उदयपुर । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड गाईघाट शाखाद्वारा आयोजित ग्राहक सदस्यलाई बाख्रा पालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोमबार गाईघाटमा ग्राहक क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बाख्रा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो ।तालिममा उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत केन्द्रमा आवद्ध ५५ जना सदस्यलाई बाख्रा पालन सम्बन्धि ग्राहक क्षमता अभिवृद्धि तालिम दिइएको हो ।
तालिमको सहजीकरण भेटनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजय कुमार शाहको रहेको थियो भने तालिममा बाख्राको प्रजाति, रोग लागेमा उपचारको उपाय, खोरको फोहर व्यवस्थापन लगायतका विषयमा तालिम दिएका थिए ।यस्तै आर्थिक वर्ष २०७५÷७६ मा २०६ वटा केन्द्रहरु मध्ये उत्कृष्ट तीन केन्द्रलाई पुरस्कृत गरेका थिए । प्रथम, द्वितिय र तृतिय केन्द्रलाई कार्यक्रमको प्रमुख अतिथि तथा यस संस्थाका १ नं. प्रदेश कार्यालय प्रमुख राजेश थापाले नगद र प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा यस लघुवित्तमा आवद्ध सदस्यहरु मध्ये २०७५ सालमा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र÷छात्राको अभिभावक मध्ये त्रियुगा नगरपालिका ३ भुल्केकी सदस्य मिना श्रेष्ठ प्रधानलाई नगद रु.२००१ र प्रशंसा पत्र सहित सम्मान गरेको गाईघाट शाखाका प्रबन्धक नरेश थापाले जानकारी दिए । यस लघुवित्तले गाईघाट शाखा रहेर उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिकामा नौं वर्षदेखि कार्यक्रम संचालन गरिरहेको शाखा प्रमुख थापाले बताए । यस लघुवित्तमा २ हजार भन्दा बढी सदस्य रहेको आवद्ध रहेको छ ।

यो पनि पढ्नुस्

ऋणीको मृत्युपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा सबै ऋण मिनाह

डिप्रोक्स लघुवित्त वितिय संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम

तपाईको प्रतिक्रिया