुको रातोमाटोहरु मुस्किलले १ वर्षको लागि मात्रै स्टोक रहेकोले कुवाखानी क्षेत्रको माटो उत्खन्नको प्रक्रिया अगाडी बढाएको छ । उद्योगले असारमा टेण्डर लगाएर उत्खन्नको प्रक्रिया अघि बढाएपनि स्थानीयले अवरुद्ध गरेपछि अहिले रातोमाटो उत्खन्न गर्न सकेको छैन् । उद्योगले परीक्षणका लागि १ हजार टन रातोमाटो उत्खन्न गर्न टेण्डर लागि सकेको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगलाई सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा ८५ प्रतिशत, रातोमाटो १३.५ प्रतिशत र फलामको धुलो १.५ प्रतिशत आवश्यक पर्छ । २०४६ सालमा तत्कालिन सरकारले उत्खनन गर्न अनुमति दिएपनि अहिले त्यस क्षेत्रमा घनाबस्ती, विद्यालय, मठमन्दिर र कुवाखानी पिकनिक स्पोर्ट समेत रहेको छ भने बाँकी क्षेत्रमा आपखरे र कटुन्जे सामुदायिक वन दर्ता रहेको छ ।
उक्त क्षेत्रको रातोमाटो उत्खनन गर्न सके उद्योगले लामो समय सम्म रातोमाटो समेत अन्यात्रा खोजि गर्नु नपर्ने देखिएको उद्योग प्रशासनले जनाएको छ । आवादी बस्ती रहेकोले त्यस क्षेत्रको रातोमाटो आफुहरुले कुनै पनि हालतमा उठाउन नदिने स्थानीय भिमबहादुर कार्की बताउँछन् । उक्त क्षेत्र बाट मातो उठाउदा भुक्ष्य हुने, हलको सिमसार क्षेत्र सुख हुने, धानखेतीमा सिंचाइको समेत अभाव हुने छ ।
हाल उद्योगले रातोमाटो उत्खनन गर्न खोजेको ठाउँ पहिला जस्तो अवस्थामा नरहेको, पहिला सरकारले के आधारले दियो, त्यो समेत आफुहरुलाई थाहा नभएको तर हाल उक्त क्षेत्र सम्भाबित पर्यटकिय सिमसार क्षेत्रको रुपमा बिकसित हुँदै गएको र यसलाई अझ धेरै विकास गर्दै लैजानु पर्नेमा उल्टै सो ठाउँको रातोमाटो निकासी गर्न खोज्नु गलत हुने भन्दै सो क्षेत्रको माटो उठाउने कोशीस गरे ठुलो दुर्घटना हुन सक्ने स्थानियले आक्रोस पोखेका छन ।
यता वडा कार्यालयले भने स्थानीय टोल बिकास संस्थाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनीतिहरुको भेलाले कुवाखान पिकनिक क्षेत्रको रातोमाटो उद्योगलाई दिने नदिने बारे छलफल गराएकोमा उपस्थित सबैले नदिने सर्वसम्मतले निर्णय गरेको र जनताको भावना र चाहना बिपरित आफुहरु कुनै निर्णय गर्न नसक्ने कार्यबहाक वडाध्यक्ष उद्धव भुजेलले बताएका छन ।
आपखरे सामुदायिक बन तथा कटुन्जे सामुदायिक बन क्षेत्र भित्र पर्ने रातोमाटो उद्योगलाई दिदा बातावरणमा असार पर्ने, बस्तीमा पानीको मुहान सुक्ने, वातावरण प्रदुषित हुने भन्दै स्थानिय जनता उक्त क्षेत्रको माटो उद्योगलाई उठाउन नदिने पक्षमा देखिएका छन ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले समेत पहिलाको अवस्था र अहिलेको अवस्था फरक रहेको भन्दै उक्त क्षेत्र पहिला नक्सामा खाली जस्तो देखिने भएको भए पनि हाल बस्ती बस्नुको साथै घना जंगल बनेको, नगरको लगानीमा बनभोज स्थल निर्माण भएको, सामुदायिक बन र स्थानी सरकार आइसके पछि टोल विकास संस्था समेत गठन भएको हुँदा उक्त स्थानबाट उद्योगले रातोमाटो लैजान नसक्ने जानकारी बताए ।
जनताको ब्यापक जन गुनासोका बिच उदयपुर सिमेन्ट उद्योगले भने उक्त क्षेत्रको माटो लैजाने तर्फ आफुले सबै प्रकृया प्ररा गरिसकेको जनाएको छ । स्थानीय सरकारले समेत माटो लैजान नसक्ने बताई रहेको बेला उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले भने चौदण्दीगढी नगरपालिकाको कार्यपालिका बैठकले अनुमती दिसकेकोले आफुहरुले सहजै माटो उठाउने बताए । “खाली जग्गाको माटो ल्याउने हो, बस्ती क्षेत्र र पिकनिज स्पोर्टको जग्गाको माटो हामीले उत्खन्न गर्दैनौं” महाप्रबन्धक न्यौपानेले भने । “त्यस क्षेत्रका जनतालाई असर नपर्ने गरी सरोकारबाला र वडा प्रतिनिधिहरुलाई राखेर माटो ल्याउने हो ।”
त्यस क्षेत्रमा रहेको पिकनिक स्पोर्ट लगायतको विकासको लागि उद्योगले पनि सहयोग गर्ने र त्यस क्षेत्रको माटो दशैं तिहार पछि बाट ल्याउन शुरु गर्ने महाप्रबन्धक न्यौपानेले बताए ।
भिडियोको लागि यो लिंक क्लिक गर्नु होस् ।
The post उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्नमा रोक लगाए appeared first on Nagarik Bahas.
]]>