उदयपुर ।उदयपुरमा लागूऔषधको कारोबार तथा सेवन कर्ता दिन दिनै झाँगिदै गएको छ । मंगलबार राति गाईघाट बजारको छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगर र ट्याबलेट सहित ३ जना युवा पक्राउ परेका छन् ।
मंगलबार राति १०ः३० बजे गाईघाट बजार स्थित पिपल चोकबाट त्रियुगा नगरपालिका ११ संगम टोल बस्ने १८ वर्षिय राउत श्रेष्ठलाई ब्राउन सुगर सहित पक्राउ परेको छ । श्रेष्ठको साथबाट अन्दाजी २० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
यस्तै मंगलबार राति ७ः४५ बजेको समयमा त्रियुगा नगरपालिका ११ गाईघाट सिदार्थ टोलबाट लागूऔषध सहित स्थानीय युवा २२ वर्षिय प्रशान्त राई र १८ वर्षिय रुपम लिम्बु पक्राउ परेको छ । उनीहरुको साथबाबट फेनारगन १९ एम्पुल, डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागूऔषध सहित पक्राउ परेको हो ।
उनीहरुला थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।









