उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ रामपुर ठोक्सिलाबाट लागूऔषध कारोबारी सहित ३ युवा पक्राउ परेको छ । सोमबार राति ८ः३० बजेको समयमा बेलका नगरपालिका ९ का ३५ वर्षिय आकाश तिम्सिना, सोही नगरपालिका १ बस्ने ३२ वर्षिय विकास बस्नेत र धरान नगरपालिका १३ सुनसरीका ३८ वर्षिय प्रणय निरौला लागूऔषध सहित पक्राउ परेका हुन् ।आकाश तिम्सिनाको घरमा लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा डाईजोल्याप ३ एम्पुल, लिजेसिस ४ एम्पुल, फेनारगन ४ एम्पुल, डाइलेक्स डिसी १०० एमएल दुई बोतल, निट्राभेट ११ ट्याबलेट, स्पासमोप्रोक्सीभोन प्लस ५९ ट्याबलेट, गाँजा ३०० ग्राम सहित नगद १५ हजार पाँच रुपैया, मिनी ल्यापटप १ थान, बा.१९ च ८४७४ नम्बरको कार सहित पक्राउ परेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया