जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा स्थानीयवासी ६० बर्षीय राम बहादुर बस्नेत आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी ईलामको रोङ गाउँपालिका(६ की ६६ बर्षीया देवी भण्डारी आफ्नै घर भित्र आगो तापिरहेकोमा आगोले जलेर मृत्यु भएको छ । आगो तापिरहेको अवस्थामा अचानक कपडाबाट आगो सल्कन गई घाईते भएकी भण्डारीको उपचारको क्रममा बिराटनगरको म्याक्स अस्पतालमा राती साँढे ११ बजे मृत्यु भएको हो।









