रौता कप सुरु : पहिलो खेलमा आयोजक बिजयी
उदयपुर/मुर्कुची चौथो सस्करण अन्तर्गतको रौता कप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । रौतामाइ गाउँपालिकाको सहयोग तथा रौता स्पोर्ट्स क्लब उदयपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रौता स्पोर्ट्स क्लबले उदयपुरगढी युथ क्लबलाइ ३–१ को गोल अन्तरले जित हात पार्यो ।
आयोजकको जितमा सुनिल खडकाको उत्कृष्ट प्रदर्शन रहयो । खडकाले मध्यान्तर अघि र पछि दुबै समयको सदुपयोग गर्दै २ गोल गरे । त्यसैग...













