उदयपुर । आगामी फागुन ९ गतेबाट सुरु हुने कटारी मार्सलआर्ट महोत्सव २०७६को तयारी पुरा भएको छ । कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव २०७६ को तयारी पुरा भएको कटारी मार्सल आर्ट महोत्सव मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।९ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवमा १ नं. प्रदेश स्तरीय ६ सय खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उसु तर्पm १४ स्वर्ण, १४ रजत र २८ कास्यपदक, तेक्वान्दो तर्पm १२ स्वर्ण, १२ रजत र २४ कास्य र सितोरियो कराते तर्पm १३ स्वर्ण र १३ रजत र २६ कास्यका लागि प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष दिपक तामाङ्गले बताए ।
कटारी नगरपालिकाको सहयोग र होटल माछापुच्छ्रे होलिडे ईनको सह प्रायोजकमा प्रतियोगीता हुने भएको छ । मेयर कप भनिए पनि प्रदेशका सवै खेलाडीहरुले सहभागीता जनाउने भएकाले “पर्यटन वर्ष २०२०” लाई थप सहयोग पु¥याउने सितोरियो करातेका प्रशिक्षक शुरेस थापा मगरले बताए ।
महोत्सवमा सहभागि भई महोत्सवलाई सफल बनाउनको लागि सवै खेलप्रेमी तथा दर्शकहरुलाई आयोजक समितिले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया