उदयपुर । उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोकिएर ४ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट चुहाडे खण्डको त्रियुगा नगरपालिका ९ गैहरुनमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा ४ जना घाईते भएका हुन् ।
गाईघाटबाट चुहाडे तर्फ जाँदै गरेको लु ५३ प २२५१ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको स.३ प १९१० नम्बरको मोटर साइकल एक आपसमा ठोकिएर ४ जना घाइते भएका हुन् ।
लु.५३ प २२५१ नम्बरको मोटर साइकल चालक उदयपुरगढी गाउँपालिका ७ बस्ने ३६ वर्षिय खड्ग मगर र सोही मोटरसाइकलमा पछाडी सबार रौतामाई गाउँपालिका ७ बस्ने ३५ वर्षिय हर्क मगर घाइते भएका छन् ।
अर्का मोटर साइकल स.३ प १९१० नम्बरको मोटर साइकल चालक त्रियुगा नगरपालिका ९ बस्ने ६० वर्षिय विलक चौधरी र पछाडी सवार सोही वडा बस्ने ५८ को आनन्द लाल चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने दुवै मोटर साइकल जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।

तपाईको प्रतिक्रिया