मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने
उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो ।
असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग...













