थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै

थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै
उदयपुर - आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जितिया ...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
उदयपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य...

आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु

आजबाट थारू समुदायका महिलाहरुको  जितिया सुरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत्यधिक...

बुद्धकृष्ण अन्तिम पटक जिब्रो छेडाउँदै

बुद्धकृष्ण अन्तिम पटक जिब्रो छेडाउँदै
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दि...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या ...

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना
कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ । कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो । बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले सबै धर...

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । आकस्म...

आज माघे संक्रान्ति

आज माघे संक्रान्ति
उदयपुर । माघे संक्रान्ति । ज्योतिष शास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । त्यसैले यो दिनलाई मकर संक्रान्ति भनिन्छ । चलन चल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ । तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भईसकेको बताइन्छ । ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने पनि ‘सायन’ मान्नेहरूले पुस ७ गते नै उत्तरायण हुने मा...

कटारीमा १५ दिने त्रिबेणी मेला सुरु

कटारीमा १५ दिने त्रिबेणी मेला सुरु
उदयपुर । माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेला सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडा गाछीमा त्रिवेणी मेला सुरु भएको हो ।कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश...

उदयपुरमा कृतिम पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सम्पन्न (फोटो फिचरसहित)

उदयपुरमा कृतिम पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सम्पन्न (फोटो फिचरसहित)
उदयपुर । कोरोना भाइरस कोभिड १९ महामारीका बीच उदयपुरमा यस वर्षको छठ पर्व प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेपछि अधिकांश श्रद्धालुले आ–आफ्नै घरमा कृतिम पोखरी निर्माण गरी छठ पर्व मनाएका छन् । प्...